Saturday, October 31

खेलकुद

शीर्ष ४ मा पकड बनाउँदै म्यानचेष्टर युनाइटेड
खेलकुद, समाचार

शीर्ष ४ मा पकड बनाउँदै म्यानचेष्टर युनाइटेड

नेपालअखबार, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति वल्भ्सलाई २-० ले पराजित गरेको छ । यस जितपछि युनाइटेडले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । लगातार दुई हारपछि युनाइटेडले जित हात पारेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्टोनी मार्सियलले ३२औं र अलेजान्द्र गार्नाचोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे । तेस्रो स्थानको न्युकासल युनाइटेड लिड्ससँग २-२ को बराबरीमा रोकिँदा पनि युनाइटेडलाई फाइदा पुगेको छ । ३५ खेलपछि न्युकासल र म्यानचेष्टर युनाइटेडको समान ६६ अंक छ । गोलअन्तरमा न्युकासल तेस्रो र म्यानचेष्टर युनाइटेड चौथो स्थनानमा छ । लिभरपुल ६२ अंकसहित पाँचौ स्थानमा छ । शीर्ष चारको होडमा रहेका टोटनहम र एस्टन भिल्ला भने बाहिरिसकेका छन् । हाल आठौं स्थानमा रहेको ब्राइटनको पनि शीर्ष चारको सम्भावना बाँकी नै छ । ३३ खेलबाट ५५ अंक ...
एन्फा कार्यसमितिमा पंकजको पकड फर्कियो
खेलकुद, समाचार

एन्फा कार्यसमितिमा पंकजको पकड फर्कियो

नेपालअखबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय कार्यसमितिको आपतकालीन बैठकले लिग कमिटी संयोजकमा उपाध्यक्ष विराटजंग शाहीलाई नियुक्त गरेको छ । अर्का उपाध्यक्ष दीपक खतिवडाले आपतकालीन समितिको सदस्यको जिम्मेवारी पाएका छन् । एन्फा मुख्यालयमा सोमबार दिउँसो करिब ३ घण्टा जारी बैठकले केही समययता असन्तुष्ट देखिएका पदाधिकारी र सदस्यमध्येबाट केहीलाई सहमतिमा फर्काएको छ । यसले एन्फाको कार्यसमितिमा अध्यक्ष पंकज नेम्वाङको पकड पुनः दरिलो भएको छ । लिग कमिटीको नेतृत्व यसअघि अध्यक्ष नेम्वाङले नै गर्दै आएका थिए । आपतकालीन समतिका सदस्य विकासनारायण श्रेष्ठले राजीनामा दिएपछि सो पदमा खतिवडालाई जिम्मा दिइएको हो । उपाध्यक्ष खतिवडाले मिसन फिफा वुमन्स विश्वकप २०२७-३१ समितिको संयोजकको जिम्मेवारीसमेत पाएका छन् । यो समितिमा महिला सदस्यद्वय सरिला श्रेष्ठ र पेमा डोल्मा सदस्य छन् । १७ फागुनमा उपाध्यक्...
सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न
खेलकुद, समाचार

सातौं पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न

नेपालअखबार, पाेखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरामा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेलाडी पुरुष तर्फको पुरस्कार क्रिकेटका करण केसी र वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको पुरस्कार फुटबलकी सावित्रा भण्डारीले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रम अन्तरगत यो विधामा केसी सँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका थिए् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी महिला तर्फ भण्डारीसँगै आर्चरीकी रोजीना थापा मगर, र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर परेका थिए । अवार्ड अन्र्तगत उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सवोत्कृष्ट ठहरिए । यो विधामा भण्डारीसँगै भलिवलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक ...
पोखरा स्पोर्ट्स अवार्ड शनिबार
खेलकुद, समाचार

पोखरा स्पोर्ट्स अवार्ड शनिबार

नेपालअखबार, पाेखरा। सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थन डट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् । यस अगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए । शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रम कार्यक्रममा वर्ष उत्...
एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय
खेलकुद, प्रशासन, समाचार

एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय

नेपालअखबार, काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले एसीसी प्रिमियर कपकाे उपाधि जितेको थियो ।...
एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक
खेलकुद, समाचार

एसीसी प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक

नेपालअखबार, काठमाडौं । एसीसी प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई) का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो । त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल– युएईबिचको फाइनल म्याच सुरु हुनेछ ।
राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक
खेलकुद, समाचार

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक

नेपालअखबार, बुटवल । १३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिमा लुम्बिनी प्रदेशले ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै विजेता बनेको थियो । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंमा आयोजना गरेको तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए । बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्य पदकसहित दोस्रो तथा ७ स्वर्ण, ५ रजत र ११ कांस्य पदक जित्दै कोशी प्रदेश तेस्रो भएका छन् । सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्...
कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी
खेलकुद, समाचार

कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफीमा कास्की ‘बी’को बिजयी यात्रा जारी

सन्देश श्रेष्ठ, पोखरा । कास्की जिल्ला वुमन्स टि–ट्वान्टी क्रिकेट च्यालेन्जर ट्रफी प्रतियोगितामा कास्की ‘बी’ले बिजयी यात्रा जारी राखेको छ । कास्की जिल्ला क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा शुरु भएको प्रतियोगिताको दोश्रो खेलमापनि कास्की ‘बी’ बिजयी भएको हो । आईतबार भएको दोश्रो खेलमा कास्की ‘बी’ले कास्की ‘ए’लाई ७० रनले हराएको छ । टस जितेर ब्याटिङ रोजेको कास्की ‘बी’ले पूरै ओभर खेल्दै १२९ रन बनाएको थियो । १३० रनको लक्ष्य पछ्याएको कास्की ‘ए’ पूरै ओभर खेल्दै ५९ रनमा सिमित भएपछि कास्की ‘बी’ बिजयी भएको कास्की जिल्ला क्रिकेट संघका सचिव बिरेन पुनले जानकारी दिए । आईतबारको खेलमा कास्की ‘बी’ की कप्तान श्रृष्टी जैसीले नटआउट ५१ रनको योगदान गरेकी थिईन् भने बलिङतर्फपनि १ विकेट लिईन् । आईतबारको खेलमापनि अलराउण्ड प्रदर्शन गरेकी श्रृष्टी जैसी वुमन अफ दी म्याच घोषित भएको सचिव पुनले ब...
लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई
खेलकुद, समाचार

लाइफ टाइम अचिभमेन्ट अवार्ड विद्याप्रसाद मर्सानीलाई

नेपालअखबार, पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो । यस अगाडि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईले यो विधा अन्तरगतको पुरस्कार पाएको मञ्चका महासचिव राजाराम पौडेलले खुलाए । यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र...
राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन गण्डकीको टोली प्रस्थान
खेलकुद, समाचार

राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन गण्डकीको टोली प्रस्थान

नेपालअखबार, पोखरा  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सहभागिता जनाउन गण्डकी प्रदेशको टोली आज (बिहिबार) काठमाण्डौ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि टोलीलाई संघिय सांसद मान बहादुर गुरुङले एक कार्यक्रमका विच विदाई गरेका छन् । बैशाख १५ र १६ गते सञ्चालन हुने प्रतियोगितमा विभिन्न ६ खेलका ९४ जना खेलाडीहरुले सहभागिता जनाउँने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । बिदाई कार्यक्रममा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको टोली नेताको रुपमा सदस्य सचिव घनश्याम पौडेलले नेतृत्व गरेका छन् । कार्यालय प्रमुख तोपलाल भुसाल सहित ९ जना प्रशिक्षक र ६ जना टिम म्यानेजर स...