रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध रिट दर्ता
नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरूद्ध रिट दर्ता भएको छ।
युवराज पौडेल (सफल), कानुनका विद्यार्थी आयुष बडाल लगायतले पेस गरेको रिट सर्वोच्च अदालतले आइतबार दर्ता गरेको हो। उनीहरूले शुक्रबार रिट पेस गरेका थिए।
यो रिटको सुनुवाइ माघ ६ गते हुने भएको छ।
पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्। शुक्रबार मात्रै भण्डारीले जिबी राईसहित अन्य प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिएकी हुन्।
यो निर्णयलाई निवेदक सफलले गैरकानुनी बताउँदै मान्यता पाउन र कार्यान्वयन हुन नसक्ने उल्लेख गरेको छ।
उनले निवेदनमा उक्त निर्णयलाई बदर गर्न म...









