Saturday, March 14

कर्पोरेट

जेनजी आन्दोलनपछि बन्द भएको मौलाकाली केबलकार आजदेखि सञ्चालन
कर्पोरेट, समाचार

जेनजी आन्दोलनपछि बन्द भएको मौलाकाली केबलकार आजदेखि सञ्चालन

नेपालअखबार,चितवन । जेनजी आन्दोलनका बेला भएको तोडफोड र आगजनीका कारणले बन्द भएको पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गते तोडफोड र आगजनी गरेपछि केबलकारको बटमस्टेशनमा करोडौंको क्षति पुगेको थियो । झण्डै  २ महिनाभन्दा बढी समय बन्द रहेको केबलकार शनिबार आजदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । उनका अनुसार क्षतिग्रस्त भएको केवलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचरलगायत प्राविधिक उपकरणहरुको मर्मत तथा सामान फेरेपछि केबलकार सञ्चालनमा आएको हो । केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामानसहितका प्राविधिकहरु आएर केबलकार पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टोलीले लामो समय चेकजाँच गरेपछि केबलकारलाई ब्यवसायिक रूपमा सञ्चालनमा ल्याइएको स...
भारतलाई विद्युत बेच्न अन्तरदेशीय प्रसारण लाइनमा नेपालले ३ अर्ब रुपैयाँ लगानी गर्दै
कर्पोरेट, प्रविधि, समाचार

भारतलाई विद्युत बेच्न अन्तरदेशीय प्रसारण लाइनमा नेपालले ३ अर्ब रुपैयाँ लगानी गर्दै

नेपालअखबार, काठमाडौं । नेपाल सरकारले दुई ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइनहरू निर्माण गर्नका लागि भारतमा संयुक्त कम्पनी स्थापना गरी कुल ३ अर्ब रुपैयाँ बराबरको स्वपूँजी लगानी गर्ने निर्णय गरेको छ। प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रूपैयाँ लगानी गर्ने भएको छ । यो निर्णयले नेपाल र भारतबीचको विद्युत व्यापारलाई थप सहज बनाउन दुई नयाँ ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खोलेको छ। यो निर्णय नेपाल सरकारको मन्त्रिपरिषद्बाट कार्तिक १ गते गरिएको र सोही अनुसार राजपत्रमा सूचना प्रकाशित गरिएको छ । यी दुई नयाँ अन्तरदेशीय प्रसारण लाइनहरूको निर्माणले न...
घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व सङ्कलन घट्यो
कर्पोरेट, समाचार, समाज

घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व सङ्कलन घट्यो

नेपालअखबार,काठमाडौँ । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्न सकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व सङ्कलन गरेको थियो । गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्...
वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात
कर्पोरेट, समाचार

वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

नेपालअखबार,पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् रु ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने रु एक खर्ब ८३ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा आयात ह्वात्तै बढेको जानकारी दिए। वीरगञ्ज नाका हुँदै तीन महिनामा रु ३८ अर्ब नौ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । रु १९ अर्ब ८४ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु १५ अर्ब ५७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ ।...
वीरगन्ज नाकाबाट निर्यात बढ्यो
कर्पोरेट, समाचार

वीरगन्ज नाकाबाट निर्यात बढ्यो

नेपालअखबार,पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान  निर्यात भएका छन् । गत आवमा सोही अवधिमा रु आठ अर्ब ८४ करोड मूल्य बराबरका वस्तु निर्यात भएका थिए । चालु आवको तीन महिनामा रु १३ अर्ब ९८ करोड मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ । यसैगरी, चालु आवको तीन महिनामा रु दुई अर्ब सात करोड मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस  निर्यात भएको छ । साथै रु एक अर्ब ७० करोड मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र रु ९७ करोड मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र र रु ६६ करोड मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात भएको छ...
चमेलिया-जौलजिवी प्रसारण लाइनबारे नेपाल-भारतको सहमति
कर्पोरेट, समाचार

चमेलिया-जौलजिवी प्रसारण लाइनबारे नेपाल-भारतको सहमति

नेपालअखबार,काठमाडौं । नेपाल–भारतबीच सन् २०२७ डिसेम्बरभित्र चमेलिया-जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइन सम्पन्न गर्ने गरी काम अघि बढाउने सहमति भएको छ । पोखरामा सम्पन्न नेपाल–भारत सह–सचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा त्यसका लागि सन् २०२५ नोभेम्बरभित्र संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सहमति पनि भएको छ । कात्तिक १७–१८ गते आयोजित बैठकमा नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउने र उक्त लाइनमार्फत् विद्युत आयात–निर्यात क्षमताबारे भारतको उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र बैठक गर्ने सहमति भएको छ । बैठकमा ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सितामढी लाइनमार्फत् विद्युत आदान–प्रदान क्षमताको पुनर्मूल्यांकन भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । जसअनुसार नेपालले नेपालबाट ...
एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
कर्पोरेट, प्रविधि, समाचार

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

नेपालअखबार,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्ध...
मौसम सुधारसँगै आन्तरिक उडान नियमित
कर्पोरेट, समाचार, समाज

मौसम सुधारसँगै आन्तरिक उडान नियमित

नेपालअखबार, काठमाडौं ।  काठमाडौंको मौसममा केही सुधार देखिएसँगै आन्तरिक उडान पुन: सुरू भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यतिबेला विभिन्न विमानस्थलमा रोकिएका जहाजले यात्रु लिएर काठमाडौंका लागि उडान गरिरहेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए। उनका अनुसार मौसम खराब नभएमा अब नियमित उडान हुनेछ। खराब मौसमका कारण शनिबार बिहानैदेखि आन्तरिक उडान बन्द गरिएको थियो।...
डिजिटल युगका लागि रेडमी स्मार्टवाच
कर्पोरेट, बजारमा नयाँ, समाचार

डिजिटल युगका लागि रेडमी स्मार्टवाच

नेपालअखबार, काठमाडौँ । आजको डिजिटल जीवनशैलीमा स्मार्टवाच केवल समय बताउने घडी मात्र रहेन, बरु स्वास्थ्य, फिटनेस र सञ्चारका लागि आवश्यक साथी बनेको छ । सुरुमा स्मार्टफोनका केही सुविधा हातमै ल्याउने उद्देश्यले सुरु भएको प्रविधि अहिले विश्वमै सबैभन्दा छिटो बढ्ने प्रविधि बनेको छ । यसले हाम्रो दैनिकीमा सहजता थप्नुका साथै प्रविधिसँगको सम्बन्धलाई अझ घनिष्ट बनाइदिएको छ । नेपालको सन्दर्भमा हेर्दा, पछिल्ला वर्षहरूमा स्मार्ट उपकरणप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी विद्यार्थी र व्यवसायिक वर्गबीच स्मार्टवाचलाई समय व्यवस्थापन मात्र नभई जीवनशैलीलाई अझै राम्रो बनाउने साधनका रूपमा अपनाउन थालिएको छ । किफायती मूल्यमा राम्रो सुविधा पाइने भएकाले यसको माग पनि दिनप्रतिदिन बढ्दै गएको छ । यस्तै मागलाई ध्यानमा राख्दै शाओमीको सह–ब्रान्ड रेडमीले रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट (जीएनएसएससहित) बजार...
युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने पाकशाला सञ्चालनमा
अर्थ, कर्पोरेट, बजारमा नयाँ, समाचार

युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने पाकशाला सञ्चालनमा

नेपालअखबार,काठमाडौं । युवाहरुलाई सफताको बाटो देखाउदै गन्तब्यमा पुर्याउने उद्देश्यका साथ स्थापना पाकशाला सञ्चालनमा आएको हो । युवाहरूलाई दक्षता तालिम दिँदै आत्मनिर्भर साथ स्वरोजगार बनाउनुका लागि पाकशाला करिब ३महिना अघि देखि थापागाउमा सञ्चालनमा आएको सञ्चालक आकाश पन्तले बताउनु भयो । सफलताको कथा लेख्नका लागि सिप सिकौँ भन्ने मूल नाराका साथ पाकशालामा विधार्थीहरुका लागि बरिस्ता, सुशी, बेकरी १ देखि ३ महिना सम्मका पाठ्यक्रम रहेको छ । यसै गरि ६महिनाको डिप्लोमा पाठ्यक्रम रहेको छ भने ६महिना इन्टर्नसिप गर्ने व्यवस्था रहको छ ।  पाकशालामा क्याफे पनि सञ्चालनमा रहेको छ । सञ्चालक आकाश पन्तभन्नु हुन्छ  “ एक पटक हाम्रोमा आउनु भएको ग्राहक कफि पिउन फेरी पनि आउनु हुन्छ यहि नै हाम्रो सन्तुष्टि रहेको बताउनु भयो ”। स्वदेशमा पनि काम गर्ने चाह भए सम्भावनाहरु छन् भन्ने सोचका साथ उमेश खड्का, रुद्ध बहादुर रावत र मेरो ...