Tuesday, August 18

अपराध

केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ
अपराध, समाचार

केन्द्रीय कारागारबाट भागेका कैदी पाल्पामा पक्राउ

नेपालअखबार,काठमाडौँ । केन्द्रीय कारागार (सुन्धारा)बाट भागेका कैदी पाल्पामा पक्राउ परेका छन्। पाल्पाको पूर्व खोला गाउँपालिका वडा- ३ का ३५ वर्षीय रुद्र प्रसाद न्यौपाने पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आइतबार पक्राउ गरेको हो। न्यौपानेलाई बैकिङ कसुर मुद्दाका कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए। उनका अनुसार  भदौं- २४ गतेको आन्दोलन सुन्धरा कारागारबाट भागेको थिए। भागेर गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। 'हामीले न्यौपानेलाई नियन्त्रणमा लिएर जिल्ला कारागार पठाइदिएका छौं,' उनले भने।...
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त
अपराध, समाचार, समाज

गुल्मीमा छोराले गरे बुवाको हत्या, आमा सख्त

नेपालअखबार,गुल्मी । गुल्मीका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । गुल्मी मालिका गाउँपालिका–३ म्यालमा २३ वर्षीय भोटबहादुर विकले बुवाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले बुवा–आमा माथि धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएकी छन् । विकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीय दिलमाया विकलाई हँसिया र काठको मुङ्ग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारूले बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा विकको मानसिक सन्तुलन ठिक नभएको खुलेको बताए । दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि उपचार लागिएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउनको छ । हत्या गर्ने विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गर...
सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या
अपराध, समाचार, समाज

सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या

नेपालअखबार,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी  छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको ह...
बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि
अपराध, विदेश, समाचार

बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि

नेपालअखबार,लन्डन । बेलायतमा रेलभित्र हुने यौन अपराधका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। गत वर्ष मात्र २ हजार ६ सय ६१ घटना दर्ता भएका थिए, जसमा करिब १० प्रतिशत पीडित बालबालिका थिए । तीमध्ये कतिपयको उमेर १३ वर्षभन्दा कम रहेको उल्लेख छ । बीबीसीद्वारा गरिएको एक अनुसन्धान अनुसार पछिल्लो १० वर्षमा इंग्ल्यान्ड, स्कटल्याण्ड र वेल्सभर यौन अपराधका घटनामा झन्डै ३७ प्रतिशतले वृद्धि भएको देखिएको हो । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले यस्ता घटनामा आएको वृद्धिलाई ‘गम्भीर चिन्ताको विषय’ बताउँदै हरेक उजुरी गम्भीरताका साथ लिइने जनाएको छ। त्यस्तै, रेल सञ्चालन गर्ने कम्पनीहरूको प्रतिनिधि संस्थाले पनि ‘यौन दुर्व्यवहारप्रति शून्य सहनशीलता नीति’ लागू गरिएको स्पष्ट पारेको छ। वेल्सकी १८ वर्षीय रिह्यानोन विलियम्सले यसै वर्ष रेल यात्राको क्रममा आफूलाई केही पुरुष समूहले दुर्व्यवहार गरेको बताइन् । ‘त्यो क्षण ...
पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक जना पक्राउ
अपराध, समाचार

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक जना पक्राउ

नेपालअखबार, पोखरा  । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० भलाम बस्ने २४ वर्षीय सुजन विक छन् । उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । गएराति ९ बजेतिर उनी पोखरा–१२ शितलादेवी बस्ने देवीकला अधिकारीको घरमा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।पेस्ताले देखाएर लुटपाट गर्न खोजेको भन्ने सूचना पाउनासाथ खटिएको टोलीले उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।...
नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरे
अपराध, समाचार

नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरे

नेपालअखबार,काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।...
काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
अपराध, समाचार, समाज

काठमाडौँमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी

नेपालअखबार,काठमाडौँ। प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा देशका दुई फरक स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने हिरा तामाङलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामेछाप घर भएका २१ वर्षीय तामाङविरुद्ध परेको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुले उनलाई नियन्त्रणमा लिएको हो। उता, धादिङको बेनीघाट रोराङ गाउँपालिका-३, ओरवाङ बस्ने ३२ वर्षीय जगत कोइरालालाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेनीघाटले पीडितको उजुरीपछि उनलाई पक्राउ गरेको हो। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।...
बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा छोरा पक्राउ
अपराध, प्रशासन, समाचार

बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा छोरा पक्राउ

नेपालअखबार, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको सट्टा परीक्षा दिँदै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं ३ छपकैया बस्ने २५ वर्षीय मोहम्मद अफताब आलमलाई पक्राउ गरिएको हो। उनले आफ्ना बुवा मोहम्मद शहाबुद्दीन अन्सारीको सट्टामा परीक्षा दिइरहेका थिए। मानविकी संकाय अन्तर्गत राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा चलिरहँदा आलमलाई पक्राउ गरेको क्याम्पस प्रमुख मोहन यादवले जानकारी दिए। ‘मो. शाहबुद्दीन अन्सारीको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छौं,’ उनले भने। परीक्षार्थीको प्रवेशपत्र जाँच गर्दा प्रवेशपत्रमा भएको फोटोसँग अनुहार नमिलेपछि उनलाई पक्राउ गरिएको हो। उनीहरूविरूद्ध त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम अनुसार कारबाही गर्ने तयारी छ।...
पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ
अपराध, प्रशासन, समाचार

पोखरामा ६.४ के.जी अवैध सुन सहित ११ जना भारतीय पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीयलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको महाराष्ट्र, पश्चिम बंगाल, कलकता घर भई पोखराका चार वटा फरक–फरक वडामा बस्ने ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, कोलकताका ४५ वर्षीय मनिक लाल आदत, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, पश्चिम बंगालका ३५ वर्षीय सन्दीप ढाप, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षकै गोविन्द दिण्डा र भारतकै ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन् । उनीहरु कालीगढ र सुनचाँदीकै काममा संलग्न रहेको खुलेको छ । उनीहरुलाई पोखरा महानगरपालिका २, ३, ४ र ९ नम्बर वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीय...
चक्रे मिलनसहित १९ जना थप ५ दिन हिरासतमा रहने
अपराध, प्रशासन, समाचार

चक्रे मिलनसहित १९ जना थप ५ दिन हिरासतमा रहने

नेपालअखबार,काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यो सँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरु सँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । १९ जनालाई भने परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । हिरासतमा रहनेहरूमा चक्रेसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का छन् । त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्र...