Saturday, July 18

खेलकुद

अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधी
खेलकुद, समाचार

अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधी

नेपालअखबार,, पोखरा । पोखरा क्रिकेट एकेडेमिको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा पोखरामा ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक विद्यालय स्तरिय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि तथा छात्रातर्फ बाराही मावि विजयी भए । पोखरा रंगशालामा छात्रतर्फ सोमबार भएको फाइलन खेलमा त्रिभुवनले जनप्रिय माविलाई ८ विकेटले पराजित गर्दै उपाधी जितेको हो । पहिला व्याटिङ गरेको जनप्रियले १०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३२ रन मात्रै बनाउन सक्यो । जनप्रियका प्रतिक सर्माले ८ रन बनाए । त्रिभुवनका बलर करण यादवले ३ र संगम सुवेदीले २ विकेट लिए । जितका लागि ३३ रनको लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभर २ विकेट गुमाएर जित हाँसिल ग¥यो । त्रिभुवनका करण यादवले २५ रन हाने । छात्रातर्फ बाराहीले सिद्ध माविलाई २ विकेटले पराजित गर्दै प्रथम ...
अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र जनप्रिय तथा छात्रातर्फ सिद्ध र बाहारी फाइनलमा
खेलकुद, समाचार

अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र जनप्रिय तथा छात्रातर्फ सिद्ध र बाहारी फाइनलमा

नेपालअखबार, पोखरा । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र जनप्रिय मावि तथा छात्रातर्फ सिद्ध मावि र बाहारी मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको सेमिफाइलन खेलमा जित हाँसिल गर्दै यि विद्यालयहरुले फाइनलमा स्थान बनाएका हुन् । पोखरा क्रिकेट एकेडेमिको आयोजना तथा युकेको मेरलिबोन क्रिकेट फाउण्डेशन र किडासाको सहयोगमा जारी प्रतियोगिता अन्तर्गत छात्रतर्फ त्रिभुवन माविले सिद्ध माविलाई १० विकेटले पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । पहिला व्याटिङ गरेको सिद्धले सम्पूणर्् विकेट गुमाएर २७ रन मात्रै बनाउन सक्यो । सिद्धका सविन परियारले १० रन जोेडे । प्रत्युत्तरमा त्रिभुवन माविले ३.१ ओभरमा कुनैपनि विकेट नगुमाई विजयी लक्ष्य पार ग¥यो । त्रिभुवनका करण यादवले १८ रन बनाए । त्रिभुवनका बलर करण या...
फाइभ नेशन्स कप बास्केटबलमा बंगलादेशमाथि नेपालको सानदार जित
खेलकुद, समाचार

फाइभ नेशन्स कप बास्केटबलमा बंगलादेशमाथि नेपालको सानदार जित

नेपालअखबार, काठमाडौं । माल्दिभ्समा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले शनिबार बंगलादेशलाई पराजित गर्दै दोस्रो जित निकालेको छ । मालेमा भएको खेलमा नेपालले बंगलादेशलाई ९०-६१ ले हरायो । सुरुमा बंगलादेशले लगातार अग्रता बनाए पनि नेपालले पुनरागमन गर्दै पहिलो क्वाटरमै २५-२० को अग्रता लियो । त्यसपछि सबै क्वाटरमा नेपालले अग्रता बनाउदै २९ अंक अन्तरले खेल जितेको हो । दोस्रो क्वाटर पनि समान अंक जोड्दा नेपालले ५०-४० को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा नेपालले १९-१२ को अग्रता बनायो भने अन्तिम क्वाटर नेपालले २१ अंक जोड्दा बंगलादेशले ९ अंक मात्र जोड्न सक्यो । नेपालको लागि मनिस केसीले सर्वाधिक १७ अंक स्कोर गर्दा विजय बुर्जा, विनोद महर्जन र निश्चल महर्जनले १३-१३ अंक स्कोर गरे । पहिलो खेलमै भुटानसँग पराजित भएको नेपालले त्यसयता लगातार दोस्रो खेल जितेको हो । यसअघि नेपालले पाकिस...
तेस्रो गण्डकीप्रदेशस्तरिय तथापहिलो कास्कीजिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० भोलिदेखि
खेलकुद, समाचार

तेस्रो गण्डकीप्रदेशस्तरिय तथापहिलो कास्कीजिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० भोलिदेखि

नेपालअखबार, पोखरा । पोखराको रंगशालामाभोलिदेखि तेस्रो प्रदेशस्तरिय तथापहिलो कास्कीजिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८०हुने भएको छ । प्रदेश खेलकुद परिषदगण्डकीको आयोजनातथागण्डकीप्रदेश आईटिएफतेक्वान्दो संघको सहआयोजनामाउक्तप्रतियोगिताहुनलागेको शुक्रबार आयोजितपत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । सोहि अवसरमागण्डकीप्रदेश स्तरिय आइटिएफ तेक्वान्दो टेक्निकलतथाप्रशिक्षक सेमिनार प्रतियोगितापनि सञ्चालनहुने छ । प्रतियोगिताको उद्धघाटनभोली १ बजे संघिय सरकारका यूवातथा खेलकुदमन्त्रीदिगबहादुर लिम्वुले गर्ने आयोजकले जनाएको छ । पोखरा रंगशालास्थितबहुउद्धेश्यियकभर्डहलमाआयोजनाहुने उक्तप्रतियोगितामा७जिल्लाका ३ सय भन्दाबढि खेलाडीहरुको सहभागिता रहने आइटिएफ तेक्वान्दो संघ गण्डकीकाअध्यक्षघमबहादुर थापाले जानकारी दिएकादिए । उनकाअनुसार प्रतियोगितमाकास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँ...
सृजनामा प्रदेश स्तरीय टेवटेनिस प्रतियोगिता सुरु, ५ जिल्लाका ९३ जना प्रतिस्पर्धी
खेलकुद, समाचार

सृजनामा प्रदेश स्तरीय टेवटेनिस प्रतियोगिता सुरु, ५ जिल्लाका ९३ जना प्रतिस्पर्धी

नेपालअखबार, पोखरा । सृजना लिडर्स क्लवको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एसइइ) स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लव सृजना मावि सृजनाचोक पोखरामा अध्यन गर्ने विद्यार्थीहरुको संस्था हो । विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा प्रदेशका ५ जिल्ला (स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी छन् । छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लवका अध्यक्ष मिलन खड्काले जानकारी दिए । छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिष्प्रर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, भने दृतीय हुनेले नगद ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तृतिय हुने दुई टिमले १५÷१५ सयका दरले पुरस्कार पाउने छन् । प्रतियोग...
अन्तर पालिका भलिबलमा अन्नपूर्ण च्याम्पियन
खेलकुद, समाचार

अन्तर पालिका भलिबलमा अन्नपूर्ण च्याम्पियन

नेपालअखबार, पोखरा ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा माछापुच्छ«े गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो । उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता माछापुच्छ«ेले ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो । महानगरको टिमले ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन र कास्की जिल्ला भलिबल संघको विशेष सहयोगमा भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका सचिन ...
प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीता २०८०ः कास्की प्रथम
खेलकुद, समाचार

प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीता २०८०ः कास्की प्रथम

नेपालअखबार, पोखरा । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीतामा कास्की प्रथम भएको छ । उपाधीका लागि फाईनल खेलमा कास्कीले तनहुँलाई १ ण्० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुबैतर्फबाट एक–एक को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको हो । प्रदेश खेलकूद परिषद, गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा तनहुँ कास्की स्याङ्जा, पर्वत, बाग्लुङ्गको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम,द्धतिय हुनेले क्रमशः२० हजार र १० हजार सहित शिल्ड,म्डल र प्रमाणपत्र प्राप्त गर्नुका सार्थ सान्तवना पुरस्कार स्वरुप सम्पुर्ण सहभागी टिमलाई ५र५ हजारका दरले पुरस्कृत गरिएको छ । कार्यक्रम प्रदेश सांसद प्रकाश बरालको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला हक्की संघका अध्य...
टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न
खेलकुद, समाचार

टेबुलटेनिसको छनोट प्रतियोगिता सम्पन्न

नेपालअखबार, पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट खेलाडिको छनोट प्रतियोगिता विहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा भएको छनोट प्रतियोगितामा पुरुष तर्फ किसन जिसी, रुपराज गुरुङ, अनुष कुँवर र दिपकराज गिरी तथा महिला तर्फ मुना थापा, तृषा गुरुङ, सक्रिया पोखरेल र अनिता मुडवरी छनोट भएका छन् । विहिबार छनोट भएका खेलाडिहरु यहि जेठ ३० र ३१ गते हुन गइरहेको गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुने कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले वताए । उक्त छनोट प्रतियोगितामा कास्की जिल्लाका २४ पुरुष र १२ महिला खेलाडीहरुको सहभागिता रहेको टेबुलटेनिसका प्राविधिक समितिका सदस्य ...
गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता हुने
खेलकुद, समाचार

गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता हुने

नेपालअखबार, पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा यहि जेठ ३० र ३१ गते हुन गइरहेको प्रदेश स्तरिय प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ पुरुष, १ महिला खेलाडी र व्यवस्थापक वा प्रशिक्षक मध्ये कुनै १ गरी जम्मा ३ जना सहभागी गराई दिन अनुरोध गर्दै सबै जिल्ला खेलकुद विकास समिति पत्राचार गरी जानकारी गराई सकिएको कास्की जिल्ला टेबुलटेनिस संघका सचिव कृष्ण रानाभाटले वताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नाम २८ गतेसम्म दर्ता हुनु पर्ने, दर्ता इमेल वा मोवाईलबाट गर्न सकिने, खेलाडीहरुलाई एकतर्फी यातायातको सुविधाको साथै प्रतियोगिता अवधि भरको लागि खाने, वस्ने व्यवस्था गरिएको अध्यक्ष उत्तम जोशीले वताए ।...
करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा
खेलकुद, विदेश, समाचार

करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा

नेपालअखबार, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् । ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो । रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् । रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् । ‘यो राम्रो लिग हो र यहाँ केही राम्रा खेलाडीहरु छन्’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो यसअघि नै त्यहाँ छन् ।’ अल-इत्तिहाडको प्रशिक्षकमा टोटनहमका पूर्वप्रशिक्षक ...