Saturday, May 9

मनोरञ्जन

२६ वर्षका अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका
मनोरञ्जन, विदेश, समाचार

२६ वर्षका अभिनेता अक्षतको मृत्यु, परिवारद्वारा हत्याको आशंका

नेपाल अखबार, एजेन्सि। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको संदिग्ध मृत्युको अनुसन्धान चलिरहेका बेला अर्का एक अभिनेता अक्षत उत्कर्षको मृत्युको खबर आएको छ । मुम्बई प्रहरीले रिपोर्ट दर्ता गरेर यसबारे अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा अक्षतको मृत्युको कारण आत्महत्या बताइएको छ । यद्यपि, परिवारले हत्याको आशंका गरेका छन् । २६ वर्षका टिभी अभिनेता अक्षतको मृत शरीर आइतबार राती मुम्बईको अंधेरी इलाकास्थित उनको अपार्टमेन्टमा भेटिएको थियो । अम्बोली प्रहरीका अनुसार अक्षत काम नभएका कारण डिप्रेशनका शिकार थिए जसका कारण उनले आत्महत्याको बाटो चुने । यद्यपि, अक्षतका परिवारले डिप्रेशनको कुरा अस्विकार गर्दै अभिनेतको हत्या भएको दाबी गरे । प्रहरीलाई उद्धृत गर्दै एएनआईले ट्वीटमा अक्षतले अंधेरी इलाकामा रहेको आफ्नो निवासमा आत्महत्या गरेको जानकारी दिएको छ । मुद्दा दर्ता गरिएको छ र यसबारे अनुसन्धान भइरहेको...
केबीसीको सेटमा जब छल्कियो अमिताभ बच्चनको आँसु, प्रशंसक पनि भए भावुक
मनोरञ्जन, समाचार

केबीसीको सेटमा जब छल्कियो अमिताभ बच्चनको आँसु, प्रशंसक पनि भए भावुक

नेपाल अखबार, एजेन्सि। रियालिटी टिभी शोज भारतमा अत्यधिक चर्चित छन् । यसका एउटा कारण यो पनि हो कि कार्यक्रममा दर्शकले उनीहरुको सेलिब्रिटीको वास्तविक रुप देख्न पाउँछन् र अर्को कारण यो हो कि यहाँ थुप्रै इमोसन पनि देख्न पाइन्छ, जसमा सायद पहिला तपाईंको ध्यान गएको छैन । यस्तै एउटा कार्यक्रम हो कौन बनेगा करोडपति । २० वर्षदेखि चल्दै आएको यो कार्यक्रमको सिजन १२ सुरु हुँदैछ । यो अवधिमा थुप्रै मानिसहरुको इमोशन, ठूलो बाध्यतायुक्त पल र खुसी देख्न पाइएको छ । प्रतियोगीका साथै कार्यक्रम प्रस्तोता अमिताभ बच्चनको पनि थुप्रै रुप यहाँ देख्न पाइएको छ । कार्यक्रममा अमिताभ थुप्रै पटक रोएका पनि छन् । आज ती घटनाबारे कुरा गरौं जब अमिताभले आफ्नो आँसु रोक्न सकेनन् । अमिताभको ७५ औं जन्मदिनको मौकामा केबीसीले एउटा विशेष भिडियो देखाएको थियो जुन हेरेर उनी निकै भावुक भएका थिए । उक्त भिडियो अमिताभको नैनीतालस्थित कलेज शेरवूडक...
चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै
मनोरञ्जन, विदेश, समाचार

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

नेपालअखबार, एजेन्सि। कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी इन्डष्ट्रिलाई पनि कोरोना महामारीले असाध्यै धेरै प्रभावित पारेको छ । यो क्षेत्रसँग जोडिएका थुप्रै मानिसहरुको अगाडि आर्थिक संकट उत्पन्न भएको छ । थुप्रै टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौड ठेलामा तरकारी बेच्न बाध्य भएका छन् । निर्देशक रामवृक्ष हाल उत्तर प्रदेशको आजमगढमा आफ्नो घरमा छन् । रामवृक्षले आफ्नो परिवारको पेट पाल्नका लागि यस्तो काम गरिरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । निर्देशक रामवृक्ष गौडले रियल लाइफ र रिल लाइफ नितान्त रुपमा फरक हुने भारतीय सञ्चार माध्यमलाई बताएका छन् । उनी आफ्ना सन्तानलाई परीक्षा दिलाउनका लागि गृह ...
कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन
मनोरञ्जन, विदेश, समाचार, स्वास्थ्य

कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन

नेपाल अखबार, मुम्बई । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१मा हिन्दी फिल्मका गीत गायन सुरु गरेका थिए । कमल हसन अभिनित ‘एक दुजेके लिए’   फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनलाई नेशनल अवार्ड समेत मिलेको थियो । यसपछि उनले कयौ राम्रा गीतहरु हिन्दी फिल्मका लागि दिएका छन् । दक्षिण भारतमा जन्मिएका बालासुब्रमण्यम धेरै भाषामा समेत गीत गाउथे । तर गीत गाउने प्रेरणा आफुलाई हिन्दी गीतबाट मिलेको बताउदै आएका थिए । हिन्दी...
सांगितिक क्षेत्रमा अगाडी बढ्दै अर्जुन सापकोटा
भिडिओ, मनोरञ्जन, समाचार

सांगितिक क्षेत्रमा अगाडी बढ्दै अर्जुन सापकोटा

नेपाल अखबार, पोखरा। अर्जुन सापकोटा नेपाली सांगितीक क्षेत्रमा सुपरिचित नाम हो।उनका धेरै जसो गीतहरु रुचाईएका छन्।बनकी चरी, पिरती नलाम मोयां मन पोल्छ, भेटौं मकै बारीमा जस्ता दर्जनौं गीतहरुले संगितप्रेमी मनलाई छोएका छन्। सुमधुर स्वरका धनि गायक सापकोटा टिक टक मा समेत भाईरल कलाकार हुन्।मृदुभाषी, चन्चले एवं हंसीलो स्वभाव भएका उनी गायक मात्र नभै पछिल्लो समय मोडलिङ समेत गर्ने गर्छन्।उनको आफ्नै गीत बनकी चरीमा उनी स्वयंकै अभिनय रहेको छ।यतिखेर उनको पिरती नलाम मोयां मन पोल्छ, जन्मेकै गाउं रोयो, ल्याङ फ्याङ दशैं जस्ता गीतहरुले बजार तताईरहेका छन्। पिता मणी प्रसाद सापकोटा र माता दुर्गादेवि सापकोटाको कोखबाट वि.स. २०५५ साल माघ १२ गते ज्यष्ठ सन्तानको रुपमा स्याङ्जा जिल्लाको पेलाकोट भम्ने ठाउँमा जन्मिएका सापकोटाको परिवार पछि बसाईसराई गरेर नवलपुर चोरमारामा गएको थियो। घर परिवारको साङ्गितिक माहोल सङ्गै वुवा मणी...
सोनू सूदले बताए कंगनाको फिल्म ‘मणिकर्णिका’ छोड्नु परेको कारण
मनोरञ्जन, समाचार

सोनू सूदले बताए कंगनाको फिल्म ‘मणिकर्णिका’ छोड्नु परेको कारण

नेपाल अखबार, एजेन्सि। सोनू सूदले हालै कंगना रनौतको फिल्म ‘मणिकर्णिका’ छोड्नुको कारण बताएका छन् । स्मरण रहोस्, सोनू सूदले यो फिल्मको आधाभन्दा बढी सुटिङ गरिसकेका थिए तर उनले बीचमा नै फिल्म छोडिदिएका थिए । हालै एक अन्तरवार्ताको क्रममा सोनूले यसबारे कुरा गर्दै भने, ‘कंगना मेरी वर्षौं पुरानो साथी हुन् र म उनको भावनालाई आहत पार्न चाहँदैनथेँ । जब मैले मणिकर्णिकाको एउटा ठूलो र निकै महत्वपूर्ण भागलाई सुटिङ गर्यौं तब मैले फिल्मका पहिलो निर्देशकलाई सुटिङ पुनः सुरु गर्न भनेको थिएँ तब उनले मलाई मेल पठाएर अब उनी उक्त प्रोजेक्टको हिस्सा नभएको बताए । सोनूले भने, ‘कंगनाले आफू फिल्मलाई निर्देशन गर्न चाहेको बताइन् र यसमा उनलाई मेरो समर्थन चाहिएको बताइन् । मैले ठिक छ भने र फिल्ममा अत्यधिक मिहिनेत गरेका कारण पहिलो निर्देशकलाई पनि यसमा समावेश गर्नुपर्ने बताएँ । तर कंगना मानिनन्, उनले फिल्म आफैंले निर्देशन गर्ने...
आमिर खानका बडीगार्ड थिए यी अभिनेताः भने, ‘दुई वर्ष उनीसँग बसेपछि मेरो सोच फेरियो’
मनोरञ्जन, समाचार

आमिर खानका बडीगार्ड थिए यी अभिनेताः भने, ‘दुई वर्ष उनीसँग बसेपछि मेरो सोच फेरियो’

नेपाल अखबार, एजेन्सि। अभिनेता रोनित रोयले आमिर खानको बडीगार्ड बनेका बेला आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । रोनितले एक भारतीय मिडियासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘आमिरसँग काम गर्नुभन्दा अघिसम्म म ठूल्ठूला गाडी र अपार्टमेन्टको सपना देख्थेँ तर आमिरसँग दुई वर्ष काम गरेपछि मेरो सोचमा परिवर्तन आयो ।’ रोनित रोयका अनुसार आमिर खानसँग काम गरिरहेका बेला नै एकता कपुरले उनलाई दुई ठूला टिभी शोको प्रस्ताव दिएकी थिइन् र त्यतिबेला अहिलेसम्म जे सिकिरहेका छन्, त्यो अहिलेसम्म पनि निरन्तर रहेको उनले बताए । उक्त अन्तरवार्तामा उनलाई टेलिभिजन छोडेको हो भन्ने प्रश्नको सोधिएको थियो जसमा उनले भने, ‘मैले सिरियल ‘शक्ति’ मा एउटा सानो क्यामियो गरेको थिएँ । मैले उक्त भूमिका निर्वाह गर्नुको थुप्रै कारण थिए । टिभी खासै प्रचलनमा नभएका बेला म यसमा आएको थिएँ । त्यसपछि मानिसहरुले बिस्तारै टिभी मन ...
दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?
मनोरञ्जन, समाचार

दीपिका पादुकोणको ‘डिप्रेशन’ को विषयमा बोले रणवीर सिंह, कस्तो थियो उनको हालत ?

नेपाल अखबार, एजेन्सी  । नेशनल जियोग्राफीको शो ‘मेगा आइकन’ को नयाँ सिजनको पहिलो एपिसोड दीपिका पादुकोणमा आधारित छ । यसको टीजर सार्वजनिक भएको छ जसमा दीपिका पादुकोण आफ्नो जीवनको यात्राको बारेमा बताइरहेकी छिन् । दीपिका पादुकोणले यस भिडियामा उनले डिप्रेशनको समयमा कसरी तनाव कम गरिन् भन्ने विषयमा बोलेकी छिन् । उनको विषयमा उनका पति रणवीर सिंह र फिल्म निर्माता इम्तियाज अलीले पनि बोलेका छन् । दीपिका पादुकोणले सन् २०१२ मा इम्तियाज अलीको ‘ककटेल’ बाट आफूमा निकै ठूलो परिवर्तन आएको बताएकी छिन् । उनले आफू पहिले क्यामेराको अगाडि लजाउने र क्यामरामा खुल्न ‘ककटेल’ बाट सिकेको बताएकी छिन् । उक्त टीजरमा रणवीर सिंह पनि रहेका छन् । उनले भनेका छन्, ‘उनी निकै भावनात्मक उथल पुथलबाट गुज्रिरहेकी थिइन् । सायद उनलाई यो कुराको अवगत थिएन होला तर उनी आफ्नो परफरमेन्स दिइरहिन् ।’ दीपिकाको विषयमा इम्तियाज अलीले भनेका छन्, ‘दीपि...
कंगनाले भनिन्, ‘जयाजी, तपाईं र तपाईंको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, दुइ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’
मनोरञ्जन, विदेश, समाचार

कंगनाले भनिन्, ‘जयाजी, तपाईं र तपाईंको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, दुइ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’

नेपाल अखबार, एजेन्सि। फिल्म इन्डष्ट्रिमा सुशान्त सिंहको मामिलाबाट सुरु भएको विवाद भारतीय संसदसम्म पुगेको छ । र कुरा बलिउडको थालमा प्वाल पार्ने विषयमा भइरहेको छ । सपा सांसद जया बच्चनले राज्यसभामा थालमा प्वाल पारेको बयान दिएका थिए । यसमा कंगना रनौटले बुधबार जवाफ दिएकी छिन् । यसैबीच कंगना रनोटले जया बच्चनलाई दिएको जवाफमा स्वरा भास्करले बुधबार नायिकामाथि निशाना साँधेकी छिन् । उनले कंगनालाई ठूलाको इज्जत गर्न भनेकी छिन् । कंगनाले भने, ‘कुन थाल दिएको छ जयाजी र उनको इन्डष्ट्रिले ?’ यसअघि कंगनाले ट्वीट गरिन्, ‘जयाजी र उनकी इन्डष्ट्रिले कस्तो थाली दिएको छ ? एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आइटम नम्बर्स र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट सजाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’ जय...
सुटिङ सेटमा अभिनेताको मृत्यु
मनोरञ्जन, विदेश, समाचार

सुटिङ सेटमा अभिनेताको मृत्यु

नेपाल अखबार, एजेन्सि। मलयालम अभिनेता तथा डबिङ कलाकार प्रबिश चक्कललक्कलको केरलको कोच्चिमा एक फिल्मको सेटमा मृत्यु भएको छ । ४४ वर्षीय प्रबिश कथित रुपमा युट्युब च्यानल कोचिन कलेजका लागि सुटिङ गरिरहेका थिए, त्यति नै बेला उनी अचानक सेटमा लडे र उनको मृत्यु भयो । उनका सहयोगीले उनको मृत्युबारे पुष्टि गर्दै भने, ‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।’ जानकारीका अनुसार प्रबिश सेटमा लड्दा एक भिडियोग्राफरसँग पानी मागे । उनलाई तुरुन्त पानी दिइयो । यसैबीच उनको खल्तीमा कारको चाबी भेटियो जसा उनलाई अस्पताल पुर्याइयो । अस्पतालले उनलाई तत्काल मृत घोषित गरिदियो । प्रबिशले थुप्रै टेलि श्रृङ्खलामा काम गरेका छन् । डबिङ आर्टिस्टको रुपमा उनले थुप्रै चर्चित मलयालम फिल्ममा काम गरेका...