पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ
नेपालअखबार,पोखरा । पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महाराष्ट्र, पश्चिम बंगाल, कलकता घर भई पोखराका चार वटा फरक–फरक वडामा बस्ने ११ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरु कालीगढ र सुनचाँदीकै काममा संलग्न रहेको खुलेको छ ।
उनीहरुलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीय...






