सोनाम लोसार मनाइयो
गोरखा । तामाङ समुदायले सोनाम लोसार नयाँ वर्ष पर्व रुपमा धुमधामले मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार २८५६ औँ वर्ष शुरु भएको अवसरमा शुभकामना आदानप्रदान गरी पर्व मनाइएको हो ।
शनिवारदेखि सुँगुर वर्ष समाप्त भई मुसा वर्ष वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
तामाङ लोसारको अबसरमा नेपाल तामाङ घेदुङ नगर कार्यसमिति गोरखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नगर अध्यक्ष सूर्यबहादुर तमाङ अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका सचिव प्रेमध्वज थापामगर, गोरखा ब्रिटिस वल्डफयेर कार्यालयका प्रमुख श्रीप्रसाद तामाङ, तमाङ घेदुङका पूर्व सचिव श्याम तामाङ, महिला घेदुङकी पूर्व अध्यक्ष स...
