Saturday, October 31

खेलकुद

विश्व टेबलटेनिस डेको अवसरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न
खेलकुद, समाचार

विश्व टेबलटेनिस डेको अवसरमा टेबलटेनिस प्रतियोगिता सम्पन्न

नेपालअखबार, पोखरा । विश्व टेबलटेनिस डेको अवसरमा नौलो घुम्ती नेपालको आयोजनामा कास्कीमा लागु पदार्थ न्युनिकरणको लागि काम गर्ने गैरसरकारी संस्थाविच टेवलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि, नौलो घुम्ती नेपालका पुर्व अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य खड्गबहादुर रानाभाटले उद्घाटन गर्दै व्यक्तिको चौतर्फी विकासमा खेलकुदको महत्व ठुलो हुने वताएका थिए । जिल्ला टेबलटेनिस संघ कास्कीका अध्यक्ष उत्तम जोशी र रिकभरी नेपालका दिलिप गुरुङले टेवलटेनिस खेलले व्यक्तिको मानसिक तथा शारिरीक थेरापी गर्ने भएकाले नियमित रुपमा खेल्नु पर्ने वताए । प्रतियोगितामा मेन्स सिङगल तर्फ रिचमण्ड फेलोसीपका अनुश त्रिपाठी प्रथम, नौलो घुम्ती नेपालका रुपक थापा दोश्रो, हेल्पिङ हेन्सका संजित केसी र सुमन क्षेत्री तृतिय भएका थिए । त्यस्तै वुमन्स सिङगल तर्फ प्रथम, दोश्रो र तृतिय सबै नौलो घुम्ती नेपालक...
पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक
खेलकुद, समाचार, समाज

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक

नेपालअखबार,  पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ । बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धिको आधारमा मनोनयन सार्वजनिक गरिएको महासचिव राजाराम पौडेलले जनाए । जस अनुसार वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का रहेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापा मगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् । रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ...
परिचयले पोखरा स्पोर्ट्स अवार्डमा सघाउने
खेलकुद, समाचार

परिचयले पोखरा स्पोर्ट्स अवार्डमा सघाउने

नेपालअखबार,  पोखरा । परिचय एड्भर्टाइजिङ प्रालिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा सघाउने भएको छ । पोखरा न्युरोडमा रहेको परिचयले अवार्ड कार्यक्रमको लागि ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मंगलबार परिचय एड्भर्टाइजिङ प्रालिकी पब्लिक रिलेसन अफिसर जेनिता थापा र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सहयोग गर्नेबारे सम्झौता भएको हो । ‘विज्ञापन लगानी हो खर्च होइन’ भन्ने सोलोगनका साथ विज्ञापनको क्षेत्रमा बेग्लै छाप छोड्न सफल परिचय प्रिन्टिङ, डिजाइनिङ र इभेन्ट मेनेजमेन्टको क्षेत्रमा स्थापित बनिसकेको छ । यसका अलावा होटल बाराही पोखरा, पोखरा महानगरपालिका वडा नं. ३, ४, ९ र १५ तथा प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाकार सुनिल गुरुङले समेत अवार्ड कार्यक्रममा सहयोग प्रदान गर्ने मंगलबार...
अमेरिका र यूएई विश्वकपको क्वालिफायरमा छनोट
खेलकुद, समाचार

अमेरिका र यूएई विश्वकपको क्वालिफायरमा छनोट

नेपालअखबार,नामिबिया । प्लेअफ खेलमा जर्सीलाई २५ रनले हराउँदै अमेरिका विश्वकपको क्वालिफायरका लागि छनोट भएको छ । २३१ रनको लक्ष्य जोगाउने क्रममा अली खानले ३२ रन खर्चँदै ७ विकेट लिएपछि जर्सी ४७।४ ओभरमा २ सय ६ रनमा सीमित भयो । कुनै पनि एसोसिएट राष्ट्रका खेलाडीको एकदिवसीय खेलमा यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन रहेको थियो । यसअघि एसोसिएट राष्ट्र रहँदा अफगानिस्तानका रासिद खानले वेस्ट इन्डिजविरुद्ध १८ रन खर्चेर ७ विकेट लिएका थिए । सबै एकदिवसीय खेलमा यो बलिङ प्रदर्शन सातौँ स्थानमा रहेको छ । त्यस्तै, यूएईले पनि अन्य टोलीसँगको हेड टू हेड रेकर्डका आधारमा अघि रहँदै विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरेको छ । आईसीसीका अनुसार यूएई अब जर्सीसँग पराजित हुँदा नामिबिया र क्यानाडाले अंक बराबरी गरे पनि यूएई हेड टू हेड टाइब्रेकरमा दुई टोलीभन्दा अघि रहनेछ ।...
राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा
खेलकुद, प्रशासन, समाचार

राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा

नेपालअखबार, काठमाडाैं । युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्। विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सम्माननीय प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। pic.twitter.com/YuvujMmc8D खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभय...
आज विश्वकप खेल्ने यू–१९ टोली स्वदेश फर्कँदै
खेलकुद, समाचार

आज विश्वकप खेल्ने यू–१९ टोली स्वदेश फर्कँदै

नेपालअखबार, काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पिनय बनेको नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै छ । एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो । विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ ६ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ । नेपालले बिहीबार भएको अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको थियो ।...
अखिल कप -२०७९  फुटबल प्रतियोगिता  सम्पन्न
खेलकुद, समाचार, हाइलाइट-समाचार

अखिल कप -२०७९ फुटबल प्रतियोगिता सम्पन्न

नेपालअखबार, पाेखरा । अनेरास्ववियू जिल्ला कमिटि कास्की द्वारा आयोजित पुरुष फुटबल प्रतियोगिता अखिल कप -२०७९ सम्पन्न भएको छ। फाल्गुन ३ गते बाट उद्घाटन भइ सुरु भएको कार्यक्रम १२ गते पुरस्कार बितरण सहित समापन भएको छ। ३५ टिम बिच प्रतिस्पर्धा भएको खेलमा प्रशान्त फुटबल टिमले प्रथम स्थान हासिल गरेर अखिल कपको उपाधी उचालेको छ। त्यस्तै गरि टिम ओसिएनले दृत्तिय स्थान ,टिम मनिषले तृतीय स्थान र ए.के एफ सीले सर्बोत्कृष्ट टिमको उपाधी हाँसिल गरेको छ। कार्यक्रममा प्रथम स्थान हाँसिल गर्ने टिमले रु ५०,००० ,दित्तिय हुनेले रु ३०,००० र तृतीय हुनेले र.२०,००० ट्रफि ,मेडल, प्रमाण पत्र प्राप्त गरेका छन। अखिल कपको सर्बोत्कृष्ट खेलाडीको उपाधी जीवन तामाङ ,उत्कृष्ट गोलरक्षक मुमिन तामाङ र सर्बाधिक गोलकर्ताको उपाधी क्षितिज कार्कीले हाँसिल गरेका छन। फाइनल गेम सहित समापन कार्यक्रम नेकपा एसका नेता, पुर्व मन्त्री तथा मानन...
कास्की मोडनाइज एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि
खेलकुद, समाचार

कास्की मोडनाइज एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि

नेपालअखबार, पोखरा । कास्की मोडनाइज एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कास्की मोडनाइज एकेडेमीले जुनियर सिटिजन एकेडेमी ९जेसिए० लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल भयो । हिसान कास्की छनौट प्रतियोगतामा जेसिए सगँ हारको बदला लिदै कास्की मोडनाइज एकेडेमीले उपाधि सगँ नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसीले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । निर्धारीत समयमा २÷२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । निधारीत समयमा कास्की मोडनाइजका लागि प्रनिल रायमाझीले दुई गोल गरे । जेसिएका लागि निशान गुरुङ र लोहार पुनले एक÷एक गोल गरे । खेलको अन्तिम मिनेटमा कास्की मोडनाइजका चार खेलाडीमा सिमित भयो । विजय गिरीले रातो कार्ड खादै बाहिरीए पछि चार खेलाडीमा सिमित भएको हो । मंगलबारको खेलमा फ्युचर ब्राइटर...
अनेरास्ववियूको आयोजनामा अखिल कप सुरु
खेलकुद, समाचार

अनेरास्ववियूको आयोजनामा अखिल कप सुरु

नेपालअखबार, पोखरा । अनेरास्ववियू कास्की जिल्ला कमिटीले आयोजना गरेको फुटबल प्रतियोगिता अखिल कप  २०७९ को उद्दघाटन अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले गर्नुभएको छ । अखिल रचनात्मक र सिर्जनात्मक आन्दोलनको पर्याय पनि भएको र यसले शैक्षिक विकृति विसंगतिका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको र यो जिम्मेवारी अब नयाँ बिद्यार्थीहरुले लिनुपर्ने अध्यक्ष पराजुलीले बताउनुभयो । त्यस्तै अध्यक्ष पराजुलीले मंगलवार एमाले निकट अनेरास्ववियुको उद्द्घाट्नमा एमाले अध्यक्ष केपि ओलिले भनेको भनाइप्रती कटाक्ष गर्दै भन्नुभयो“तिनले हानेका छक्का यो अनेरास्ववियूले क्याच आउट गर्छ ।” उहाँले  स्ववियु निर्वाचनमा पृथ्वीनारायण क्याम्पसमा पनि बिजय को झन्डा फहराउने उद्दघोष गर्नुभयो । फुटबल प्रतियोगीतामा प्रथम ,दृतिय ,तृतीय हुनेले क्रमशः पचास हजार, तीस हजार र बीस हजार प्राप्त गर्नेछन् । अनेरास्ववियू कास्की जिल्ला...
बिटी कपः क्वाटरफाइनलको समिकरण पूरा
खेलकुद, समाचार

बिटी कपः क्वाटरफाइनलको समिकरण पूरा

नेपालअखबार, पोखरा।  पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइलनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा लामागाउँ एफसीले लेकसाइड एफसीलाई ४–१ गोल अन्तरले पराजित ग¥यो । लामागाउँको जितमा अनुज भण्डारीले ह्याट्रिक गर्दा सरोज तामाङले १ गोल र लेकनाथ एफसीका विवेक सन्तोषीले सान्त्वना गोल फर्काए । यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा एलजी एसोसियशनले विष्णुपादुका क्लबलाई १–० गोल अन्तरले पराजित ग¥यो । एलजीको जितमा आनन्द दुराले निर्णायक गोल गरे । तेस्रो खेलमा आयोजक बिटी ह्वाइट र सत्य युवा क्लबबीच भएको खेल निर्धारित समयमा २–२ गोलमा बराबरी भएपछि ट्राइबेकरमा आयोजक बिटी ह्वाइटले ६–५ गोल अन्तरले जित निकाल्यो । चौथो तथा अन्तिम खेलमा गन्नी एफसीले वी आर...