Friday, March 13

पत्रपत्रिका

कोभिड संक्रमण र सामाजिक आतंक
Uncategorized, पत्रपत्रिका, विचार, विश्व, समाज, स्वास्थ्य

कोभिड संक्रमण र सामाजिक आतंक

मानव सभ्यताको २१औँ शताब्दीसम्म आइपुग्दासम्म धेरै बैज्ञानिक चमत्कारहरु भए, मानव सभ्यता सँगसँगै धेरै खोजहरुको विकास भयो, जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हामीले जिउने जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापन सँग जोडिएको हाम्रो जीवन अहिले खोजमुलक, सभ्यतामुलक, सुविधायुक्त जीवनशैली र भविष्य सँग जोडिएर जिउने क्रमको विकास अगाडी बढेको पाइन्छ । जतिजति विकासकोक्रम अगाडी बढ्छ त्यस सँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं, बेला बखतमा प्राकृतिक प्रकोप लगायत विश्व भरमा नै देखापर्ने महामारीले हाम्रो जीवनशैलीलाई प्रभावित बनाएको छ, अहिले फेरी कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण समग्र विश्व नै स्तव्ध र तनावको स्थितीमा छ, विश्वभर पेण्डेमिक रुपमा फैलिएको यसको संक्रमणले बिस्तारै सदियौदेखि मिलेर बसेका हामीलाई मानिस देखि मानिस नै डराउनु पर्ने, एक ठाउँमा थुनिएर बस्नु पर्ने,...
काठमाडौंमा प्रत्येक घण्टा १० जनालाई संक्रमण
पत्रपत्रिका, समाचार

काठमाडौंमा प्रत्येक घण्टा १० जनालाई संक्रमण

नेपाल अखबार, काठमाडौं।  नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ । संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।...
काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित,जोखिम कायमै
पत्रपत्रिका, समाज, स्वास्थ्य

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित,जोखिम कायमै

नेपाल अखबार, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । घटेन जोखिम निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ । भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन...