Sunday, April 19

जनकपुरमा आजदेखि एक साताका लागि कर्फ्यु

नेपाल अखबार, एजेन्सि। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको जनकपुर र क्षिरेश्वरनगरपालिका क्षेत्रमा आज (मंगलबार)देखि कर्फ्यु जारी गरिएको छ।
कोरोनाको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि एक साताका लागि कर्फ्यु जारी गरेको हो। सोमबार राति १२ बजेदेखि नै कर्फ्यु लागू भएको छ।
पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोडबीचको क्षेत्र भित्र प्रशासनले मानिसहरुको आवतजावतमा निषेध गरेको छ।
संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले साउन २५ गते राति १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेका हुन्। निषेधाज्ञा जारी गरिएको क्षेत्र भित्र अति आवश्यक काम बाहेक घरबाट नस्किन स्थानीय प्रशासनले आग्रह गरको छ।
सुरक्षा निकाय, स्वास्थ्य, औषधि, खानेपानी, दुध, खाद्यान्न वस्तु, विद्युत, दमकल, इन्धन, सरसफाई, भन्सार, बैंक, क्वारेन्टाइन जस्ता अतिआवश्यक सेवा बाहेक सम्पूर्ण उद्योगा व्यवसाय यस अवधिभित्र भित्र खोल्न नपाइने प्रशासनले जनाएको छ।
अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै सवारीसाधन सञ्चालनमा पनि निषेध गरिएको छ।
कर्फ्यु अवधि भित्र अभाव देखाइ मूल्य वृद्धि गर्ने, कालोबाजारी गर्ने, जम्मा खोरी गर्ने र लुकाउने, आपुर्तिमा अवरोध गर्ने जस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कारबाहीको साथै समान जफत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ। जफत गरिएको सामान रोगको रोकथाम तथा उपचारमा खर्च गर्ने समेत प्रशासनले जनाएको छ।
निषेधाज्ञा उलंघन गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन,२०२० बमोजिम कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *