Saturday, August 1

अर्थ

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि
अर्थ, समाचार

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि

नेपालअखबार, तनहुँ । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाउ बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।सुक्खा याममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले  विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाउ बढेसँगै विद्युत् उत्पादन बढेको हो । उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।...
अर्थ, समाचार
नेपालअखबार, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा राष्ट्रघात नभएको बताएका छन्। बाहिरी मानिसले अनधिकृत रूपमा राजश्वका दर हेरफेर गरेको खबरहरू आएका थिए। यसबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेले छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन्। साथै एमाले सांसदहरूले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका छन् आज प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नबारे जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेटमा राष्ट्रघात र गद्दारी नभएको बताए। ‘अहिलेको बजेटमा न राष्ट्रघात गरेको छ न गद्दारी गरेको छ,’ उनले भने, ‘एउटा प्रक्रियामा गएर बजेट निर्माण गरेको हो। करको दरलाई लिएर जुन मुद्दा बनाइएको छ यो राजनीतिक कुरा होइन अराजनीतिक कुरा हो।’ उनले बजेटका गोपनियतालाई भंग नगरिएको पनि बताए। ‘कुनै गोपनीयता भंग गरिएको छैन। अब त्यहाँ अर्थमन्त्रीले बसेर हेर्ने कुरा पनि होइन। सम...
कोरोना महामारी नियन्त्रणमा छ करोड खर्च
अर्थ, समाचार

कोरोना महामारी नियन्त्रणमा छ करोड खर्च

नेपाल अखबार, जाजरकोट । कोरोना भाइरस महामारी रोगथाम तथा नियन्त्रणका लागि जाजरकोटका सात स्थानीय तहले असार मसान्तसम्म साढे छ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । गत चैतदेखि असारसम्म क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद र राहत वितरणमा जिल्लाका सात स्थानीय सरकारले रु छ करोड ६८ लाख ६६ हजार २६६ खर्च गरेका हुन् । साउनयताको हिसाब सार्वजनिक हुन बाँकी छ । कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका नाममा छेडागाड नगरपालिकाले रु दुई करोड २५ लाख ७२ हजार ४९५, भेरी नगरपालिकाले रु एक करोड ४४ लाख ८७ हजार ६९८ र नलगाड नगरपालिकाले रु ५८ लाख १७३ खर्च गरेका हुन् । त्यस्तै शिवालय गाउँपालिकाले रु ७० लाख, बारेकोट गाउँपालिकाले रु ७५ लाख ६० हजार ९००, जुनीचाँदे गाउँपालिकाले रु ५४ लाख ४५ हजार र कुशे गाउँपालिकाले रु ४० लाख खर्च गरेको पालिकाले जनाएका छन् । जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक वर्षको व...
मिटर रिडरबाट लाखौँ ठगिए मुसीकोटवासी
अर्थ, समाचार, समाज

मिटर रिडरबाट लाखौँ ठगिए मुसीकोटवासी

नेपाल अखबार, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाए। उनी घरको मिटर रिडिङका लागि गत भदौको तेस्रो साता सोमबहादुर राना जाएका थिए। नाताले उनीहरु मामा भान्जा हुन। भान्जाले मामाको बिजुलीको बिलको रसिदको पछाडि यही असोज ६ गतेसम्म रु ६६४ बुझाउनुपर्ने जनाउँदै रसिद थमाए। रसिदको अगाडि भने प्रत्येक महिना रु ३०/३० तिर्नुपर्ने उल्लेख गरिएको थियो। विभिन्न समयको जरिवाना जनाउँदै रानाले उक्त रकम बुझाउनुपर्ने उल्लेख गरेको बताइएको छ। त्यसलगत्तै थापा नेपाल विद्युत् प्राधिकरण शाखामा पुगेर आफ्नो मिटरबाट बुझाएको रकम हेरे। रकम हेर्दा उनी छक्क परे। गत जेठमा रु एक हजार २०० बुझाएमध्ये जम्मा रु ७४ मात्रै रानाले प्राधिकरणमा बुझाएका रहेछन्। बाँकी रु एक हजार १२६ रानाले आफूसँगबाट बढी असुली गरेको उनले ठहर गरे। पछिल्लोपटक पनि रु ६० आएकामा रु...
विद्युत् मिटर रिडिङ नगरी जरिवाना असुल
अर्थ, प्रविधि, समाचार

विद्युत् मिटर रिडिङ नगरी जरिवाना असुल

नेपाल अखबार, सर्लाही । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ । उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताउनुभयो । विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ । विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन् । प्राधिकरण...

चाडपर्व नजिकिदै गर्दा बजार सुनसान
अर्थ, समाचार

चाडपर्व नजिकिदै गर्दा बजार सुनसान

नेपाल अखबार, काठमाडाैं। चाडपर्व नजिकिदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भीड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । मंगलार साँझ न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारमा पुग्दा सुनसान देखिएको हो । केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए । खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लायतका बाजरमा सुनसान देखिएको छ । विगतमा चाडपर्वको समयमा निकै भीड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निरास बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भीड हुने बजार हो । तर यस वर्ष कोभिड...
बैंकको फोनले पोखराका पर्यटन व्यवसायीलाई तनाव
अर्थ, पर्यटन, समाचार

बैंकको फोनले पोखराका पर्यटन व्यवसायीलाई तनाव

नेपाल अखबार, पोखरा । नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैंक तथा वित्तीय संस्थासँग पर्यटन व्यवसायीले सो गुनासो गरेका हुन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्र अति संवेदनशील क्षेत्रमा राखे पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा ब्याज चुक्ताका लागि लगातारको दबाबले समस्यामा पारेको व्यवसायीको गुनासो छ । व्यवसायीको गुनासो आएपछि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई सो क्रममा निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “सक्ने उद्...

पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने निर्णयको ऊर्जा उद्यमीद्वारा स्वागत
अर्थ, समाचार

पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने निर्णयको ऊर्जा उद्यमीद्वारा स्वागत

नेपाल अखबार, काठमाडौं । सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिन अघिको बैठकले उक्त निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई ऊर्जा उद्यमीले स्वागत गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेपछि जलविद्युत् आयोजना निर्माण गरिरहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले समेत स्वागत गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) सँग आवद्ध रहेका र नरहेका ऊर्जा उद्यमीले हाल झण्डै तीन हजार मेगावाट बढीका आयोजना निर्माण गरिरहेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर निर्माणमा जाने तयारीमा रहेका आयोजनाको क्षमता झण्डै ६ हजार मेगावाट रहेको छ । यस्तै सरकारी...