Monday, April 20

नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ।
आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको थियो।
प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *