प्रदेश ३समाचारस्वास्थ्य

पर्सामा नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन् । यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन् । कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा. उदय नारायण सिंहले बताए ।
त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १ जना वडा नम्बर १५ भिस्वाका ८ जना वडा नम्बर १० का २ जना वडा नम्बर ३२ का १ जना वडा नम्बर ५ का ३ जना वडा नम्बर २५ का ३ जना वडा नम्बर ९ र १२ का १/१ जना रहेका छन् ।
पर्सा जिल्ला हरैया वडा नम्बर १ का ४० वर्षकी एक महिला रहेको डाक्टर सिंहले जानकारी दिए । साउन ८ गते देखि १२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. सिंहले जानकारी दिए ।
संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ७६ जनालाई घरमै राखिएको छ ।  बुधबार बिहान ३४ जना संक्रमण पुष्टि भएसंगै पर्सा जिल्लामा ३ सय ६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए ।

the authoradmin

Leave a Reply