पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी शुरुवात
नेपालअखबार, पोखरा। पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो ।
सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा ३० तथा रिकेश गुप्ताले २३ रन जोडे । लेकसाइडका बलरहरु नविन विश्वकर्मा, आविद आलम र रवि गुरुङ्गले १÷१ विकेट लिए ।
जितका लागि २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको लेकसाइडले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । लेकसाइडका सन्देश ठकुरीले १८ तथा सन्दिप तिमिल्सीना र आविद आलमले ८÷८ रन जोडे । स...










