Thursday, July 30

प्रशासन

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद
प्रशासन, समाचार, समाज

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

नेपालअखबार, ढोरपाटन । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
सवारी साधनको जाँच पास निजीलाई दिने तयारी
प्रशासन, समाचार

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी

नेपालअखबार, काठमाडाैं।  सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ। सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो। नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको भेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख मणिराम भुसालले बताए। यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी दिने र सरकारले कसरी अनुगमन गर्ने भनी खाका तयार गर्न सकिने उनले बताए। निजीले तयार गरेको परीक्षणको गुणस्तर कसरी नियमन र नियन्त्रण गर्ने भनी कार्यविधिले स्पष्ट गर्ने उनले बताए। सेवाग्राहीसँग कसरी शुल्क लिने, राजस्व सङ्कलन गर्दा कसरी गर्ने र सरकारलाई कति हुने भन्ने निर्धारण कार्यविधिले गर्ने भुसालको भनाइ छ। सरकारले चासो देखाएमा अबको केह...
धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडौँ । धनगढीस्थित एक होटलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशी छन् । आरोपीतहरुलाई धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले जानकारी दिए । सुदूरपश्चिम प्रदेश कार्यालयबाट प्रनानि प्रकाश कडायतको कमाण्डमा खटिएको टोलीले अरोपीतहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरेको छ । चितुवाको छाला कारोबारमा संलग्नहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा
प्रशासन, समाचार

२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा

नेपालअखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव वेदराज फुयाँललाई नगराइन नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको छ । धनुषाकै विदेह नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका काजीबहादुर विष्टलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ । भूमि व्यवस्था मन्त्रालयकै देवीबहादुर भण्डारीलाई मिथिला बिहारी नगरपालिका धनुषामा, अनन्त कुमार बस्नेतलाई बरहथवा नगरपालिका सर्लाहीमा र योगे...
झापामा एक करोडको सामानसहित कन्टेनर बरामद
प्रशासन, समाचार

झापामा एक करोडको सामानसहित कन्टेनर बरामद

नेपालअखबार, झापा । भन्सार नतिरी उम्किएको एउटा कन्टेनर झापा प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट अवैध रूपमा नेपाल भित्रिएको कन्टेनरलाई प्रहरीले शुक्रबार राति ७ बजे मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट नियन्त्रणमा लिएको हो। ना ६ ख ४९०२ नम्बरको उक्त कन्टेनरमा एक करोड भन्दा बढी रुपैयाँको सामान रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। कन्टेनर भित्र बाजा बजाउने झ्याम्टा, हुक्का तान्ने सिसा, साबुन लगायत फेला परेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट टोली खटिएको डिएसपी दिपक भारतीले जानकारी दिए चेकजाँचका क्रममा सो समानहरूको भन्सार तिरेको रसिद नभएको र चालक फरार रहेकाले कन्टेनर नियन्त्रणमा लिइएको उनले बताए। नियन्त्रणमा लिइएका कन्टेनरमा २० लाखको अफजल फ्लेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४...
बाघको सङ्ख्या तेब्बर बढ्यो, व्यवस्थापनमा चुनौती
प्रशासन, समाचार, हाइलाइट-समाचार

बाघको सङ्ख्या तेब्बर बढ्यो, व्यवस्थापनमा चुनौती

नेपालअखबार, काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३-३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उनले बताए । पाटे ब...
नार्क र यूएसएड प्रतिनिधिबीचमा मसुरो उत्पादन बृद्धि र व्यावसायीकरण बारे छलफल
प्रशासन, समाचार

नार्क र यूएसएड प्रतिनिधिबीचमा मसुरो उत्पादन बृद्धि र व्यावसायीकरण बारे छलफल

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र यूएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवद्र्धन कार्यक्रमका प्रतिनिधि बीच मसुरोको उत्पादन बृद्धि र व्यावसायीकरण बारे छलफल भएको छ । ललितपुरको खुमलटार स्थित नार्कको केन्द्ीय कार्यालयमा आज नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र यूएसएडको नेपालमा मसुरो बाली प्रवद्र्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीका बीचमा मसुरो उत्पादन बृद्धिको बारेमा छलफल भएको हो । नार्क मार्फत् उक्त कार्यक्रम लागू भएपछि मुसुरो बालीमा गहन अनुसन्धान गरी उत्पादनशील जातहरुको विकास, श्रोत बीउ उत्पादन तथा कृषक र प्राविधिकहरुको क्षमता अभिवृद्धिमा काम गर्ने जानकारी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले दिए । यस कार्यक्रम अन्तर्गत मसुरो उत्पादनका उन्नत प्रविधिहरुको कृषक स्तरमा परीक्षण र विस्...
आज आदेश कोशी सरकार गठनविरूद्धको रिटमा आउन सक्ने
प्रशासन, समाचार

आज आदेश कोशी सरकार गठनविरूद्धको रिटमा आउन सक्ने

नेपालअखबार, काठमाडाैं। कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्दै छ। न्यायाधीशहरू इश्वरप्रसाद  खतिवडा, ‍आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा  सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना प्रबल छ। रिटमाथि पक्ष र विपक्ष दुबै तर्फका वकिलहरूको बहस हिँजै सक्किएको छ।  बुधबार बहस सकिएपछि आजका लागि पेशी तोकिएको छ।  आज बस्ने इजलासले आदेशबारे पनि निर्णय गर्नेछ। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए। प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको विरूद्ध एमाले सर्वोच्च पुगेको हो। कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसा...
२६ सहसचिवको सरुवा, काे कहाँ ?
प्रशासन, समाचार

२६ सहसचिवको सरुवा, काे कहाँ ?

नेपालअखबार, काठमाडाैं । सरकारले २६ सहसचिवको सरुवा गरेको छ। गत असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो। हेर्नुहाेस् सूची   
औषधी पसल अनुुगमन
प्रशासन, समाचार

औषधी पसल अनुुगमन

नेपालअखबार, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आज पोखराका पाँचवटा औषधी पसल अनुुगमन गरेको छ । प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधी पसल अनुुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । अनुुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिनुुभयो । अनुुगमन टोलीले औषधीको मूल्य सूूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायतमा जानकारी लिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुुगमन गर्दै आएको छ ।...