Friday, September 4

Blog

आज दुई संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद् मातहतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ छ । संसद्‍ सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । बुधबार बिहान साढे ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यसूची छ। यस्तै, दिउँसो सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।...
कृष्णभीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
समाचार, समाज

कृष्णभीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने

नेपालअखबार, काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ। सडक विभागले अवरूद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो। पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताए। उनले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सञ्चालन गर्नेगरी काम अघि बढाइने जानकारी दिए। विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म...
भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान
राजनीति, समाचार

भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले मंगलबारको राष्ट्रिय सभा बैठकमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिले राष्ट्रिय सभालाई गम्भीर र मर्माहत बनाएको उल्लेख गरेका हुन्। अध्यक्ष दाहालले नेपाल बाढी, पहिरो, भूकम्प र महामारी जस्ता प्राकृतिक एवं मानव सृजित विपद्को उच्च जोखिममा रहेको स्मरण गराए । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव भोग्ने देशहरूको अग्रपङ्क्तिमा नेपाल पर्नु दुःखद यथार्थ रहेको उनले बताए । यस दुखद घडीमा ज्यान गुमाउने नेपाली तथा मित्रराष्ट्रका नागरिकहरूप्रति राष्ट्रिय स...
रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते
दुर्घटना, समाचार

रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते

नेपालअखबार, काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-८ स्यालापाखा सडक खण्डमा जिप दुर्घटनामा परेको छ रुकुमपूर्वका डीएसपी खुमानन्द पाण्डेका अनुसार रुकुमपूर्वको लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको भे१ज ६०४५ नम्बरको जिप मंगलबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । सडकबाट चिप्लिएर जिप करिब ५० मिटर तल खसेर दुरघटना भएको उनले बताए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।...
पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की
राजनीति, विश्व, समाचार

पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की

नेपालअखबार, दुबई । हालैका हप्ताहरूमा मत्थर भएको इरान र अमेरिकाबिचको आक्रमण पुनः भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकाले इरानको लाराक द्वीपमा आक्रमण गरेको थियो । यसको प्रतिकारमा इरानले सोमबार राति जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्यो । लाराकमा स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ बिछ्याउन तयारी गरिरहेका इरानी प्रक्षेपण प्रणालीलाई निशाना बनाइएको अमेरिकी पक्षको दाबी छ । घटनापछि ट्रम्पले इरानलाई कडा जवाफ दिने भनेका छन् । रानमाथि कडा प्रहार गरिने र यसको जवाफ दिइने ट्रम्पले बताएको भन्दै फक्स न्युजले समाचार छापेको छ । पछिल्लो आक्रमण–प्रत्याक्रमणले प्रतिबन्ध, नाकाबन्दी र आर्थिक दबाब मार्फत बढ्दो रूपमा लडिएको द्वन्द्व कति छिटो सैन्य कारबाहीमा परिणत हुन सक्छ भन्ने कुरालाई ...
मुस्ताङमा स्याउ टिप्न सुरु
कर्पोरेट, कृषि, समाचार

मुस्ताङमा स्याउ टिप्न सुरु

नेपालअखबार, मुस्ताङ । मुस्ताङ जिल्लाका स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुवात गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए । यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्न...
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ ।यसअघि सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक राख्न बोलाउन माग गरेका थिए ।...
नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द
प्रशासन, समाचार, समाज

नेपाल खानेपानी संस्थानका १९८ पदको विज्ञापन रद्द

नेपालअखबार,काठमाडौं । नेपाल खानेपानी संस्थानले कर्मचारी पदपूर्तिका लागि आह्वान गरेको १९८ पदको विज्ञापन रद्द गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरले आज एक सार्वजनिक सूचना जारी गर्दै गत वैशाख ६ गते गोरखापत्रमा प्रकाशित खुला, आन्तरिक र बढुवा प्रतियोगिताका सबै विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो। संस्थानका अनुसार, पूर्वाधार विकास मन्त्रालयको गत असार ३२ गतेको पत्रअनुसार साविकको संस्थान अस्तित्वमा रहने नदेखिएको र सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण प्रक्रिया अघि बढाउनु पर्ने भएकाले विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएको थियो। सोही निर्देशन र लोक सेवा आयोगको भदौ ३ गतेको सहमतिअनुसार संस्थानको पदपूर्ति समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो। विज्ञापन रद्द भएसँगै दरखास्त दिएका आवेदकहरूले आफूले बुझाएको परीक्षा दस्तुर फिर्ता पाउने भएका छन्। दस्तुर फिर्ता लिन इच्छ...
पृथ्वी राजमार्ग बन्द भएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार, समाज

पृथ्वी राजमार्ग बन्द भएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

नेपालअखबार,चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएर राजमार्ग अवरुद्ध बनेपछि राजधानी बाहिर ग्यास वोटलिङ गरिने (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनको भनाइ छ । संघका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए ।...
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्रै ७२ शव सेनाले निकाल्यो
समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको नारायणी नदीबाट मात्रै ७२ शव सेनाले निकाल्यो

नेपालअखबार, काठमाडौं । भोटेकोशीमा आएको बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ । १० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७१ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो । शव निकालेपछि मुचुल्काका लागि प्रहरीलाई बोलाएर जिम्मा लगाउने गरिएको सेनाले बताएको छ । निकुञ्ज क्षेत्र भएकाले जो–कोहीले प्रवेश पनि नपाउने भएकाले यी क्षेत्रहरूमा नेपाली सेनाको टोलीले नै शव निकाल्ने काम गर्दै आएको छ । बोटमार्फत नदी वारपार गर्दै निकै जोखिम मालेर शव निकालिएको सेनाले बताएको छ । आइतबार आएको बाढीले पानीको बहाब बढेपछि भने नदी वारपार गर्न समस्या हुँदा उद्धारमा केही कठिनाइ भएको छ ।रसुवास्थित भोटेकोशीले बगाएका व्यक्तिहरूलाई अन्तत: नारायणी नदीमा पुग्ने हुँदा नारायणी नदी वारीपा...