Wednesday, April 22

प्रदेश ४

गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने
खेलकुद, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि अब प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकामा प्रदेशसभाले सोे विधेयक बुधबार पास गरेपछि प्रदेशमा परिषद् गठनको बाटो खुलेको हो । सभाले पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ । प्रदेशमा खेलकूदको विकास, विस्तार, प्रवद्र्धन तथा अध्ययन, अनुसन्धान गरी खेलकूद गतिविधि सञ्चालनका लागि प्रदेश खेलकूद परिषद् स्थापना गरिने सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताउनुभयो । खेलकूदको माध्यमबाट मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्दै स्वस्थ, सक्षम र अनुशासित खेलाडी तथा सिर्जनशील नागरिक तयार गर्ने र खेलाडीको व्यावसायिक सुरक्षा गर्न...
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङका र तनहुँ गरि दुई जिल्ला संक्रमित थपिएका छन् । बागलुङ काठेखोला वडा नम्बर ३ का १ पुरुष , ७ का २ पुरुष र ५ का १ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै तनहुँ शुक्लागण्डकी वडा नम्बर ८ का २ पुरुष , वडा नम्बर ४ का १ पुरुष , वडा नम्बर ५ कि ५७ वर्षिय महिला रहेका छन् । तनहुँको एक संक्रमितको वडा खुलाइएको छैन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएका हुनर । संक्रमित सबैलाई आईसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।...
प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन
प्रदेश ४, प्रशासन, समाचार

प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षकघनश्याम अर्यालले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताक हितलाई मध्येनजर गर्दै तत्कालै जनताले अनुभुती गर्ने गरी उच्च आचरणयुक्त र प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन दिएकाछन् । आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण साथै ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग आयोजित भिडियो कन्फरेन्स कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । तालुक गृह-मन्त्रालयका सचिवज्यू साथै संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशन सम्बोधनहरुलाई मातहतका प्रहरी कर्मचारीहरु समक्ष पुर्‍याई प्रभावकारी कार्यान्वयन गर्ने साथै प्र...
पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशु सहित थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा २० घण्टाको नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नवजात शिशु पोखरा ४ का हुन् । शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसियुमा भर्ना गरिएको छ । त्यस्तै अन्य संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर २ तथा २० का ६५ वर्षीय १/१ जना पुरुष रहेका छन् । संक्रमित सोही अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।...
अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन पारदर्शी रुपमा गर्न निर्देशन
प्रदेश ४, समाचार

अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन पारदर्शी रुपमा गर्न निर्देशन

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजेट कार्यान्वयन समयमै र पारदर्शी रुपमा गर्न निर्देशन दिएको छ । आफ्नो कार्य क्षेत्रभित्र पर्ने ४ वटा मन्त्रालयका सचिवसंग पोखरा नदीपुरस्थित आफ्नै सभाहलमा छलफल गर्दै समितिले चालु आर्थिक वर्ष २०७७/७८को बजेट कार्यान्वयन समयमै गर्न निर्देशन दिएको छ । समितिका सभापति दीपक कोइरालाले बजेट कार्यान्वयनको ठिक समयमा हुन नसकेको गुनासो सधैं आउने गरेको भन्दै अहिलेदेखिनै बजेट कार्यान्वयनमा ध्यान दिन सचिवहरुलाई निर्देशन दिएका छन् । सभापति कोइरालाले कहिले कर्मचारी अभाव त कहिले कोभिड भनेर बजेट पूर्ण कार्यान्वयनमा नआएको भन्दै अहिले देखिनै बजेट कार्यान्वयन हुने गरि काम गर्न निर्देशन दिएका छन् । समितिका सदस्य इन्द्रलाल सापकोटाले प्रदेशका योजनामा कोर्डिनेसनको अभाव देखिएको बताए । उनले योजनाको अनुगमन नहुँदा ठीक समयमा काम हुन नसकेको जनाए । समितिका अर्का सदस...
गण्डकी प्रदेशमाथपिए १८ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमाथपिए १८ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेज चितवन र क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप १८ जना कोरोना संक्रमित पुष्टि भएको हो । नवलपुरको गैडाकोट नगरपालिका वडा नं २ मा ३८ र २५ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा नं ८ मा ४२ र २८ वर्षीय पुरुष, नवलपुरकै कावासोती नगरपालिका–३ मा १० र वडा नं १६ मा ३६ वर्षीय पुरुष र नवलपुरको देबचुली नगरपालिका १७ मा ५२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै गोरखाको शहिद लखनथापा गाउँपालिका–१ म ५२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ जिल्लाको राईनास नगरपालिका–४ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पष्टि भएको छ । त्यस्तै तनहुँको व्यास नगरपालिका–१३ मा ६० वर्षीया महिला, व्यास ७ मा २७ वर्षीय पुरुष, वडा नं १ मा ४१ र २४ वर्षीय पुरुष, वडा नं ३ मा ३२ वर्षीय पुरुष, वडा नं ३ मा ३२ र ४५ वर्षीया मह...
गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमणबाट मुक्त
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमणबाट मुक्त

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा रहनुभएका अर्यालको आइतबार पुनः स्वाब परीक्षण गरिएकोमा सोमबार नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिनुभयो । प्रमुख प्रहरी अर्यालमा गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।...
मुख्यमन्त्री गुरुङले विश्व पर्यटन दिवसकाे उपलक्ष्यमा सन्देश सिहत शुभकामना व्यक्त
प्रदेश ४, समाचार

मुख्यमन्त्री गुरुङले विश्व पर्यटन दिवसकाे उपलक्ष्यमा सन्देश सिहत शुभकामना व्यक्त

नेपाल अखबार, पाेखरा। आज विश्व पर्यटन दिवस    २०७७  को अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यस दिनको सदुपयोग गर्न आग्रह गरेका छन् ।  मुख्यमन्त्री गुरुङले  सन्देश आदरणीय गण्डकीबासी दिदीबहिनी तथा दाजुभाइहरु ! आज अंग्रेजी महिना सेप्टेम्बरको २७ तारिख अर्थात विश्व पर्यटन दिवस । यस अवसरमा तमाम पर्यटनकर्मी र पर्यटन क्षेत्रमा आवद्ध सबै श्रमजीवीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघ र विश्वका सबै देशले टुरिजम एन्ड रुरल डेभलपमेन्ट अर्थात पर्यटन र ग्रामीण विकास भन्ने नाराका साथ विविध कार्यक्रम गरी पर्यटन दिवस मनाउँदै छन् । विगत वर्षमा हामीहरुले पनि हाम्रो प्रदेशमा भ्रमण गर्न आउनु हुने स्वदेशी तथा विदेशी पर्यटकलाई विविध कार्यक्रमको आयोजना गरी आतिथ्यता प्रदान गर्दै आएका थियौं । हामीले पहिले झैं यस वर्ष विश्व पर्यटन दिवस मनाउन सकेका छैनौं । पर्यटकलाई फूलको गुच्छ...
गण्डकीमा ४ जनामा रेम्डिसिभिर प्रयोग, २० जनालाई पुग्ने स्टक
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा ४ जनामा रेम्डिसिभिर प्रयोग, २० जनालाई पुग्ने स्टक

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ । विशेषगरी कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् । एरेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य अस्पतालहरुमा मात्र उपलब्ध छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा गम्भीर प्रकारका संक्रमितको उपचार हुँदै आएको छ । प्रतिष्ठानलाई स्वास्थ्य विभागमार्फत सरकारले १ सय वटा उपलब्ध गराएको छ भने प्रतिष्ठान आफैंले ३० वटा खरिद गरेको छ । ‘बंगलादेशबाट आएको रेम्डिसिभिर स्वास्थ्य विभागमार्फत १ सय वटा प्रतिष्ठानमा आएको हो । प्रतिष्ठानले ३० आफैं खरिद गरेको थियो,’ कोभिड अस्पतालका फोकल पर्सन डा. वुद्धिसागर लामिछानेले भने, ‘प्रतिष्ठा...
मुख्यमन्त्री गुरुङद्वारा  स्याङ्जामा बाढीपहिरोल  पुर्याएको क्षतिको बारेमा  दुःख व्यक्त
प्रदेश ४, समाचार

मुख्यमन्त्री गुरुङद्वारा स्याङ्जामा बाढीपहिरोल पुर्याएको क्षतिको बारेमा दुःख व्यक्त

नेपाल अखबार, पाेखरा।  स्याङ्जा, बागलुङ लगायत जिल्लामा बाढीपहिरोले  पुर्याएको मानवीय तथा भौतिक क्षतिको बारेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुःख व्यक्त गर्नुभएको छ । लगातारको वर्षासँगै आएको बाढीपहिरोले बागलुङ तथा स्याङ्जाका विभिन्न ठाँउमा पुर्याएको मानवीय तथा भौतिक क्षतिको घटनाले आफूलाई स्तब्ध बनाएको मुख्यमन्त्री गुरुङद्वारा जारी शोक वक्तब्यमा जनाइएको छ । यस दुःखद् घटनामा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार एवं आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस संकटको घडीमा खोजी, उद्धार र उपचार कार्यमा जुट्ने सवैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछुमुख्यमन्त्री गुरुङले शोक वक्तब्यमा भनिएको छ । बाढी पहिरोमा परी बेपत्ता हुनेहरुको शीघ्र खोजी तथा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्धार, र...