Saturday, November 15

खेलकुद

खेलपत्रकारका लागि क्षमता अभिवृद्धि तालिम
खेलकुद, समाचार

खेलपत्रकारका लागि क्षमता अभिवृद्धि तालिम

नेपालअखबार, पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची राखेका क्रियाशिल पत्रकारहरुलाई भलिवल, एथ्लेटिक्स र क्रिकेट सम्वन्धि प्रशिक्षण गराइएको हो । खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा टेक्निकल नियमका बारेमा बुझ्न आवश्यक रहेको सहभागिको भनाई थियो । तालिममा भलिबल सम्वन्धि राजन पौडेल, आइटिओ एथ्लेटिक्स सम्वन्धि सिद्धान्त अधिकारी र क्रिकेट सम्वन्धि रिजन प्रजुले प्रशिक्षण दिए । यसअघि भएको उत्घाटन सत्रको अध्यक्षता गरेका मञ्चका...
हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२ हुने
खेलकुद, समाचार

हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२ हुने

नेपालअखबार, हेमजा । “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको  “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार  ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल...
वर्ल्डलिंकले एकैपटक गर्‍यो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर नियुक्त
खेलकुद, समाचार

वर्ल्डलिंकले एकैपटक गर्‍यो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर नियुक्त

नेपालअखबार,काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनीले १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा उनीहरुलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । नयाँ ब्राण्ड एम्बेसडर बनेका खेलाडीहरूले वल्र्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक भव्य समारोहबीच सम्झौता कार्यक्रम सम्पन्न भएको हो । सम्झौतामा वल्र्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्...
ल्वाङगाउँ भलिबलः उपाधिका लागि युके लण्डन र घाचोक भिड्ने
खेलकुद, समाचार

ल्वाङगाउँ भलिबलः उपाधिका लागि युके लण्डन र घाचोक भिड्ने

नेपालअखबार,पोखरा। ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन र टि गार्डेनबीच आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा टि गार्डेनलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटले  पराजित गर्दै युके लण्डन फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा घाचोकले स्याङ्जालाई ११–२५, २५–१८, २५–२१ र २३–२५ को सेटमा पराजित गर्दै फाइनलमा युके लण्डनसँगको भेट पक्का गर्याे । उक्त फाइनल खेल शनिबार हुने खेल संयोजक अनोद गुरुङले जानकारी दिए । उनका अनुसार तृतीय स्थानका लागि भने टि गार्डेन र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ यसअघि नै हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेका छन्  । उक...
ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश
खेलकुद, समाचार

ल्वाङगाउँमा भलिबल जारी, युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश

नेपालअखबार,पोखरा ।  ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबल अन्तर्गत क्वाटरफाइनलका ३ खेल सकिएका छन् । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन, टि गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका हुन् । युके लण्डनले घाचोक टिम ‘बि’लाई २–० को सोझो सेटमा पाखा लगाउदै युके लण्डन सेमिफाइनलमा प्रवेश गर्याे । टि गार्डेनले सिदिङलाई पनि २–० कै सेटमा हराउँदै टि गार्डेन अन्तिम चारमा प्रवेश गर्याे । अब सेमिफाइनलमा टि गार्डेनले युके लण्डनको सामना गर्नेछ । यस्तै अर्काे क्वाटरफाइनल खेलमा पञ्चासेलाई घाचोकले २–१ को सेटमा पराजित गर्दै घाचोक पनि सेमिफाइनलमा प्रवेश गर्याे । भिचोक र पुलामुखबीचको अन्तिम क्वाटरफाइनलको खेल शुक्रबार हुनेछ । उक्त खेलको विजेता टोलीले सेमिफाइनलमा घाचोकसँग प्रतिस्पर्धा गर्ने खेल संयोजक अनो...
फागुन १६ बाट सुरु हुने तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा
खेलकुद, समाचार

फागुन १६ बाट सुरु हुने तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

नेपालअखबार,पोखरा । विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए । युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि तेश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक बिज्ञान कोईरालाले वताए । प्रतियोगिताको विजेताले रु १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५र५ हजार प्राप्त ग...
राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक
खेलकुद, राजनीति, समाचार

राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक

नेपालअखबार,पोखरा ।  पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे । उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकारी दिए । उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे  । यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित गर्यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे । भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए । युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड प्रतियोगिताको उद्घाटन गर्द...
पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी
खेलकुद, समाचार

पहल र अम्फा टाइगर कप भलिबलका सर्वाेत्कृष्ट खेलाडी

नेपालअखबार,पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने । महिलातर्फ उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, सर्भर एपिएफकै निरुता ठगुन्ना, सेटर टाइगर ग्रुपका अरुणा शाही, ब्लकर टाइगर ग्रुपकै नान्तिकान टुनिपो, लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ...
एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि
खेलकुद, समाचार

एपिएफलाई हराउँदै आयोजक टोलीले जित्यो टाइगर कपको उपाधि

नेपालअखबार,पोखरा । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक महिलातर्फको उपाधि जितेको हो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो । पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । फाइनलमा पराजित ...
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा सेमिफाइनल समिकरण पूरा
खेलकुद, समाचार

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलमा सेमिफाइनल समिकरण पूरा

नेपालअखबार,पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ सेमिफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा गार्डेन एफसी, झम्सीखेल, जोरपाटी काठमाडौं र ब्रदरहुड काठमाडौं अन्तिम चारमा प्रवेश गर्दै सेमिफाइनल समिकरण पुरा भएको हो । गार्डेन एफसी र झम्सीखेल बिहीबार नै सेमिफाइनलमा प्रवेश गरेका थिए भने, जोरपाटी र ब्रदरहुड आज भएको क्वाटरफाइनलखेलबाट विजयी बन्दै अन्तिम चारमा स्थान बनाएको क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए । उनका अनुसार जोरपाटी काठमाडौंले ताकामी काठमाडौंलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । जोरपाटीको जीतमा विकास राई र विकास श्रेष्ठले समान १÷१ गोल गरे । उक्त खेलबाट रञ्जित लामा म्यान अफ द...