Wednesday, October 21

Blog

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
समाचार, समाज

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गरेका हुन् । उनले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गरेका थिए । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा भक्तजनको उपस्थिति रहने गरेको छ । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा छ ।...
सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा
समाचार, समाज

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

नेपालअखबार, कास्की । सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको दायाँ र बायाँतर्फ नयाँ पुल निर्माण भइरहेका छन् । अपस्ट्रिम र डाउनस्ट्रिम नामका दुवै पुल १९० मिटर लम्बाइका छन् । पुल निर्माणका लागि २०७९ साल भदौ २६ गते रु एक अर्ब सात करोडमा ठेक्का सम्झौता भएको थियो । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले पुलको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार निर्माणका क्रममा देखिएका अवरोध हटिसकेकाले निर्धारित म्यादभित्रै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । “पुल अब म्यादभित्रै सम्पन्न हुन्छ । काममा कुनै अवरोध छैन । घरटहराको मुआब्जालगायत विषयसमेत टुङ्गो...
आज फूलपाती भित्र्याइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज फूलपाती भित्र्याइँदै

नेपालअखबार, काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने ...
मनसुनजन्य विपदबाट बेनीमा ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति
समाचार, समाज

मनसुनजन्य विपदबाट बेनीमा ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति

नेपालअखबार, काठमाडौँ । यस वर्षको मनसुनजन्य विपदबाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ। बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ। २४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने  भएको छ। सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा  भएको छ। त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। साथै, ३३ वटा गोठमा क्षति भएको छ। बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदीको किनारमा निर्माण गरिएको पक्की पर्खाल असोज ११ गतेको बाढीले भत्काएको छ। क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको ७५ लाख बजेट अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा निर्णय गराएर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप एक करोड बजेट माग गरिएको छ। बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले क्षतिग्रस्त सडकहरुलाई पुरानै अवस्थामा फर्काउ...
गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते
दुर्घटना, समाचार

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते

नेपालअखबार,गुल्मी। गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ की ४७ वर्षीया सुर्जमल्म विक घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको छ। घाइतेहरूलाई उपचारका लागि शुभसारथी अस्पताल मजुवा पठाइएको प्रहरीले जनाएको छ । पिकअपमा चालकसहित ६ जना सवार थिए ।...
पोखरा–२८ ओख्लेभीर बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण
समाचार, समाज

पोखरा–२८ ओख्लेभीर बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण

नेपालअखबार, पोखरा। पोखरा महानगरपालिका–२८, ओख्लेभीरमा भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी तथा स्थानीय नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखरा महानगरपालिका–२८ ले वडा कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। २०८३ असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा सडकबाट करिब २०० मिटर तल खस्दा चार जना विद्यार्थी र एक जना स्थानीय नागरिक गरी पाँच जनाको दुःखद निधन भएको थियो भने १९ जना घाइते भएका थिए। उक्त हृदयविदारक दुर्घटनाले समग्र पोखरा तथा स्थानीय समुदायलाई शोकमा डुबाएको छ। दुर्घटनामा ज्यान गुमाउने विद्यार्थीहरू ममता तिवारी, अशिम कँडेल, सुवेच्छा तिवारी, रेनुका नेपाली तथा ६५ वर्षीय स्थानीय बाबुराम तिवारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभक...
देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला
राजनीति, समाचार

देउवा समूहको अमेरिका संयोजक तोकिए सिटौला

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समूहको अमेरिका संयोजकमा प्रमोद सिटौलालाई तोकेको छ । समूहको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई मनोनयन गरेका हुन् । जनसम्पर्क समितिलाई नेपाली कांग्रेसले भ्रातृ संगठनको मान्यता दिँदै आएको छ । नेपाली कांग्रेसको १५औं नियमित महाविधेशनको तयारीका लागि जनसम्पर्क समिति अमेरिकाको संयोजकमा सिटौलालाई मनोनयन गरिएको डा. कोइरालाले पत्रमा लेखेक छन् । संयोजक कोइरालाले पत्रमा नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको भन्दै नेपाली जनसम्पर्क समितिको अधिवेशन तोकिएको समयमा पार्टीको मूल्य, मान्यता र विधान बमोजिम गर्न संयोजक सिटौलालाई निर्देशन दिएका छन् । सिटौला ...
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
पर्यटन, प्रशासन, समाचार

चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ । यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो । अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ । बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ–टिकटिङ प्रणालीको उद्घाटन गरे। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले इ-टिकटि...
कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत
समाचार, समाज

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

नेपालअखबार,म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्याएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । “तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि रु एक करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ”, उनले भने, “कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।” कालीगण...
आज मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति, समाचार

आज मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय हुनेछ ।