पशुपतिमा आर्यघाट गङ्गामाई रथयात्रा
नेपाल अखबार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ । विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । त्यसैबेलादेखि प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीको एक दिन पशुपति क्षेत्रमा रथयात्रा गर्ने गरिएको हो ।
यसवर्ष धेरै जना जम्मा भएर रथयात्रा गर्न कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा भएकाले विधि भने पूरा गरिँदैछ । यसका लािग आज बिहान मूल भट्टको आदेश लिएर मूर्ति बाहिर निकालिएको छ । अहिले पूजा आजाको विधि भइरहेको छ । बेलुकी गङ्गामाईका पुजारी दिनेश पौडेलले रथमार्गमा हातमै बोकी रथ घुमाउने कार्यक्रम रहेको पनि उनले बताए ।
वि...
