Monday, June 1

प्रशासन

सशस्त्र प्रहरीले माग्यो डाक्टरदेखि रेडियोग्राफरसम्म २४ कर्मचारी
प्रशासन, समाचार

सशस्त्र प्रहरीले माग्यो डाक्टरदेखि रेडियोग्राफरसम्म २४ कर्मचारी

नेपालअखबार, काठमाडाैं। सशस्त्र प्रहरीले प्रविधिक समूहतर्फ २२ जना कर्मचारी मागेको छ। शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्राविधिक समूहमा स्वास्थ्यतर्फ २२ जना कर्मचारी मागेको हो। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना, प्राविधिक सशस्त्र प्रहरी बिडिएसमा ३ जना, प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकमा स्टाफ नर्स  ५ जना, ल्याब टेक्निसियन २ जना, फिजियोथेरापिस्ट १ जना र २ जना रेडियोग्राफर मागेको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १८ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दरखास्त दिन व्यक्ति स्वयं उपस्थित हुनुपर्न सूचनामा उल्लेख छ। दरखास्त शुल्क प्राविधिक सशस्त्र प्रहरी निरीक्षका लागि १ हजार २ सय र समावेशी समूहतर्फको दरखास्त दिँदा थप २४० रूपैयाँ लाग्ने छ। प्राविधिक सशस्त्र प्रही नायब निरीक्षकमा ७ सय रूपैयाँ र समावेशी समूहमा १४० रूप...
आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने
प्रशासन, समाचार, समाज

आजदेखि नारायणगढ-मुग्लिन सडक दिउँसो बन्द नहुने

नेपालअखबार, काठमाडौं । दैनिक चार घण्टा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । ठेकेदारलाई तेस्रो पटक थप गरेको म्याद यही फागुन १२ गते सकिएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेकाले अबको कामका लागि सवारी रोक्नु नपर्ने भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम थियो । कुल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिनमा अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले माग गरेको समय सकिएकाले अब सडक नरोकेरै काम गर्न भनिएको बताए । ढिस्को होचोमात्रै बाँकी रहेकाले हेरेर काम गर्न मिल्ने उन...
श्रम मन्त्रालयको पुनर्संरचना सुरु
प्रशासन, समाचार

श्रम मन्त्रालयको पुनर्संरचना सुरु

नेपालअखबार, काठमाडौँ । वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन अक्षम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पुनर्संरचना सुरु भएको छ । वैदेशिकका साथै आन्तरिक रोजगारी प्रवर्धन पनि यो मन्त्रालयको जिम्मेवारी हो । अहिलेसम्म वैदेशिक रोजगारीमा जति सक्दो नेपाली युवालाई पठाउने योजना बुने पनि श्रम मन्त्रालयले आन्तरिक रोजगारी प्रवर्धनतर्फ खासै रुचि देखाएको छैन । आन्तरिक रोजगारी प्रवर्धनतर्फ सक्रिय रूपमा काम गर्ने गरी मन्त्रालयको पुनर्संरचनाको काम थालिएको हो । वैदेशिक रोजगारीसँग सम्बन्धित थुप्रै काम श्रम मन्त्रालयले गरे पनि आन्तरिकतर्फ भने उल्लेखनीय रूपमा काम गर्न नसकिएको मन्त्रालयका अधिकृतहरू स्वीकार गर्छन् । मन्त्रालयका उपसचिव तथा मन्त्रालय पुनर्संरचना समितिका सदस्य सचिव दीपक ढकालका अनुसार आन्तरिक रोजगारी प्रवर्धनका लागि 'आन्तरिक रोजगारी प्रवर्धन महाशाखा थप गर्न मन्त्रिपरिषद्मा प्रस्...
काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्
प्रशासन, समाचार, समाज

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

नेपालअखबार, काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिइन् । काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलले भनिन्, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।” भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उनले उल्लेख गरिन् । “भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउन...
१६ महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र
प्रशासन, समाचार, समाज

१६ महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

नेपालअखबार, ढोरपाटन (बागलुङ) । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला बेवारिसे अवस्थामा पुगेको हो । पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो । ठेक्का तोडिएपछि अब पुल बन्छ कि बन्दैन भन्ने अन्योल सिर्जना भएको छ । सडक डिभिजन कार्यलयमार्फत निर्माण हुन थालेको पुललाई निर्माण कम्पनीले अलपत्र पारेपछि ...
त्रिविको उपकुलपति छनोटका लागि १४ उम्मेदवारको अन्तर्वार्ता आज
प्रशासन, शिक्षा, समाचार

त्रिविको उपकुलपति छनोटका लागि १४ उम्मेदवारको अन्तर्वार्ता आज

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरुको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता लिन लागेको हो । अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा सुरु हुनेछ । समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ । त्यसपछि दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ । यसअघि त्रिविका सहकुलपति एवम् शिक्षा मन्त्री नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले सर...
पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ

नेपालअखबार, पोखरा । पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ परेका छन्  । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ पुरुनचौर घर भइ हाल नयाँबजार बस्ने वर्ष २८ का सतिश बास्तोला, चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठ छन् । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार पोखराको नयाँबजारस्थित ब्लुुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ । साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्यूटरसमेत उनीहरुको साथबाट बरामद गरिएको डीएसपी विकले जानकारी दिए । पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूरमा १० द...
खाँदबारी-नुम सडकको काम सुस्त भएपछि निर्माण कम्पनीलाई ७० लाख जरिवाना
प्रशासन, समाचार

खाँदबारी-नुम सडकको काम सुस्त भएपछि निर्माण कम्पनीलाई ७० लाख जरिवाना

नेपालअखबार, किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर-दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथाङ्का-रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ । उनान्चालीस किलोमिटर कालोपत्रका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो । तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल-थामसेर्कुेसम्म ३६ प्रतिशत, दोस्रो थामसेर्कुे-कप्तानेसम्मको २२ प्रतिशत र तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए । एक अर्ब २८ करोड...
शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक
प्रशासन, समाचार

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि २१७ जना सिफारिस भएका छन् । नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखा परीक्षण सेवा र संघीय संसद् सेवा, सामान्य प्रशासन समूहतर्फको अधिकृत पदको प्रारम्भिक परीक्षा आयोगले गत असार १६ गते सन्चालन गरेको थियो । प्रारम्भिक परीक्षामा १५ हजार ९८४ जना सहभागी भएका थिए । उनीहरुमध्ये दोस्रो, तेस्रो र अन्तिम चरणको अन्तर्वार्ता परीक्षामा जम्मा १४३ जना छनोट भएका थिए । उनीहरुलाई माघ ९ गतेदेखि २६ गतेसम्म अन्तर्वार्ता लिएर अन्तिम नतिजा सार्वजनिक गरिएको...
गरिबीको रेखामुनि २० प्रतिशत नेपाली
प्रशासन, समाचार, समाज

गरिबीको रेखामुनि २० प्रतिशत नेपाली

नेपालअखबार, काठमाडौं । नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ। अघिल्लो सर्वेक्षण २०६६/६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ। सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ। अघिल्लो मापदण्ड अनुसार गणना गरेको भए गरिबी ३.५७ प्रतिशतमा झर्थ्यो । मापदण्डमा परिमार्जन गरिएको र नयाँ मापदण्डले २०.२७ प्रतिशत गरिबी देखिएको कार्यालयका उपतथ्यांक प्रमुख हेमराज रेग्मीले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० नतिजा सार्वजनिक गरे । यो प्रतिवेदन १२ ...