Friday, September 4

Blog

तीन दिनको मौसम चेतावनी, यी जिल्लामा भारी वर्षाको सम्भावना
समाचार, समाज

तीन दिनको मौसम चेतावनी, यी जिल्लामा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौँ । आगामी तीन दिन अधिकांश जिल्लामा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले भारी वर्षा हुने जिल्लामा सतर्कता अपनाउन भनेको छ । त्यस्तै १८ गते राती कोशी,बागमती प्रदेशको हिमाली तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । त्यसैगरी भदौ १९ गते दिउँसो कोशी, वामगती र गण्डकी प्रदेशको हिमाली भूभाग र वामगती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागसहित सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भदौ २० गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती र गण्डकीसहित कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले भारी वर्षा हुने जिल्लालाई सुन्तला रङले चिनाएको छ । ...
भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
प्रशासन, समाचार, समाज

भोटेकोशी बाढी : डीएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

नेपालअखबार,चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डीएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डीएनए नमुना (रगत) सङ्कलन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा हराएका आफन्तबाट रगतको नमुना सङ्कलन भइरहेको छ । बारा कलैयाका भगवान शर्मा भोटेकोशीको बाढीपछि छोरा हराएपछि सम्भावित स्थानमा खोजी गर्दै भौँतारिए । छोराको कुनै पत्तो नपाएपछि डीएनए परीक्षण गराएमा पहिचान हुनसक्छ भन्ने थाहा पाएर उनी नागरिकताको फोटोकपी र आफ्नो फोटोसहित चितवन आइपुगे । डीएनए नमुना दिए पनि उहाँको मन अझै ढुक्क ह...
एलडीसी मन्त्रीस्तरीय बैठकमा मन्त्री चौधरी : नेपाललाई सहानुभूति होइन, जलवायु न्याय र क्षतिपूर्ति चाहिन्छ
राजनीति, समाचार

एलडीसी मन्त्रीस्तरीय बैठकमा मन्त्री चौधरी : नेपाललाई सहानुभूति होइन, जलवायु न्याय र क्षतिपूर्ति चाहिन्छ

नेपालअखबार,काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाललाई विश्व समुदायको सहानुभूतिभन्दा जलवायु न्याय र क्षतिपूर्ति चाहिने बताएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अति कम विकसित राष्ट्रहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा भोटेकोशी विपद्लाई जलवायु संकटको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले उक्त कुरा बताएकी हुन्। मन्त्री चौधरीले हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु परिवर्तनको मार खेपिरहेको नेपालजस्ता देशहरूलाई सहानुभूति मात्र नभई जलवायु न्याय र अनुदानमा आधारित वित्त आवश्यक रहेकोमा जोड दिइन् । बिहीबार मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको हिम–चट्टान पहिरोले अकल्पनीय क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्। ‘यस विपत्तिमा हामीले १ हजार २०६ जना गुमाइसकेका छौँ, अझै ४ हजार...
रास्वपा सचिवालय बैठक बस्दै
राजनीति, समाचार

रास्वपा सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय लगायतबारे छलफल हुने नेता जगदीश खरेलले जानकारी दिए ।बैठक बिहीबार बिहान १० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने छ ।...
नेपालमा गएको विनाशकारी हिमपहिरो र लेदोसहितको बाढीको वैज्ञानिक विश्लेषण
समाचार, समाज

नेपालमा गएको विनाशकारी हिमपहिरो र लेदोसहितको बाढीको वैज्ञानिक विश्लेषण

नेपालअखबार,काठमाडौँ । नेपालमा विनाशकारी बाढी किन गयो र यसले कसरी यति तीव्र रूप लियो? चिनियाँ विज्ञान प्रतिष्ठान (क्यास) अन्तर्गतको इन्स्टिच्युट अफ तिब्बती प्लेटो रिसर्चको नेतृत्वमा रहेको संयुक्त अनुसन्धान टोलीले अगस्ट २०२६ मा गएको यस विपद्को अन्तर्निहित कारणहरूको अध्ययनमा नयाँ तथ्य पत्ता लगाएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। २६ अगस्ट २०२६ को बिहान नेपालको लाङ्टाङ लिरुङको उत्तरी भिरालो भागको उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानसहितको ठुलो हिमपहिरो गएको थियो। खसेका ती सामग्री गहिरो खोल्सा हुँदै उच्च गतिमा बगेर विनाशकारी लेदोसहितको बाढीमा परिणत भई चीनको सिजाङ (तिब्बत) क्षेत्रस्थित केरुङ बन्दरगाहमा बज्रिँदा ठुलो मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको थियो। विपद्लगत्तै उक्त इन्स्टिच्युटको नेसनल तिब्बती प्लेटो डाटा सेन्टरले तत्कालै आपत्कालीन प्रतिकार्य सुरु गर्‍यो।...
भोटेकोशी बाढी− समुदायले नै जुटाउँदैछ सहयोग
समाचार, समाज

भोटेकोशी बाढी− समुदायले नै जुटाउँदैछ सहयोग

नेपालअखबार, काठमाडौं ।  म्याग्दीको भौगोलिक रुपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि दुई लाख ५० हजार सहयोग गरेका छन्। यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा राहत, उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि गुर्जामा रहेका विभिन्न सङ्घसंस्थाले उक्त सहयोग गरेका हुन्। गुर्जा विकास मञ्च र गुर्जा–काठमाडौँ समाजले एक/एक लाख तथा पोखरामा बस्ने गुर्जाको चौतारे छन्त्याल महिला समूहबाट रु २५ हजार र बङ्गाले छन्त्याल महिला समूहबाट रु २५ हजार सहयोग गरेको वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए। चार वटै संस्था र समूहले वडा अध्यक्ष छन्त्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्। यसैगरी, बेनी नगरपालिका–९ मा रहेका विभिन्न सङ्घसंस्थाले पनि मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख सा...
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
प्रशासन, शिक्षा, समाचार

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

नेपालअखबार, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ । बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ । “...
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
समाचार, समाज

नागढुंगा-नौबिसे सडक खण्ड भासियो

नेपालअखबार, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ । सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ । सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए । यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ । सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए  । अर्यालले भने, ‘सडकको वाल धेरै पुरानो थियो । पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।’ सडक विभागबाट अहिले प्राविधिक टोलो सडक भासिएको ठाउँमा गइसकेको अर्यालले बताए ।...
अमेरिकाले भीषण हवाई हमला गरेपछि इरानले पनि दियो जबाफ
राजनीति, विश्व, समाचार

अमेरिकाले भीषण हवाई हमला गरेपछि इरानले पनि दियो जबाफ

नेपालअखबार, काठमाडौं । अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनालाई लक्षित गर्दै ठूलो हवाई हमला गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामाथि जबाफी आक्रमण गरेको छ। पछिल्लो घटनाक्रमले केही सातादेखि तुलनात्मक रूपमा शान्त रहेको अमेरिका–इरान द्वन्द्वलाई फेरि गम्भीर रूपमा चर्काएको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डन, बहराइन र इराकमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। यससँगै विश्वको प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मुजमा तनाव थप बढेको छ। यस घटनाक्रमको प्रभाव विश्व बजारमा समेत देखिएको छ। मंगलबार अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले बढेर पाँच सातायताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। युद्ध सुरु भएपछि इरानले स्ट्रेट अफ हर्मुजबाट हुने तेल ढुवानी प्रभ...
अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार
अपराध, समाचार, समाज

अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार

नेपालअखबार, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो । राति ११:०० बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए । चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद गरिएको भ्यान र गाँजा नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।...