Tuesday, June 2

Author: Kapil Paudel

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण

नेपाल अखबार, पोखरा । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा एकै दिन थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा २८७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा मात्र सक्रिय कोरोना संक्रमितहरुको संख्या ५० छ । मन्त्रालयका अनुसार हाल सम्मका कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४७६ रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६३ जना संक्रमितहरु निको भएका छन् ।...
पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई
समाचार, समाज

पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई

नेपाल अखबार, बाँके ।बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ ।राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ ।पुल नहुँदा वर्षाद्को समयमा आवागमन ठप्प हुने र हिउँदका महिनामा जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नुपर्ने बाध्यताको अव अन्त्य भएको बिनौनास्थित भुवर भवानी माध्यमिक विद्यालयका शिक्षक रुद्र डाँगीले बताए ।राप्ती नदीवारी कचनापुर निवासी शिक्षक डाँगीलाई नदीपारी बिनौनास्थित विद्यालय पुग्न वर्षाद्को समयमा कठिन हुने गर्दथ्यो । अहिले पुल बनेपछि बिनौना र कचनापुरवासीलाई आवागमनमा सहज भएको उनको भनाइ छ । पुल नहुँदा कचनापुर र बिनौनावासीलाई सवारी साधनमार्फत नदी वारपार गर्न करिब २५ किलोमिटर टाढा अगैया पुग...
हांसपोखरिमा तिजगित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम  हुने
धर्म/संस्कृति, मनोरञ्जन, समाचार

हांसपोखरिमा तिजगित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम हुने

हरितालिका तिज को अवसरमा हांसपोखरिमा खुल्ला तिज गित प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम हुने भएको छ । २०७८/०५/१४ गते हरितालिका तिजको अवसरमा स्थानिय हांसपोखरि युवा क्लबको को आयोजनामा ईन्द्रायणि आधारभुत बिधालय को प्रांगणमा सम्पन्न हुने कार्यक्रममा स्थानिय कलाकार को समेत प्रस्तुति रहने आयोजकले बताएको छ प्रतियोगितामा सहभागि मध्यबाट प्रथम हुनेलाई रु १५०००, द्दितिय हुनेलाई रु १२०००,तृतिय हुनेलाई रु ९००० र सान्त्वना हुनेलाई रु ३००० र उत्कृष्ट नृत्य लाई रु २००० र प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जनाएको छ । उक्त स्थानमा यस प्रकारको कार्यक्रम दशकौं देखि चल्दै आएको आयोजकले जनाएको छ ।...
ढिकुरपोखरिमा तिज मेला हुने
मनोरञ्जन, समाचार, साहित्य \कला

ढिकुरपोखरिमा तिज मेला हुने

नेपाल अखबार पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १, २, ३ स्थित ढिकुरपोखरीमा यसवर्ष तीजमेला हुने भएको छ ।स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा हुने उक्त मेला अन्र्तगत ११ ए साइड फुटबल प्रतियोगिता, तीजगीत प्रतियोगिता, रस्साकस्सी, घैटोफुटाई लगायतका प्रतियोगिता गर्न लागिएको संजालका महासचिव दिलबहादुर जिसीले जानकारी दिनुभयो। मेलाको तयारी अन्र्तगत आज युवा भेला वसी नविन गिरी संयोजक तथा किरण गुरुङ सहसंयोजक रहेको ३१ सदस्यिय मूल आयोजक समिति गठन पनि गरिएको छ। ढिकुरपोखरीमा १० औं वर्षदेखि तीजमेला हुँदै आएकोमा कोरोनाका कारण पछिल्लो दुई वर्ष मेला हुन सकेन भने यसवर्षदेखि मेलालाई निरन्तरता दिन लागिएको हो ।...
उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकां‌क्षी
प्रशासन, समाचार

उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकां‌क्षी

नेपाल अखबार, पोखरा ।उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकांक्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्रकाशित हुनेछ ।...
रेडक्रस सोसाइटीद्धारा पोखरा महानगरपालिकालाई विपद तथा कार्यलय व्यवस्थापन सामाग्री प्रदान
समाचार, स्वास्थ्य

रेडक्रस सोसाइटीद्धारा पोखरा महानगरपालिकालाई विपद तथा कार्यलय व्यवस्थापन सामाग्री प्रदान

नेपाल अखबार, पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ । विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कास्की मार्फत पोखरा महानगरपालिकालाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको हो । पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताए । कुनै पनि प्रकारका विपदहरुमा तत्काल रेस्पोन्स सहित राहत तथा उद्धारको काम गर्ने गरी विपद् सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घण्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताए...
Uncategorized

थप २५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना निको भएका छन् । कहाँ कहाँ थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् ।यस्तै सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, भक्तपुर र धनुषाका १३/१३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना र रौतहटका ६ जनालाई कोरोना संक्रमण भएको छ । गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा ललितपुर, धनुषा, बझाङ, पर्सा, तनहुँ, चितवन, लम...