Monday, May 11

अखिल कप -२०७९ फुटबल प्रतियोगिता सम्पन्न

नेपालअखबार, पाेखरा । अनेरास्ववियू जिल्ला कमिटि कास्की द्वारा आयोजित पुरुष फुटबल प्रतियोगिता अखिल कप -२०७९ सम्पन्न भएको छ। फाल्गुन ३ गते बाट उद्घाटन भइ सुरु भएको कार्यक्रम १२ गते पुरस्कार बितरण सहित समापन भएको छ। ३५ टिम बिच प्रतिस्पर्धा भएको खेलमा प्रशान्त फुटबल टिमले प्रथम स्थान हासिल गरेर अखिल कपको उपाधी उचालेको छ।

त्यस्तै गरि टिम ओसिएनले दृत्तिय स्थान ,टिम मनिषले तृतीय स्थान र ए.के एफ सीले सर्बोत्कृष्ट टिमको उपाधी हाँसिल गरेको छ। कार्यक्रममा प्रथम स्थान हाँसिल गर्ने टिमले रु ५०,००० ,दित्तिय हुनेले रु ३०,००० र तृतीय हुनेले र.२०,००० ट्रफि ,मेडल, प्रमाण पत्र प्राप्त गरेका छन।

Advertisement

अखिल कपको सर्बोत्कृष्ट खेलाडीको उपाधी जीवन तामाङ ,उत्कृष्ट गोलरक्षक मुमिन तामाङ र सर्बाधिक गोलकर्ताको उपाधी क्षितिज कार्कीले हाँसिल गरेका छन। फाइनल गेम सहित समापन कार्यक्रम नेकपा एसका नेता, पुर्व मन्त्री तथा माननीय सांम्सद राजिब गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो।

कार्यक्रममा विशेष अतिथिको रुपमा अनेरास्ववियू उपमहासचिव राजन शर्मा पराजुली रहनु भएको थियो।कार्यक्रममा विशेष अतिथी राजन शर्मा पराजुलीले सम्बोधन गर्दै सरकारी क्याम्पसमा भएको दुइखाले शिक्षा अन्त्य गर्नु अनेरास्ववियूको प्रमुख एजेन्डा रहेको । भवन उहीँ , शिक्षक उहीँ , शैक्षिक साम्रागी उस्तै , मुल क्याम्पस प्रशासन उहीँ तर पनि लाखौ रुपिया तिरेर पढ्नुपर्ने ब्यबस्था अन्त्य गर्न चैत्र ५ मा स्ववियुको नेतृत्वमा अनेरास्ववियूलाई जिताउन आबश्यक रहेको बताउनु भयो अखिल कप -२०७९को उद्धघाटन कार्यक्रम अनेरास्ववियू केन्द्रिय अध्यक्ष सुदेश पराजुलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियू कास्कीका अध्यक्ष सुरज अधिकारी “बज्र” र कार्यक्रमको सन्चालन बिद्यार्थी नेता सन्तोष पौडेलले गर्नु भएको थियो र अखिल कप -२०७९ कार्यक्रमको संयोजक अनेरास्ववियू स्थायी कमिटि सदस्य बिकास रेग्मी रहनु भएको थियो।