Tuesday, July 21

Blog

कास्की–२ : विद्या जितकाे नजिक
राजनीति, समाचार

कास्की–२ : विद्या जितकाे नजिक

प्रतिनिधिसभा सिटका लागि निर्वाचन भएकाे कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई जितकाे नजिक पुगेकी छिन् । कुल ८ हजार ३६३ मत गन्न बाँकी रहँदा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले पछि पारिसकेकी छन् । निर्वाचन कार्यालयका अनुसार अब तीनवटा वडाको मत गन्न बाँकी छ । पछिल्लो मत परिणाम अनुसार विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत छ । नेकपा कार्यकर्ता विजय उत्सवको तयारीमा छन् भने कांग्रेस कार्यकर्ता पराजय स्वीकार गरेर घर फर्किन थालेका छन् । यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ । रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए । विद्या र खेमराजको मतान्तर अहिलेनै ८ हजार ५ भन्दा माथि पुगिसकेको छ ।...
गोरखाका तिन सडकको स्तरोन्नती हुने, मन्त्रीले गरे शिलन्यास
प्रदेश ४, समाचार, समाज

गोरखाका तिन सडकको स्तरोन्नती हुने, मन्त्रीले गरे शिलन्यास

गोरखा । जिल्लाका महत्वपूर्ण तिन सडक स्तरोन्नतीका लागि एकै दिन शिलन्यास भएका छन् । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तरगत गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बिच सो सडकहरुको शिलन्यास गरेका हुन् । गोरखा नगरपालिकाको ढुंगागाढे भञ्ज्याङदेखि शहिद लखन गाउँपालिकाको नामजुङ, अजिरकोटको सिमजुङदेखि भच्चेकबजार र सिरानचोकको चोरकाटेदेखि अजिरकोटको भच्चेकसम्मको सडक शिलन्यास भएका हुन् । दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य सहित ति सडकहरुको निर्माण कार्य सुरु भएको छ । १२ किलोमिटर दुरी रहेको ढुंगागाढे–नामजुङ सडक कालोपत्रे गर्नका लागि ३३ करोड ९१ लाख रकममा लामा कन्ट्रक्सन काठमाण्डौसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए । त्यस्तै चोरकाटे–भच्चेक सडकका लागि २१ करोड २९ लाख लागत लाग्ने उनको भनाई छ । जुन ९ दशमलव ५ किलोमिटर ...
स्मरण: शेरे नेपालको कतार भ्रमण
विचार

स्मरण: शेरे नेपालको कतार भ्रमण

करिम बक्स मियाँ/ दोहा। सन् २०१६ दिसम्वरको ७ देखि १२ सम्म नेपाली आकाशका नक्षत्र हुजुर शेरे नेपालको कतार भ्रमण तय भएको थियो। बरकाती मिशन कतार  र  रजाए मुस्तफा कतारको संयुक्त तत्वावधानमा हजरतलाई कतार भ्रमण गराउने तयारी भएको थियो। मुस्लिम संसार  आस्थागत विचारका दृस्टिकोणले विभिन्न तप्का (फिरका) मा बिभाजित भएको सन्दर्भले हामीलाई हजरतको कतार भ्रमणमा कुनै प्रतिकुलता पो निम्तिने हो कि भन्ने चिन्ता थियो। हामीले उहाँको भ्रमणको तयारी अत्यन्तै गोप्य तरीकाबाट गरि रहेका थियौं। जसको नेतृत्व बरकाती मिशनका तर्फबाट मुफ्ती नबी बख्श र मौलाना सिराज ज्युले लिनु भएको थियो। हजरतलाई कतार ल्याएर उहाँको अभिभावकत्वमा मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदै आई रहेको एउटा विषेश पर्व ‘रब्बिउल औवल’ मनाउने हाम्रो योजना सहज भने कदापी थिएन। परदेशको भुमिमा खर्च व्यबस्थापनदेखि कार्यक्रम तर्जुमा सम्मका विविध चुनौतीहरुका विच ...
पालुङ्टारका अधिकांश उजुरीमा मिलापत्र
समाज, हाइलाइट-समाचार

पालुङ्टारका अधिकांश उजुरीमा मिलापत्र

गोरखा । पालुङ्टार नगरपालिकाको न्यायिक समितिमा पर्ने अधिकांश उजुरी मिलापत्रबाट टुङ्गिने गरेका छन् । हालसम्म परेका उजुरी मध्ये झण्डै ८० प्रतिशतमा मिलापत्र भएको समितिको तथ्यांकले देखाउछ । २०७४ जेठदेखि २०७६ कार्तिक मसान्तसम्म समितिमा १ सय ७४ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ३७ वटा उजुरीलाई समितिले मिलापत्र गराई टुङ्गयाएको हो । ‘उजुरी परेपछि हामी दुवै पक्षलाई बोलाएर छलफल गराउँछौ’ समितिका संयोजक एवं उपप्रमुख पम्फा बसेलले भनिन् ‘हामीले छलफल गराउदा दुवै पक्ष सहमतीमा जान इच्छुक देखिन्छन्, त्यसपछि परामर्श दिएर मिलापत्र गराएर पठाउछौ ।’ यस बर्षदेखि पालुङ्टारले इजलाशको समेत ब्यवस्था गर्दै समितिको कामलाई ब्यवस्थित रुपमा अघि बढाएको जनाएको छ । सुरुकै बर्षदेखि कानूनी सल्लाहकार समेत नियुक्त गरेको समितिले सकेसम्म हरेक विवादलाई सहमतीमा टुङ्गयाउने प्रयत्न गर्ने गरेको उपप्रमुख बसेल बताउछिन् । ‘उजुरी आउने...
सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना
Uncategorized

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सव...
आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त
Uncategorized

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त सुनाखरी न्युज/ काठमाडौं- आई.एम.ई. लाइफइन्स्योरेन्स क.लि. ले आ.व.२०७५/७६ का लागि नेपाल पूनर्बीमा कं.लि. मा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मान पत्र नेपाल पूनर्बीमा कं।लि। को छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदानगर्नु भएको हो ।   आई.एम.ई.लाइफइन्स्योरेन्स कं.लि.ले देशै भरि ७६ जिल्लामाआफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्याल यबाट सम्पूर्ण नेपालीमाझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग विरुद्ध उपचार खर्च, लघुवीमा,सामुहिक वीमा लगायत वीमित लाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमा योजना प्रचलन...
ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने
Uncategorized

ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने

ट्याक्सीको नयाँ मापदण्ड निर्धारण, पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने सुनाखरी न्युज/ काठमाडौं – पेट्रोलबाट चल्ने १२ सय सीसीको गाडी मात्र ट्याक्सीका रुपमा दर्ता र सट्टापट्टा हुने नयाँ मापदण्ड सरकारले बनाएको छ । यसले ८ सय सीसीको गाडीलाई ट्याक्सी बनाउन त रोकेको छ । तर सरकारको यो मापदण्ड लागू गर्न ट्याक्सी चालक तथा व्यवसायीले भाडादर बढाउनुपर्ने सर्त राखेका छन् । ट्याक्सीको भाडा बढाउनुपर्ने उनीहरुको पुरानै माग हो । तर अहिलेले नयाँ मापदण्ड लागू गर्न पनि फेरि भाडादर पुनरावलोकनलाई सर्त बनाएका छन् ।   मंसिर २ गतेबाट लागू भएको मापदण्डअनुसार अब नयाँ ट्याक्सीहरु सेडान ९लामा० गाडीमात्रै हुनेछन् । यसअघि ह्याचब्याक (छोटा) गाडीलाई ट्याक्सीका रुपमा प्रयोग गरिँदै आएका थियो । समान्यतया सेडान गाडीको मूल्य यसै पनि ह्याचब्याकभन्दा महंगो हुन्छ । यसअघि १८ लाखदेखि...
भुकम्प पिडितलाई राहत, प्राधिकरणद्वारा शर्त सहित पहिलो र दोस्रो किस्ता लिने समय थप
Uncategorized

भुकम्प पिडितलाई राहत, प्राधिकरणद्वारा शर्त सहित पहिलो र दोस्रो किस्ता लिने समय थप

भुकम्प पिडितलाई राहत, प्राधिकरणद्वारा शर्त सहित पहिलो र दोस्रो किस्ता लिने समय थप   सुनाखरी न्युज/ काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका, पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्पपीडित लाभग्राहीलाई शर्तसहित पुनस् अवसर दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएमा अनुदान उपलब्ध गराउन सक्ने निर्णय गरेको हो । प्राधिकरणले २०७६ असार २१ गतेसम्म सम्झौता नगरेका र मिति २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिई अनुदान वितरण स्थगन गरिएका लाभग्राहीहरुलाई एक पटकका लागि सम्बन्धित स्थानीय तहले घर पुनर्निर्माणको सुनिश्चितता गरी सिफारिस गरेमा जिल्ला आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार०ले आवश्यक छानविन गरी जिल्ला पुनर्निर्म...
सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना
Uncategorized

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना सुनाखरी न्युज/ काठमाडौं–  १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विशेष तयारी थालेको छ। सवारी व्यवस्थापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको जनाकारी दिएको छ। महाशाखाले सार्वजनिक सूचना जारी गर्दै साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ। महाशाखाले साग खेलकुद हुने समय मङ्सिर १५ देखि २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू उपत्यकाको चक्रपथभित्र प्रवेश नगराउन आग्रह गरेको छ। त्यस्तै दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकेसम्म प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडक प्रयोग गर्न आग्रह गरेको छ। त्यस्तै...
प्रधानमन्त्री ओलीको स्वास्थ्य तीब्र गतिमा सुधार , अस्पतालले जारी गर्‍यो विज्ञप्ति
Uncategorized

प्रधानमन्त्री ओलीको स्वास्थ्य तीब्र गतिमा सुधार , अस्पतालले जारी गर्‍यो विज्ञप्ति

प्रधानमन्त्री ओलीको स्वास्थ्य तीब्र गतिमा सुधार , अस्पतालले जारी गर्‍यो विज्ञप्ति सुनाखरी न्युज /काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा। उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन् । मंगलवार अचानक पेटमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनको एपेन्डिक्सको आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिराखिएको छ । उनलाई अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । बुधबारबाट कुराकानी गर्न थालेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेरमात्रै कहिले डिस्चार्ज गर्ने भन्ने निर्ण...