Saturday, August 1

अर्थ

एच नाइन भाइरसबाट कुखुरा मर्न थाले
अर्थ, कृषि, समाचार

एच नाइन भाइरसबाट कुखुरा मर्न थाले

नेपाल अखबार, चितवन। कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन् । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो । यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले जानकारी दिए । “काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उनले भने । रासस...
रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी
अर्थ, समाचार

रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी

नेपालअखबार, बैतडी । सरकारले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि सो चट्टान उत्खनन गर्ने तयारी गरेको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उदघाटन पनि गरेका छन् । उदघाटन कार्यक्रममा मन्त्री भट्टले मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए उद्योग नै स्थापना गरिने बताए । उनले भने, ‘उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जानेछ ।’ नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताए । उनले भने, ‘अब हरेक क...
रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी
अर्थ, समाचार

रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी

नेपालअखबार, बैतडी । सरकारले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि सो चट्टान उत्खनन गर्ने तयारी गरेको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उदघाटन पनि गरेका छन् । उदघाटन कार्यक्रममा मन्त्री भट्टले मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए उद्योग नै स्थापना गरिने बताए । उनले भने, ‘उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जानेछ ।’ नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताए । उनले भने, ‘अब हरेक क...
कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै
अर्थ, समाचार, समाज

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

नेपाल अखबार, काठमाडाैं। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस र माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात/आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए । उनले कोरियाको मानव संसाधन विभाग (एचआरडी)ले कोरोनाको जोखिम अझै कायम रहेकाले कोरिया भाषा परीक्षा अझै तीन/चार महिना धकेलिन सक्ने सङ्केत गरेको बताए । उनले भने, “एचआरडीसँग हामी सम्पर्कमै छौँ । सहज हुनेबित्तिक...
मास्क सिलाउन व्यस्त महिला
अर्थ, समाचार, समाज

मास्क सिलाउन व्यस्त महिला

नेपाल अखबार, बनेपा । धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०/८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आउनुभएको छ । यसअघि उहाँले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्नुहुन्थ्यो । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागिरहनुभएको हो । धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उहाँ मास्क सिलाउने काममा व्यस्त हुनुहुन्छ । पहिला पनि सिलाइ नै गरिरहनुभएकी उहाँले उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताउनुभयो । धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्नुुहुन्छ । ...
पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी
अर्थ, समाचार

पर्यटनमा आशा जगाउँदै पर्यटन व्यवसायी

वासुदेव पौडेल/कृष्ण दवाडी, गण्डकी । कोरोना भाइरसका कारण झण्डै छ महिनायता सुनसान बनेको मर्दी हिमाल पदयात्रा मार्गमा यतिखेर भने पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । पदयात्रा मार्गमा विदेशी पर्यटन नरहे पनि स्वदेशी आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको मर्दी हिमाल हाइक्याम्पस्थित होटल स्नोल्याण्ड एण्ड स्पाका सञ्चालक राजु पौडेलले बताउनुभयो । कोरोनाका कारण शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा भने गति लिने विश्वास लिइएको उहाँले बताउनुभयो । “विगतमा यस समयमा दैनिक १०० भन्दा बढी विदेशी एवं स्वदेशी पर्यटक हुन्थे”, उहाँले भन्नुभयो, “अहिले भने विदेशी पर्यटक आउने अवस्था छैन, हामीले आन्तरिक पर्यटनलाई नै विशेष जोड दिएका छौँ ।” सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर उत्साहित बनेका यहाँका पर्य...
भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ
अर्थ, प्रशासन, समाचार

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

नेपाल अखबार, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो । डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
दुई महिनामा पाँच करोड किलो चिनी आयात
अर्थ, समाचार, समाज

दुई महिनामा पाँच करोड किलो चिनी आयात

नेपाल अखबार, काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गाएको थियो ।  अन्तर्राष्ट्रिय भन्सार कारोबार संकेत (हार्मोनाईजेसन कोड) १७०११३९० र १७०११४९० मा शुद्ध चिनी आयात हुन्छ । | नेपालमा वाषिर्क २२ करोड ६७ लाख किलो चिनी खपत हने अनुमान गरिन्छ । भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् । नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात रित्तिएसँगै चिनीको आयात बढेको हो । चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै सहुलियतको चिनी खरिद गर्ने सहमति नदिँदा ब...
तनहुँमा उत्पादित दूध र मासु मागभन्दा बढी
अर्थ, कृषि, समाचार

तनहुँमा उत्पादित दूध र मासु मागभन्दा बढी

नेपाल अखबार, दमौली । तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिनुभयो । “जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ”, डा श्रेष्ठले भन्नुभयो । डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५...
कात्तिकदेखी सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने
अर्थ, प्रशासन, समाचार

कात्तिकदेखी सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

नेपाल अखबार, काठमाडाैं।  सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो ।...