समाचारस्वास्थ्य

पाटन अस्पतालमा १ महिलाको कोरोनाका कारण मृत्यु

नेपाल अखबार, काठमाडौं । जनकपुरकी ३८वर्षीय कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा ज्यान गएको छ । साउन १८ गते अस्पताल भर्ना भएकी उनको कोरोना कै कारण ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ ।
यता बुटवलको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका २ जनाको ज्यान गएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ तौलिहवाका कृष्णकुमार गुप्ता तथा कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको उपचारका क्रममा ज्यान गएको हो । गुप्ता साउन २५ गते अस्पताल भर्ना भएका थिए । उनमा कोरोना पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । त्यस्तै तेलीको भने रिर्पोट आउन बाँकी रहेको अस्पतालले बताएको छ ।

ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका तेली केही दिन अगाडि मात्र भारतबाट घर आएका थिए । गुप्ता र तेली दुवैको अवस्था गम्भीर भएकाले उनीहरुको सुरुदेखि नै भेनिटलेटरमा राखेर उपचार गरिएको थियो ।
the authoradmin

Leave a Reply