प्रदेश २समाचारस्वास्थ्य

पर्सामा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar
इरफान अली, वीरगञ्ज। पर्सामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण बुधबार २६ जना महिलासहित कुल १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको हो, जसमध्ये बाराका एक क्वारेन्टाइनका १७ जना रहेका छन् । कोरोना पुष्टि भएकाहरु ५ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी गराए ।
वीरगञ्ज महानगरपालिका विर्तास्थित त्रीजुद्व स्कुलको क्वारेन्टाइनका ७६ जना, वीरगञ्ज कारागारका ३२ जना, बाराको सिमरास्थित क्वारेन्टाइनका १७ जना, वीरगञ्ज मेयरका कन्ट्र्याक्ट ट्रेसिङ्गका अधारमा थप ५ जना, कोभिड अस्पताल गण्डकका २ जना र नेशनल मेडिकल कलेजका १ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पुष्टि भएकाहरुमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन । पर्साको पोखरिया ९ की १८ वर्षीया युवतीलाई सोमबारदेखि निरन्तर बान्ता हुन थालेपछि उपचारको लागि मंगलबार वीरगञ्जको नेशलन मेडिकल कलेजमा ल्याउने क्रममा मृत्यु भएको थियो । उनको रिपोर्ट पनि पोजेटिभ आएको डा. उपाध्यायले जानकारी गराएका छन् ।
पर्सामा कोरोना सक्रमितको सख्या ७ सय ८० नाघेको छ, भने मृतकको संख्या १७ पुगेको छ ।
the authoradmin

Leave a Reply