सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न
नेपालअखबार, पाेखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रम अन्तरगत यो विधामा केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै आर्चरीकी रोजीना थापा मगर, र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर परेका थिए ।
अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सवोत्कृष्ट ठहरिए । यो विधामा भण्डारीसँगै भलिवलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक ...










