गर्भावस्थाको पाँचौं महिनामा फोटो सेयर गर्दै करिना यसो भन्छिन्
नेपाल अखबार, एजेन्सि। करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’
भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ गरिरहेकी छिन् । करिनासँग सैफ र तैमुर पनि दिल्लीमा नै छन् । यसका साथै सेटमा करिनाको सुरक्षाको पूरा प्रबन्ध मिलाइएको छ ।
लाल सिंह चड्डामा देखिने छैन करिनाको ‘बेबी बम्प’
साधारणतया पाँच महिनासम्म बेबी बम्प देखिन थालिसकेको हुन्छ । यस्तोमा करिनाले कसरी सुटिङ गरिरहेकी छिन् भनेर प्रश्न उठ्न सक्छ । रिपोर्टका अनुसार करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिनेछ ।
दोस्रो गर्भावस्थामा यो गल्ती दोहोराउन चाहन्नन् करिनाः
केही दिन अघि एक अन्तरवार्तामा करिनाले आफूले दोस्...
