नेपालअखबार, पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । पटक पटक अल्टिमेटम दिए पनि उनीहरू नफर्किएका हुन् ।
आन्दोलनअघि कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । तीमध्ये महिला ब्लकमा ३५ र पुरुष ब्लकमा ७ सय ३८ जना रहेकामा भदौ २४ गते प्रदर्शनकारीले कारागारमा आक्रमण गरी तोडफोड गरेपछि बाहिरिएका हुन् ।
भागेकामध्ये केही स्वेच्छाले फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । ५ सय २१ जना कैदीबन्दी फिर्ता भैसकेका कारागार प्रमुख राजेन्द्र शर्माले बताए ।
बाँकी कैदीबन्दीको खोजी जारी छ । शर्माका अनुसार, स्वेच्छाले नफर्केकाहरूको अब प्रहरी मार्फत खोजी गर्न लागिएको छ ।
फरार कैदीबन्दीहरूमध्ये अधिकांश जबरजस्ती करणी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारीसम्बन्धी मुद्दा, बालयौन दुराचार,...