६ महिनामा ५ खर्ब ८१ अर्बभन्दा बढी राजश्व संकलन
नेपालअखबार,काठमाडाैँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा सरकारले कुल ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । सोअनुसार पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिव १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार पुस महिना मात्रैको राजश्व संकलन भने तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ ।
यसअनुसार पुस महिनाको प्राप्ति प्रतिशत ८९.९६ प्रतिशत रहेको छ । त्यसैगरी पुस ३० गते एकै दिनमा २० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको अर्थ...










