प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपालअखबार,सर्लाही । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो ।
नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए । सुरुदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उनको भनाइ थियो ।
कार्यालयको तथ्यांङ्कानुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन । आफ्नो विवरण सच्याउनसमेत एक हजार ३१७ जनाको उजुरी परेको निर्वाचन अधिकारी साहले जानकारी दिए । उक्त उजुरीमाथि पनि क्रमैसँग कारबाही भइरहेको उनले बताए ।
जिल्लाको यस तथ्याङ्क केही थप हुने उनले बताए । हालसम्म एकिन भइनसकेको भए पनि राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर...







