Saturday, July 25

Blog

कर्णाली प्रदेशले एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने
प्रदेश ७

कर्णाली प्रदेशले एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने

नेपाल अखबार, सुर्खेत। कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ। बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा एम्बुलेन्सलगायत अत्यावश्यकबाहेक ुकनै पनि सवारीसाधन खरिद नगर्ने बताएका हुन्। स्रोतको संकुचनलाई मधयनजर गर्दै आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर अत्यावश्यकबाहेकका गोष्ठी सेमिनार शीर्षकको बजेट विनियोजन नगरिएको बताएका हुन्।...
कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै
समाचार

कालापानीमा सशस्त्र प्रहरी गस्ती जाँदा भारतीय सुरक्षाकर्मीको अवरोध, बीओपी थपिँदै

नेपाल अखबार, काठमाडाैं । कालापानी क्षेत्रमा गस्तीमा नजान सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीहरूले दबाब दिएको खुलेको छ। गत साता दार्चुलाको छाङरुस्थित सशस्त्रको सीमा सुरक्षा पोष्ट (बीओपी) बाट माथिल्लो कौवाभन्दा केही पर पुगेको सशस्त्र प्रहरी टोलीलाई ‘विवादित भूमिमा नआउनु’ भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कालापानी भन्दा २ किलोमिटर नेपालतर्फ आएको भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीबीच जम्काभेट भएको थियो। सशस्त्र प्रहरीको १५ जनाको टोली गस्तीमा त्यस क्षेत्र गएको थियो। ‘भारतीय सुरक्षाकर्मीले यस क्षेत्रमा तिमीहरु नआउ, हामी पनि यता आउँदैनौं भनेछन्’, ती अधिकारीलेभने, ‘यस विषयमा हामी थप जानकारी लिँदैछौं।’ कालापानी क्षेत्रमा भारतले भारतीय सेना, सशस्त्र सीमा बल र इण्डो तिब्बतीयन बोर्डर पुलिस तैनाथ गरेको छ। स...
गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड कोष
प्रदेश ४, स्वास्थ्य

गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड कोष

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको कोष बनाउने घोषणा गरेको छ । सरकारले कोभिड–१९ बाट मारमा परेकाहरुको रक्षाका लागि १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको पनि घोषणा गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै २ अर्ब रुपैयाँ बराबरको कोरोना विशेष कार्यक्रम ल्याउन लागेको घोषणा गरेका हुन् । कोरोनाको मारमा परेका व्यवसायी र रोजगारी सिर्जनाका लागि मापदण्ड बनाएर कोष सञ्चालन गर्ने अर्थमन्त्री गुरुङले बताए । उद्योग व्यवसायलाई जोगाउन र टिकाउन मापदण्डका आधारमा कोषको रकम खर्च गर्ने उनले बताए । कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई रोजगारी दिन सरकारले १८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ । कोरोनापछि स्वरोजगार बनाउन व्यावसायिक तालिमका लागि १९ करोड ...
३४ अर्व ८४ करोडको बजेट गण्डकी प्रदेशमा
अर्थ, प्रदेश ४

३४ अर्व ८४ करोडको बजेट गण्डकी प्रदेशमा

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सरकारले आव २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार विनियोजन भएको बताए । उनले पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार तथा वित्तीय सुधारका लागि ५० करोड विनियोजन गरेको जनाएका छन । बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रू ३४ अरब ८४ करोड २१ लाख ६० हजार खर्च हुने अनुमान गरिएको बताए । जसमध्ये, चालुतर्फ रु १४ अर्व ३४ करोड २६ लाख ८४ हजार, तथा पुँजीगततर्फ रु १९ अर्व ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन प्रस्ताव गरेको मन्त्री गुरुङले जनाए । यो बजेट प्रस्तुती संगै गण्डकी प्रदेशको आगा...
गण्डकी प्रदेशमा सबै भत्ता खारेज
अर्थ, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा सबै भत्ता खारेज

नेपाल अखबार, पोखरा । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्तालगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइँदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए। प्रदेश तथा स्थानीय तहको सेवामा उपयुक्त उम्मेदवार छनौट गर्न प्रदेश लोक सेवा आयोगको गठन गरी कार्य प्रारम्भ गर्न ८ करोड ९५ लाख बजेट रुपैयाँ विनियोजन भएको छ । प्रदेशसभाको भौतिक संरचना निर्माण, प्रदेशसभा सञ्चालन तथा विषयगत समिति र सचिवालय व्यवस्थापन तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि १२ करोड २२ लाख विनियोजन गरिएको छ ।...
नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६२११ पुगे
समाचार, स्वास्थ्य

नेपालमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ६२११ पुगे

नेपाल अखबनर, काठमाण्डौ । नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार दिउसो थप ४ सय ५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए  । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रमित मध्ये १ हजार ४१  जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घन्टामा ६७ जनाले स्वास्थ्य लाभ गरेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।...
लकडाउन बाहेक अरु केहि बिकल्प छैन त सरकार संग
साहित्य \कला

लकडाउन बाहेक अरु केहि बिकल्प छैन त सरकार संग

लिला गिरी , पोखरा । चिनको वुहान प्रान्त बाट फैलिन सुरु भएको कोरोना भाईरस कोभिड १९ ले हाल विश्व नै हायलकायल भएको छ । यो भाइरस एक मान्छेबाट अर्को मान्छेमा सर्ने एकप्रकारको संक्रमण रोग भएको कारण यसबाट जोगिन का लागि मानिस मानिस बिचको दूरी अपनाउन विश्व स्वास्थ्य संगठन WHO ले नै आग्रह गरिरहेको छ । अहिले सम्म यो भाइरसको कुनै औषधी आविष्कार नभएकोले मानिस मानिस बिच दूरी कायम राख्न विश्वका अधिकांश देशहरु लकडाउनमा छन् । हुन त लकडाउन बिना कोरोना नियन्त्रण नै नभएको पनि होइन । फेरि लकडाउन नै नगरी कोरोना महाव्याधिबाट जोगिएका देशहरु पनि रहेका छन् । लकडाउनको उद्देश्य भनेको संक्रमण फैलिन नदिनु हो । तर संक्रमण फैलिएपछिको लकडाउनले आशातित प्रतिफल दिँदैन यसको उदाहरण हामीले शक्तिशाली राष्ट्र अमेरिकालाई नै हेर्न सक्छौ । पटक पटक गरी थपिएको नेपालमा लकडाउन तेस्रो महिना प्रवेश गरेको छ । यस समयमा कयौँ नागरिकहरुले रोजगा...
किसानलाई ४० हजार माछाका भुरा वितरण
अर्थ, समाचार

किसानलाई ४० हजार माछाका भुरा वितरण

नेपाल अखबार,म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । प्रतिभुरालाई ५० पैसाका दरले खरिद गरी किसानलाई न्यूनतम ५ सयदेखि तीन हजारसम्म माछाका भुरा वितरण गरिएको पशुसेवा शाखाका प्रमुखसमेत रहेका पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटबाट कूल रु ४५ हजारमा पोखरादेखि माछाका भुरा ल्याई किसानलाई अनुदानमा उपलब्ध गराइएको उहाँले बताउनुभयो छ । किसानको पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको जनाइएको छ । नगरपालिकाको भकिम्लीका १२, ज्यामरुककोटका छ, रत्नेचौरका चार, अर्थुङ्गेका तीन र पुलाचौर दुई किसानलाई कमन र ग्रासकार्प जातको माछाका भुरा वितरण गरिएको शाखाले जनाएको छ । गएको वर्षमा ...
बाली लगाउने बेला मलको अभाव, कृषकले युरिया मात्रै खोज्दा झनै समस्या
अर्थ, कृषि

बाली लगाउने बेला मलको अभाव, कृषकले युरिया मात्रै खोज्दा झनै समस्या

नेपाल अखबार, काठमाडौँ । धानबाली लगाउने बेला सुरु भएसँगै बजारमा मलको अभाव देखिन थालेको छ । नेपालको मुख्य बालीको रूपमा रहेको धानको रोपाइँ गर्ने सिजनमा अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि कृषकले मल नपाउने अवस्था आको हो । अहिले कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङका बिक्री केन्द्रबाट किसान र कृषि सहकारी र समूहहरुले माग गरिएको भन्दा निकै कम मात्रै मल प्राप्त गरिरहेका छन् । भनेजति मल नपाउँदा कृषक निराश भएका छन् । कृषि सहकारीहरुले पनि आफ्ना सदस्यलाई रित्तो हात फर्काउन बाध्य भएका छन् । सीमित कोटा, लकडाउनले समस्या बाली लगाउने सिजनमा मल अभाव हुने यहाँको समस्या अहिलेको मात्रै होइन, यो विगतदेखिकै परम्परा हो । तर कृषि विकास मन्त्रालयले यो वर्ष अघिल्ला वर्षको जस्तो अभाव नहुनेगरी थप मल आयातको व्यवस्था गरेको थियो । आपूर्तिमा देखिएको समस्याका कारण यो वर्ष पनि विगतकै पुनरावृत्ति भएको हो । नेपालको माटो र अह...
सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने
राजनीति, समाचार

सरिता गिरीको सांसद पद निलम्वन हुने, पार्टीको साधारण सदस्य पनि नरहने

नेपाल अखबार, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताए । ‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,’ समाजवादी पार्टीका एक नेताले  भने, ‘उहाँले पार्टीको ह्वीप मान्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ ।’ हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं, स्रोतले भन्यो, ‘ तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन ।’ पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः नि...