Sunday, May 31

प्रशासन

सरकारलेनिर्वाचन प्रहरीको भर्ना खुल्यो, एक लाख ३३ हजार ९८० जना माग
प्रशासन, समाचार, समाज

सरकारलेनिर्वाचन प्रहरीको भर्ना खुल्यो, एक लाख ३३ हजार ९८० जना माग

नेपालअखबार,काठमाडौं । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ । जिल्ला प्रहरी परिसरहरू (काठमाडौं, भक्तपुर र ललितपुर ) र सबै जिल्ला प्रहरी कार्यालयबाट दर्खास्त दिन सकिन्छ । निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका र...
आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता
प्रशासन, राजनीति, समाचार

आज राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रम...
सामाजिक सद्‌भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्लामा निर्देशनात्मक सर्कुलर
प्रशासन, समाचार

सामाजिक सद्‌भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्लामा निर्देशनात्मक सर्कुलर

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्‌भाव खलबल्याउने गरी भएका घटनापछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । मङ्गलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न भनिएको हो । गृहले धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सद्‌भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न समेत सबै जिल्ला प्रशासनलाई निर्देश गरेको छ । यसका लागि जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्‌भाव का लागि सार्वजनिक आह्वान गर्ने गृहको निर्देशन छ । यस्तै सबै पक्षहरूको सहभागिताम...
बाबुको पहिचान नभएकालाई स्वघोषणाबाट नागरिकताको नयाँ व्यवस्था
प्रशासन, समाचार

बाबुको पहिचान नभएकालाई स्वघोषणाबाट नागरिकताको नयाँ व्यवस्था

नेपालअखबार, काठमाडौँ । सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा परिवर्तन गरेको छ । गृह मन्त्रालयले पुस २१ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली तत्काल लागू भएको जनाएको छ। संशोधित नियमावलीले विशेष गरी बाबुको पहिचान हुन नसकेका व्यक्ति, अनाथ बालबालिका र नाबालक परिचयपत्र लिने प्रक्रियालाई सहज र व्यवस्थित बनाउने लक्ष्य राखेको छ। नयाँ व्यवस्था अनुसार बाबुको पहिचान हुन नसकेको व्यक्तिले नागरिकता टोली वा प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची-४क बमोजिमको ढाँचामा स्वघोषणा गर्नुपर्नेछ । यदि निवेदन दिँदाका बखत आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नभएको अवस्था भएमा निवेदकले चिकित्सकको सिफारिससहित स्वघोषणा गरी नागरिकता प्राप्त गर्न सक्नेछन् । त्यस्तै, पितृत्व र मातृत्वको ठेगान नभएका व्यक्तिको नागरिकता ...
वीरगञ्जमा कर्फ्यु लम्बियो
प्रशासन, समाचार, समाज

वीरगञ्जमा कर्फ्यु लम्बियो

नेपालअखबार, काठमाडौं । वीरगञ्जमा भड्कीएको तनाब पछि सोमबार लगाइएको कर्फ्युको अवधि मंगलबार दिउँसोसम्म बढाइएको छ। सोमबार साँझ ६ बजेदेखि मंगलबार बजेसम्म कर्फ्यु लगाइएको थियो। आज पनि स्थिति समान्य नहुने देखेपछि दिउँसो एकबजेसम्मका लागि कर्फ्युको अबधि बढाएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाएको छ। कार्यालयले विरगंज महानगरपारिका क्षेत्र भित्र पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौर र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाएको हो। ‘तोकिएको चार किल्लाभित्र कसैलाई पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न पूर्ण निषेध गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी भोला दहालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ। कर्फ्यू अवधिमा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली चलाउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई अन...
वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश
प्रशासन, समाचार, समाज

वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश

नेपालअखबार,वीरगञ्ज । पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागु हुने जानकारी दिएका छन्। वीरगञ्जको अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएपछि शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको प्रशासनले जनाएको छ । कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले सूचनाको उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।...
समानुपातिकमा बस्न नमान्नेका ठाउँमा अर्को व्यक्ति कसरी पठाउने ?
प्रशासन, राजनीति, समाचार

समानुपातिकमा बस्न नमान्नेका ठाउँमा अर्को व्यक्ति कसरी पठाउने ?

नेपालअखबार,काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका कतिपयले उम्मेदवार बन्न अस्वीकार गरेका छन् । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकाहरूले उम्मेदवारी फिर्ताको घोषणा गरिरहेका छन् । हालसम्म रास्वपाबाट समानुपातिक सूचीमा रहेका ११० जनामध्ये ६ जनाले नाम फिर्ता लिएको घोषणा गरेका छन् । जसमा डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती र मिलन लिम्बूले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । अहिले घोषणा गरेर मात्रै नाम फिर्ता नहुने निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार समानुपातिक सूचीमा रहेका नाम परिवर्तनका लागि तीन वटा तरिका छन् । पहिलो : क्लस्टर नमिलेको हकमा निर्वाचन आयोगले औंल्याएअनुसार सम्बन्धित दलले नाम परिवर्तन गर्न सक्न...
वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना नियन्त्रण
प्रशासन, समाचार, समाज

वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने २६ जना नियन्त्रण

नेपालअखबार,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको विभिन्न ठाउँबाट निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गर्ने दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएका २६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वीरगञ्जको अवस्था उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नहुञ्जेलसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रशासनको आदेश जारी भए पनि त्यसलाई तोड्दै हिन्दुवादी संगठनहरूले महानगरको विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्ने २६ जनालाई नियन्त्रणमा लिइएको हो । 'प्रहरीमाथि ढुङ्गामुढा तथा प्रहार गर्नेदेखि लिएर उच्छृङ्खल गतिविधि गर...
एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज
प्रशासन, समाचार

एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट खारेज भएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले साेमबार ओलीले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो । यो मुद्दा चार वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको थियो । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतामा प्रश्न उठाउँदै रिट दायर गरेको थियो । एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्ष ओलीले २०७८ भदौ १७ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ओलीले रिटमा एमाले विभाजन गर्न तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश, तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख समेतलाई विपक्षी बनाएका थिए । सरकारले राजनीतिक दलसम्...
५६ वर्षपछि घर फर्किएका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता
प्रशासन, समाचार, समाज

५६ वर्षपछि घर फर्किएका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता

नेपालअखबार, खोटाङ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिएका हुन् । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले बताएका छन् । ‘म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरें’, उनले भने, ‘हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।’ घर छाडेको ५६ वर्षपछि जिल्ला फर्किएका केशरबहाद...