Thursday, May 21

प्रदेश

आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ
प्रदेश २, समाचार

आँपको प्रलोभन देखाइ बालिकाको बलात्कारपछि हत्या, भारतीय नागरिक पक्राउ

नेपाल अखबार,जनकपुर । जनकपुरधाम उपमहानगरपालिमा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंह रहेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको हो । गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमति नदी छेउमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । प्रहरी अनुसन्धानबाट चौधरी र मिश्र इन्डस्ट्रिजमा चार–पाँच महिन अघि काम गर्न आएका सिंहले इन्डस्ट्रिजमा आँप टिप्न आउँदा कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाइ बगैँचाको एकान्त कुनामा लगेर बलात्कारपछि हत्या गरेको खुल्न आएको छ । हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाइ भोलिपल्ट बिहान आफूले प्रय...
सुदूरपश्चिम प्रदेशमा  ६९ जनामा कोरोना संक्रमण
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा ६९ जनामा कोरोना संक्रमण

नेपाल अखबार, कैलाली । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १७, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ३ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ४९ जनामा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएका मध्ये कैलालीका २० पुरुष र १० महिला, कञ्चनपुरका २० पुरुष र ८ महिला,   बैतडीका ३ पुरुष, डडेल्धुराका ७ पुरुष र १ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । त्यस्तै, ७६ जना संक्रिमित निको भएर घर गएका छन् । टीकापुरका २, बैतडीका २३ र डडेल्धुरा अस्पतालबाट ५१ संक्रमित डिस्चार्ज भएका हुन् । प्रदेशमा निको हुनेको संख...
नाराबाजीका बीच प्रस्ताव पारित
प्रदेश ७, समाचार

नाराबाजीका बीच प्रस्ताव पारित

नेपाल अखबार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रतिपक्षी दलको नाराबाजीका बीच ‘आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनवाट उठेर विरोध जनाएका थिए ।  विरोधकै बीच सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम माथिको कारवाही अगाडि बढाउनु भएपछि ती दुई पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए । नाराबाजीकै बीच आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुँदा उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो । प्रतिपक्षी दलका सदस्यले बेल घेरेर नाराबाजी गरिरहँदा पनि प्रस्ताव पारित गर्ने कार्य असंसदीय भएको टिप्पणी काँग्रेसका सदस्य भ...
गण्डकीमा संक्रमित संख्या १०९१ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा संक्रमित संख्या १०९१ पुग्यो

नेपाल अखबार, पोखरा । बागलुङ र तनहूँमा कोरोना भाइरसका ३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०९१ पुगेको छ । स्वास्थ्य  निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा संक्रमण देखिएको छ भने तनहुँकै शुक्लागण्डकीका २४ वर्षीय युवामा कोरोना पुष्टि भएको छ । यसैगरि, बागलुङ काठेखोलाका २८ वर्षीय युवामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित तीनै जनालाई सम्बन्धित जिल्लाकोमा आइसोलेसन कक्षमा लगिने निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् ।...
सुदूरपश्चिममा थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिममा थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,

नेपाल अखबार, कैलाली । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । यसमध्ये महिला ७ सय ९० जना र पुरुष २ हजार ६७९ जना रहेका छन् । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४६, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । थप पुष्टि भएकामध्ये कैलालीका १ पुरुष, कञ्चनपुरका ५ पुरुष र ५ महिला, अछामका २८ पुरुष र १० महिला रहेका छन् । त्यसैगरि डोटीका ४  पुरुष र १ महिला, बैतडीका १ पुरुष, डडेल्धुराका १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । हालसम्म फेला परेका संक्रमितहरु अछामका ५५४, बैतडीका २८०, बझाङ्गका १३९, बाजुरा ३९०, डडेल्ध...
गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन
प्रदेश ४, समाचार

गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन

नेपाल अखबार, गोरखा । शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गरिने भएको छ । शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शव गोरखा नगरपालिका वडा नम्वर १२ र शहिद लखन गाउँपालिका वडा नम्वर १ को सिमानामा व्यवस्थापन गर्ने निर्णय गरेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘पीपीई सेट लगाएर चार जना सेना शव व्यवस्थापनमा खटिनुहुन्छ,’ उनले भने, ‘एम्वुलेन्समा शव लाने तयारी भइरहेको छ ।’ पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीउ काेराेना संक्रमित पुरूषकाे शनिवार उपचारकाे क्रममा मृत्यु भएको हो । असार १६ गते कतारबाट फर्केका उनी जीवनज्योती माविको क्वारेन्टिनमा बस्दै आएका थिए । शुक्रवार कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई गोरखा अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।...
गण्डकी प्रदेशमा थपिए ९ कोरोना संक्रमित, एकको मृत्यु
प्रदेश ४, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ९ कोरोना संक्रमित, एकको मृत्यु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ९ जना नयाँ संक्रमितहरु थपिएका हुन्। जसमा पोखरा महानगरपालिकाका ४ पुरुष रहेका छन् भने गोरखाको पालुङटार नगरपालिकाका ३ र लखन थापा गाउँपालिकामा २ गरी ५ जना रहेका छन्। योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १०८८ पुगेको छ। संक्रमण पुष्टि भएका गोरखाका ४ र कास्कीका ४ गरी ८ जना व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। शनिबार नै संक्रमण पुष्टि भएका गोरखा जिल्ला, पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको भने गोरखा अस्पतालमा निधन भएको र उनको शव व्यवस्थापनको तयारी भइरहेको बताइएको छ।...
गण्डकी प्रदेशको बजेट बहुमतले पारित
अर्थ, प्रदेश ४

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

नेपाल अखबार, पोखरा । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि गण्डकी सरकारले ल्याएको बजेट बहुमतले पारित भएको छ । असार १ गते प्रस्तुत भएको बजेटमाथि प्रदेश सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलपछि बजेट पारित भएको हो । छलफलमा भाग लिएका सांसद दीपक कोइराला प्रदेश सरकारले लिएको लक्ष पूरा हुने विश्वास लिए । बजेटले प्रदेशका नागरिकलाई आफ्ना काम अघि बढाउन सहुलियत दरमा सकिन्छ भन्ने कुरा समेटेको उनले सुनाए । ३ सयभन्दा बढी व्यक्तिलाई रोजगार दिने उद्योगको जग्गा खरिदमा सहुलियत दिने, लगानीको केन्द्रको रुपमा आन्दोलनबाट प्राप्त राजनीतिक सामाजिक अधिकार कसरी संगठित गर्न सकिन्छ भनेर बजेटमा समेटिएको उनले सुनाए । कोभिडको प्रभावले अर्थतन्त्रमा पारेका प्रभावलाई कसरी न्युनिकरण गर्न सकिन्छ भनेर बजेटले लक्ष लिएको उनले सुनाए । अघिल्लो वर्षभन्दा प्रग...
गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवन र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो । शुक्रबार पुष्टि भएका संक्रमितमध्ये नवलपुरमा १९, तनहूँमा ९, पर्वतमा ३ र बागलुङमा १ जना रहेका छन् । निर्देशनालयका अनुसार नवलपुरको कावासोतीमा ११ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको छ । यसैगरि, नवलपुरकै मध्युबिन्दुमा ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ । तनहूँको भिमादमा २ र ऋषिङमा ७ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै, पर्वतको बिहादी, फलेबास र पैँयुमा एक एक गरि ३ पुरुषमा कोरोना पुष्टि भएको छ । बागलुङको जैमिनीमा पनि कोरोना भाइरसका एक पुरुष संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।...
गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, १६ जना लमजुङका
प्रदेश ४, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित, १६ जना लमजुङका

नेपाल अखबार,काठमाडौं । गण्डकी प्रदेशमा १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणबाट १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितमध्ये १६ जना लमजुङका हुन् भने एकजना कास्कीको पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुष हुन् । लमजुङका मध्ये ४ जना मध्यनेपाल २६ ४१ २७ ५० वर्षका पुरुष, सुन्दरबजारका ३६ ४८ र ६० वर्षका पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४ २७ र ३४ वर्षका पुरुष, दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १०३१ पुगेको छ ।...