Thursday, May 21

प्रदेश

पोखरा-मुग्लिन सडक स्तरोन्नतिका लागि एडीबीको २२ अर्ब ऋण
अर्थ, प्रदेश ३, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा-मुग्लिन सडक स्तरोन्नतिका लागि एडीबीको २२ अर्ब ऋण

एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड उपलब्ध गराउने भएको छ । त्यस्तै चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न एडिबी नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग गर्ने भएकाेछ । बैंकले खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन पाँच अर्ब ६५ करोड रुपैयाँ प्रदान गर्नेछ ।...
१६ दिने अभियानको समापनमा एमनेष्टीको दिप प्रज्वलन
प्रदेश ४, समाचार, समाज

१६ दिने अभियानको समापनमा एमनेष्टीको दिप प्रज्वलन

गोरखा । लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान सकिएको छ । अभियानका क्रममा जिल्लाका ११ वटै स्थानीय पालिका तथा बिभिन्न सामाजिक संघसंस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । एमनेष्टी इन्टरनेशनल महिला समुह गोरखाले अभियानको अन्तिम दिन दिपप्रज्वलन आयोजना गरेको छ । लैंगिक हिंशाको विरोधमा समुहले सदरमुकामको हरमटारीचोकमा दिपप्रज्वलन गरेको सचिव सविना पोखरेलले जानकारी दिइन । कार्यक्रम समुहकी अध्यक्ष विमला वाग्लेको अध्यक्षतामा भएको हो ।...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो
प्रदेश ४, समाचार, समाज

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

गोरखा । लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान सकिएको छ । अभियानका क्रममा जिल्लाका ११ वटै स्थानीय पालिका तथा बिभिन्न सामाजिक संघसंस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । गोरखा नगरपालिकाले समेत अभियानका क्रममा बिबिध कार्यक्रमको आयोजना गरेको जनाएको छ । वडा नम्बर ७ बाट सुरु गरी १४ वटै वडामा नगरपालिकाले बिभिन्न सचेतनामुलक कार्यक्रम चलाएको थियो । अभियानका क्रममा अन्तरकृया, सचेतनाका कार्यक्रम, अपांग परिचयपत्र वितरण, मानव सेवा आश्रमलाई ८ लाख सहयोग, गोष्ठी लगायतका कार्यक्रम संचालन भएको सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए । त्यस्तै मंगलबार वडा नम्बर ५ मा महिला हिंशा सम्बन्धी छलफल कार्यक्रम गरी अभियानको समापन गरिएको छ । उपप्रमुख विना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामकुमार थापा मगर, सामाजिक शाखा प्रमुख विजयभक्त उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रमको ...
पत्रकार पाैडेललाई अन्तर्राष्ट्रिय अवार्ड
प्रदेश ४, समाचार, समाज

पत्रकार पाैडेललाई अन्तर्राष्ट्रिय अवार्ड

गोरखा । पत्रकार पवन पौडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मनित भएका छन् । तनहुँमा रहेर पत्रकारितामा सकृय पौडेलले नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेलले उत्कृष्ट अवार्ड पाएका हुन् । दमौली खबर दैनिकका सम्पादक एवं दमौली एफएम ९४.२ का स्टेशन इन्चार्ज समेत रहेका पौडेलेले सम्मेलनमा दिएको विचार र मिडिया सामग्रीका आधारमा उनलाई उत्कृष्ट अवार्ड दिइएको हो । विश्वभरका ३५ देशका ६५ सहभागी मध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो । सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो ।...
चार जात मिलेर गोरखामा होमस्टे सञ्चलनको तयारी
अर्थ, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

चार जात मिलेर गोरखामा होमस्टे सञ्चलनको तयारी

मोहसिन अलि मियाँ गोरखा  । बिरेनचोकका स्थानीय होमस्टे सञ्चालनको तयारीमा जुटेका छन् । गोरखा नगरपालिका वडा नम्बर १० स्थित गोरखा– आँबुखैरेनी सडक आसपास क्षेत्रमा रहेका मगर समुदाय होमस्टेको तयारीमा जुटेका हुन् । १९ घरबाट सुरुवात हुन लागेको होमस्टे सञ्चालनका लागि आवस्यक पूर्वाधारको निर्माण भइरहेको स्थानीयले बताएका छन् । ‘हामीले तत्काल १९ घरबाट होमस्टेको सुरुवात गर्दैछौ’ बिरेनचोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना रानाले भनिन् ‘सबै घरमा पाहुना बस्ने कोठा बनिसकेका छन्, अब अरु संरचनाहरु निर्माणको तयारीमा छौ ।’ यसैबिच सोमबार होमस्टे सञ्चालनका लागि सरोकारवालाहरुबिच छलफल भएको छ । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अधिकांश स्थानीयले होमस्टे सञ्चालनका लागि आफुहरु तत्पर रहेपनि ब्यवस्थापनमा समस्या भएको बताएका छन् । ‘हामीले आ–आफ्नो घरमा पाहुना कोठा त बनायौ, बाथ...
वडाध्यक्षलाई नै बोक्सोको आरोप, स्थानीयले लगाए जुत्ताको माला
प्रदेश ३, समाज, हाइलाइट-समाचार

वडाध्यक्षलाई नै बोक्सोको आरोप, स्थानीयले लगाए जुत्ताको माला

चितवनको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीय घेरा हाले। उनीहरूका हातमा मोसो थियो। जबरजस्ती मोसो प्रजाको मुखमा दले। उनीहरूले जुत्ताको माला पनि ल्याएका थिए। त्यो माला प्रजाको गलामा हाले। पदीय जिम्मेवारी पूरा नगरेर वा सेवाग्राहीलाई दु:ख दिएकाले प्रजालाई मोसो दलिएको भने होइन। बरू उनी कानुनले बर्जित गरेको कुरिति र अन्धविश्वासको सिकार भए। मोसो दल्ने र जुत्ताको माला लगाउनेले उनीमाथि बोक्सोको आरोप लगाए। स्थानीय उत्तरकुमार गुरुङ र उनको समूहले प्रजालाई पहिलेदेखि नै दुर्व्यवहार गर्थे। नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका प्रजा त्यसलाई खासै वास्ता गर्दैनथे। 'पहिलेदेखि नै अमानवीय व्यवहार गर्थे,' प्रजाले टेलिफोनमा सेतोपाटीसँग भने,'शनिबार भने गुरूङको समूहले मलाई मोसो दलेर जुत्ताको माला लगाइदिए।' गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएको प्र...
छोराले गरे आमाबुवाको हत्या
प्रदेश ५, समाचार, हाइलाइट-समाचार

छोराले गरे आमाबुवाको हत्या

रुपन्देहीमा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका-४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेम थापाले बताए ।...
महिलाले सहनु पर्छ भन्ने मानसिकताबाट समाज बाहिर आउनुपर्छ
प्रदेश ४, विचार, समाज, हाइलाइट-समाचार

महिलाले सहनु पर्छ भन्ने मानसिकताबाट समाज बाहिर आउनुपर्छ

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकाे छ । लैंगिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो । जसले शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउँदछ । आजपनि हाम्रो समाजमा लिङ्गको आधारमा हुने भेदभाव र हिंशा व्याप्त छ । महिला हिंसाका बिरुद्ध कानुन कडा बनेपनि घटनाको संख्या हेर्दा त्यस्तो देखिदैन । पछिल्लो समय तिनै तहका सरकार र गैससहरुले यसका बिरुद्ध बिभिन्न अभियान चलाइरहेका छन् । गोरखा नगरपालिकामा अवस्था कस्तो छ ? प्रस्तुत छ यस बिषयमा सिभिलखबर डट कमका समाचार प्रमुख मोहसिन अलि मियाँले उपप्रमुख विना कुमारी श्रेष्ठसंग गरेको कुराकानी । नगरक्षेत्रमा लैंगिक हिंसाको अवस्था कस्तो छ ? गोरखा नगरपालिका धेरै जातजाती भाषाभाषी बस्ने नगर हो । सदरमुकाम क्षेत्रपनि यसै नगरभित्र रहेकाले सम्पन्नशालीदेखि विपन्नस्तरका बासिन्दा र बजारदेखि दुर्गमसम्मको भुगोल यहाँ छ । म ज...
रेडक्रशको संस्थागत क्षमता विकासका लागि उपशाखाहरुलाई तालिम
प्रदेश ४, समाचार, समाज

रेडक्रशको संस्थागत क्षमता विकासका लागि उपशाखाहरुलाई तालिम

गोरखा । रेडक्रशको संस्थागत क्षमता विकासका लागि जिल्ला शाखा तथा उपशाखाहरुलाई तिन दिने तालिम सुरु भएको छ । गोरखा शाखाको आयोजनामा बिहिबारदेखि सदरमुकाममा ३ दिने तालिम सुरु भएको हो । तालिममा बिशेष गरेर रेडक्रशको मर्म, संस्थागत विकास, समाज सेवा, विपद ब्यवस्थापन तथा सामना, उद्दार, संगठन विस्तार, ब्यक्तिगत विकास लगायतका बिषयमा प्रशिक्षण गराइने सभापति भगवानबाबु मास्केले बताए । जिल्ला शाखा सभापति मास्केको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा रेडक्रशका गण्डकी प्रदेश सभापति सूर्य प्रसाद ढकालको प्रम्ुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडक्रशका केन्द्रिय कार्यालयका संगठन विभाग प्रमुख कृष्ण घिमिरे, जिल्ला शाखा मन्त्री राजेन्द्र न्यौपाने, जिल्ला सदस्य रहमतुल्ला मियाँ लगायतले प्रशिक्षणमुलक मन्तब्य ब्यक्त गरेका थिए । तालिममा जिल्लाका झण्डै ३० उपशाखाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको जिल्ला शाखा...
जन्मिए लगत्तै बच्चाको नाममा बैंक खाता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

जन्मिए लगत्तै बच्चाको नाममा बैंक खाता

गोरखा । पालुङटार नगरपालिकाले जन्मिए लगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने भएको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराए लगत्तै नगरपालिकाले बैंकमा खाता खोलेर नगद एक हजार समेत जम्मा गरिदिने भएको हो । ५ बर्षभित्र सम्पूर्ण नगरवासीलाई बैंकको पहुँचमा पु¥याउने र वित्तिय साक्षरता अभिबृद्धि गराउने उदेश्यले कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख दीपकबाबु कडेंलले बताए । ‘अहिलेसम्म हुनेखाने मात्रै बैंकको पहुँचमा छन्, मेरो कार्यकालमा बैंकमा सबैको एकाउण्ट होस, चेक, एटिएमबाट कारोबार गर्ने बानीको विकास होस भन्ने उदेश्य हो’ उनले भने ‘बच्चाको जन्मदर्ता गराएकै दिन हामी खाता खोलेर १ हजार जम्मा गरिदिन्छौ ।’ सो सुविधा लिनका लागि पालुङटारको स्थायी बासिन्दा हुनुपर्ने बताइएको छ । कार्यक्रमले अभिभावकसंगै बालबालिकामा बचत गर्ने बानीको विकास हुने समेत नगरपालिकाले विश्वास गरेको छ । ‘अहिले बिभिन्न उत्सवका नाममा खर्च गर्ने...