Tuesday, July 28

Blog

रुसी राष्ट्रपति पुटिनको पक्षमा आयो जनमत, अब सन् २०३६ सम्म शक्तिमा
विश्व

रुसी राष्ट्रपति पुटिनको पक्षमा आयो जनमत, अब सन् २०३६ सम्म शक्तिमा

नेपाल अखबार, एजेन्सी । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउनेगरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् । पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ । संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका हुन् । त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो । शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको छ । मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्...
अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने
विश्व

अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने

नेपाल अखबार, एजेन्सी । अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् ।  कोरोनाभाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो । अष्ट्रेलियाकै लागि चुनौतीपूर्ण मानिएको क्षेत्रमा मानिसलाई निवासमै गएर परीक्षण गरेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास गर्न लागिएको अधिकारीहरुको भनाइ छ ।  कोरोनाभाइरसले उत्पन्न गरेको महामारी नियन्त्रण गर्न मेलबर्न क्षेत्र अष्ट्रेलियाकै लागि सवैभन्दा बढी चुनौतीपुर्ण क्षेत्र मानिएको छ । भिक्टोरिया राज्यभरीमा बिहीबार ३३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । अष्ट्रेलियामा तीन महिनाबीचमा यति धेरै सङ्क्रमित एकै दिनमा भेटिएको यो पहिलो पटक हो । परीक्षण कार्यमा सम्लग्न भएका प्रिमियर ड्यानियल एन्डुजले दैनिक दश हजार जनाको कोरोना परीक्षण गरिने योजना रहेको जानकारी दिए । उनले यही दरमा कोरोना प...
आइसोलेशन कक्षमै जन्मियो शिशु
समाचार, हाइलाइट-समाचार

आइसोलेशन कक्षमै जन्मियो शिशु

नेपाल अखबार,  बाग्लुङ। धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी हुनुभएको थियो । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस...
राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण
राजनीति

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण

नेपाल अखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकाससम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...
कर्णालीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ सय नाघ्यो
समाचार, स्वास्थ्य

कर्णालीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ सय नाघ्यो

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि भएका मध्ये ३६ जना संक्रमित कर्णालीभित्रका जिल्लाका होइनन् । उनीहरु देशका विभिन्न जिल्लाका रहेको प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डाक्टर लक्षमीनारायण तिवारीका अनुसार सुर्खेतमा भएको परीक्षणबाट ४५ जनामा कोरोना पुष्टि भएको हो । जसमा १८ जना दैलेख, १२ जना सुर्खेत, ३ जना कालीकोटका रहेका छन् । यस्तै सुर्खेतमै भएको परीक्षणबाट बझाङका २ जना, जुम्ला, सल्यान, लमजुङ, कैलाली, दार्चुला, बाँके, धादिङ, कास्की, बैतडी, इलामका एक/एक जना रहेका छन् । जुम्लामा भएको परीक्षणबाट २७ जनामा कोरोना पुष्टि भए...
कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका विरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसीयुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो । यस्तै ललितपुरको महालक्ष्मी ५ का ५० वर्षिय पुरुषको आज विहान मृत्यु भएको हो । ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गर...
वीरगञ्ज कारागारका एक थुनुवाको मृत्यु
समाचार

वीरगञ्ज कारागारका एक थुनुवाको मृत्यु

नेपाल अखबार, वीरगञ्ज । वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महानरपालिका–२ घर भएका ६३ बर्षका बसिर आलम भन्ने बसिर अहमदको मृत्यु भएको हो । ठगी मुद्धामा साढे ४ महिनाअघि उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो । मधुमेह र उच्च रक्तचापको समस्याका कारण उनलाई १६ दिनअघि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।बिहीबार बिहान २ बजेतिर अस्पतालले उनलाई मृत घोषित गरेको वीरगञ्ज कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा लगिएको छ ।...
स्याङ्जाका कोरोना संक्रमित मृतक किराना पसलका संचालक थिए
समाचार

स्याङ्जाका कोरोना संक्रमित मृतक किराना पसलका संचालक थिए

नेपाल अखबार, पोखरा । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जा, सिरुबारीका ५५ वर्षीय पुरुष किराना पसले रहेको तथ्य प्रकाशमा आएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कोरोना संक्रमणका कारण मृत्यु भएका पुरुष किराना पसलका सञ्चालक रहेको बताए । क्षेत्रीका अनुसार मृतकले स्याङ्जाको आँधीखोला–१, पञ्चमुलमा किराना पसल संचालन गर्दै आएका थिए । ज्वरो र श्वास प्रश्वासमा समस्या भएको उनलाई स्याङ्जाबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको क्षेत्रीले बताए । असार ८ गतेबाट उनलाई पश्चिमाञ्चल अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यको भनाइ छ । मृतकको कुनै पनि ट्राभल हिस्ट्री नदेखिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । क्षेत्रीका अनुसार उनको मृत्युपछि उनको कन्ट्याक टे«सिङ गर्न अप्ठ्यारो भएको छ । किराना पसलका व्याप...
निजी सवारी चालकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने मापदण्ड बनाउन निर्देशन
प्रशासन

निजी सवारी चालकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने मापदण्ड बनाउन निर्देशन

नेपाल अखबार, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न निजी सवारी साधनको लाइसेन्स बाहकलाई सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी फरक मापदण्ड तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले यातायात व्यवस्था विभागको हालको जनशक्ति अपर्याप्त भएको भन्दै आवश्यक जनशक्ति पुरिपूर्ति गर्ने काम तत्काल अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । यातायात व्यवस्था विभागमा जनशक्ति कम हुँदा त्यस अन्तर्गतका कार्यायहरुमा कामको चापलाई समयमै व्यवस्थापन गर्न कठिनाइ भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो । साथै बैठकले कोभिड–१९ का सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने र बैंक ऋण्को व्याजमा पुनर्तालिकिकरण गर्ने तथा सवारी मर्मतका लागि सहुलियत दरमा प...
कोरोना अपडेटः थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो
समाचार, स्वास्थ्य

कोरोना अपडेटः थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

नेपाल अखबार, काठमाडौं । बिगेको २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला  र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।...