मनाङ, मुस्ताङदेखि काठमाडौंसम्म पुग्छ चितवनमा कमलले उत्पादन गरेको च्याउ
नेपालअखबार, चितवन । चितवनको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ।
१२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताए।
नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उनले जानकारी दिए।
नगरप्रमुख रेग्मीले यहाँको उत्पादन मुलुकका प्रमुख सहरमा पुग्ने भएकाले यसलाई थप व्यावसायिक हुँदै उत्पादनमा केन्द्रित योजनाअनुरूप वातावरण अनुकूल टनेल निर्माण गरिएको बताए।
उनकाअनुसार रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको ह...









