डेरामा बस्नेले परिचय खुल्ने कागजात घरधनीलाई देखाउनुपर्ने
नेपालअखबार,काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ।
मेयर प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगरक्षेत्रको शान्ति सुरक्षासम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय गरेको हो।
बैठकले टोखाभित्रका प्रत्येक घरधनीले आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्ने र बहालमा बस्ने व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकायलाई खबर गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी स्थिति सामान्य नहुञ्जेल अत्यावश्यक अवस्थामा बाहेक राति ९ बजेपछि घरबाहिर ननिस्कन, व्यापार–व्यवसाय पनि रातिको ९ बजेपछि बन्द गर्नका लागि अनुरोध गर्ने निर्णय बैठकले ...










