प्रदेश २समाचारस्वास्थ्य

वीरगन्जमा ४२ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar

इरफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  बैंक कर्मचारी डाक्टर सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षका देखि ७३ वर्ष सम्म रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका ४२ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपाली सेना रहेका छन जस मध्ये ७ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन् भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् ।
नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुष रहेको छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना मृगौला रोगी महिला रहेकी छिन् ।
त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ बर्ष देखि ७३ बर्षका सम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका वडा नम्बर २ का २७ बर्षका १ जना पुरुष , पोखरिया नगरपालिका वडा नम्बर ६ का ३३ बर्षका १ जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए ।
उनले भारतिय दुतावास वीरगन्जमा ३० बर्षका १ जना पुरुष समेत रहेको बताए ।
त्यसैगरी, बारा जिल्ला देवताल गाँउपालिका ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला प्रसौनी २ की ७३ बर्षिय १ जना वद्घ महिला रहेकी छिन् भने महोत्तरी जिल्लाका ३७ बर्षका १ जना डाक्टर समेत रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

the authoradmin

Leave a Reply