Wednesday, October 21

Blog

नेपालीहरुको महान् पर्व दशै, तिहार, छठले आपसि सद्भाव, एकता कायम गरोस् : अध्यक्ष अली
धर्म/संस्कृति, समाचार, समाज

नेपालीहरुको महान् पर्व दशै, तिहार, छठले आपसि सद्भाव, एकता कायम गरोस् : अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  मुस्लिम आयोगद्धारा नेपालीको महान् पर्व दशै, तिहार, छठ शुभकामा आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अध्यक्ष मुहम्मदिन अलीले सम्पूर्ण नेपालीका बिच आपसि सद्भाव, एकता, सन्देश सहित दुख शान्तिको कामना गर्दै शुभकामना व्यक्ति गर्नू भयो । अध्यक्ष अलीले हामी सबै नेपालीले एक अर्काको धर्म, संस्कारको सम्मान गर्दै आपसि भाईचार सधै कायम राख्नु पनेमा जोड्दिनु भयो ।  ...
होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने
प्रशासन, समाचार

होटल तथा रेष्टुरेन्टलाई कडा निर्देशन: गुणस्तरहीन खाना बेचे कारबाही हुने

नेपालअखबार, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँ, तिहार र छठलगायतका चाडपर्वमा राजमार्गका होटल तथा रेष्टुरेन्टहरूलाई खाद्य स्वच्छता कायम राख्न कडा निर्देशन दिएको छ। विभागले विहीबार एक जरुरी सूचना जारी गर्दै मापदण्ड उल्लङ्घन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो। चाडपर्वको समयमा राजमार्गमा आउजाउ गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने होटल, रेष्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ र भोजनालयहरूलाई लक्षित गर्दै विभागले तोकिएका नियमहरू अनिवार्य पालना गर्न सचेत गराएको छ। सूचनाअनुसार, मापदण्डको पालना नगरी खाना, खाजा एवं नास्ता उपलब्ध गराएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुनेछ। यसका साथै, विभागले सबै खाद्य व्यवसायीलाई विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई अनिवार्य रूपमा खाद्य स्व...
भाषा विधेयक पारित भएकामा संसदलाई धन्यवाद
राजनीति, समाचार

भाषा विधेयक पारित भएकामा संसदलाई धन्यवाद

नेपालअखबार,विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २४औँ बैठकले प्रदेशको कामकाजको भाषासम्बन्धी विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ । बिहीबार बसेकाे बैठकले गरेका निर्णयहरूबारे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले जानकारी दिएका हुन् । उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित भएकोमा सभामुख, उपसभामुख, सम्पूर्ण प्रदेश सभा सदस्यहरू, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, विषयगत समिति र प्रदेश सभाका कर्मचारीहरूलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको बताए । यसैबीच प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशभित्रका थान संस्कृतिको संरक्षण, संवर्द्धन र विकास सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसले प्रदेशभित्र...
हरित युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
प्रशासन, समाचार

हरित युरिया उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

नेपालअखबार,काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया (हरित युरिया) उत्पादन प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग विस्तृत अवधारणा र कार्यान्वयनको ढाँचा (मोडालिटी) सम्बन्धी प्रस्ताव माग गरेको हो । मन्त्रालयले आवश्यकताअनुसार भविष्यमा प्लान्टको उत्पादन क्षमता थप विस्तार गर्न सकिने बताएको छ । प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट हरित युरिया उत्पादनका लागि उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने मन्त्रालयको अपेक्षा छ । इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यान्वयनको ढाँचा (कन्से...
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबिच भेटघाट
राजनीति, समाचार

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबिच भेटघाट

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरेका छन्।नेपाल र पाकिस्तानबिच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि उनीहरू बिच छलफल भएको थियो ।...
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
समाचार, समाज

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

नेपालअखबार,तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ। तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो। नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए। उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय, तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौतामार्फत काम गरेको थियो। पुल पुनःसञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर...
होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी
विश्व, समाचार

होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी

नेपालअखबार,इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ । जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना पहिलोपटक सार्वजनिक भएको इरानी पक्षको भनाइ छ । यसैबीच, समुद्री यातायातसम्बन्धी अधिकारीहरूले सिंगापुरमा दर्ता भएका दुई मालवाहक जहाज मंगलबार र बुधबार जलडमरूमध्य पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जानकारी दिएका छन् । तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ । सिंगापुरको सामुद्रिक तथा बन्दरगाह प्राधिकरणका अनुसार डुबेको जहाजमा रहेका सबै चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । दुवै घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस्ता आक्रमणलाई उक्साहटरहित, औचित्यहीन...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ
प्रशासन, समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ

नेपालअखबार, सर्लाही । सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ परेका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले थापाको साथबाट MADE IN USA लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोली बरामद गरेको जनाएको छ ।पक्राउ परेका थापालाई बरामद हातहतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।...
नापजाँचको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
प्रशासन, समाचार, समाज

नापजाँचको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नेपालअखबार,धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै पहिलो चरणमा २३३ जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आए...
नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस
राजनीति, समाचार

नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। ओहोदाको प्रमाणपत्र पेस गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वाइटली रहेका छन्। यसैगरी इन्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा। मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको उक्त समारोहमा नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो।...