एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?
नेपालअखबार,स्याङ्जा । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ।
यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकिलो ५७ का दरले बिक्री भएको छ। गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो।
गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।
यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ। यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो।
स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेक...









