सीले यसरी ब्युँत्याए माओको हिमालपार रेलमार्ग-सपना
सन् १९७३ मा माओ त्सेतुङ र राजा वीरेन्द्रबीच भेट हुँदा चीन र नेपाललाई रेलले जोड्ने अवधारणामा पहिलो पटक छलफल भएको थियो। त्यसयता यो विचारले सिमानाको दुवैतर्फका मानिसलाई मोहित तुल्याउँदै आएको छ। त्यसपछिका दशकमा नेपालमा कयौँ घटना भए। वीरेन्द्रको वंशनाश भयो, दशक लामो माओवादी गृहयुद्ध चल्यो, ९ हजारको ज्यान जानेगरी भूकम्प आयो, जसले काठमाडौँका ऐतिहासिक स्मारकहरु ध्वस्त बनायो र अर्थतन्त्र कमजोर बनाउनेगरी भारतले पाँच महिना लामो नाकाबन्दी लगायो। तैपनि चीन–नेपाल रेलमार्ग निर्माणको सपना मरेको छैन।
४५ वर्षपछि आएर थुप्रैले असम्भव भन्दै आएको यो परियोजना निर्माणको ग्रहदशा अन्ततः मिलेजस्तो देखिन्छ। किनभने चीन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा लगानीका लागि नयाँ ठाउँको खोजीमा छ भने नेपाल आफ्नो मुलुकमा भारतीय प्रभावलाई कम गर्न प्रतिरोधी शक्तिको खोजीमा छ।
अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका...
