Tuesday, August 11

राजनीति

प्रधानमन्त्री कार्कीले दिइन् मन्त्री र सचिवलाई १४ बुँदे निर्देशन
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीले दिइन् मन्त्री र सचिवलाई १४ बुँदे निर्देशन

नेपालअखबार,काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बैठक राखेर सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएकी छन्। ‘गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ उनले निर्देशन दिँदै भनिन्। प्रधानमन्त्री कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिएकी छन्। निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योग...
आलोकनगरमा माधव,  प्रचण्ड र नारायणकाजीबीच छलफल
राजनीति, समाचार

आलोकनगरमा माधव, प्रचण्ड र नारायणकाजीबीच छलफल

नेपालअखबार,काठमाडौं । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका हुन् । उनीहरू नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा छलफलमा जुटेका हुन् । पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि उनीहरू जुटेको नेताहरूले बताएका छन् । हिजोमात्रै माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेका थिए । पार्टीको चुनाव चिन्ह तारा राखेका यी आठ दलले नाम भने घोषणा गरेका छैनन् ।...
माओवादी-समाजवादी एकतामा गोपाल किराती पनि जोडिए
राजनीति, विचार, समाचार

माओवादी-समाजवादी एकतामा गोपाल किराती पनि जोडिए

नेपालअखबार, काठमाडौं । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती पनि माओवादी-समाजवादी एकतामा जोडिएका छन् । आज सोमबार माओवादी केन्द्रका संयोजक प्रचण्ड र किरातीबीच एकता पत्रमा हस्ताक्षर भएको छ । हाल नेपाली राजनीतिमा अभूतपूर्व जोखिम उत्पन्न भइरहेकोले परिस्थितिलाई सही दिशातर्फ व्यवस्थित पार्न एकताबद्ध हुनुपरेको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘जनयुद्वका बेला भन्ने गरिएको हरेक प्रतिकुलतालाई अनुकुलतामा बदल्ने नीति अन्तर्गत देशका क्रान्तिकारीहरुवीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन आउँछ।’ १० वर्षे सशस्त्र युद्धको पहलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, नेपाली समाजको प्रकृति अनुरुप विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिबद्वता व्यक्त गरिएको छ । विगतमा भए गरेका वैचारिक राजनीतिक एवं सांगठानिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण ग...
आठ पार्टी मिलेर बन्ने नेकपा समाजवादीको चुनाव चिह्न पाँचकुने तारा
राजनीति, समाचार

आठ पार्टी मिलेर बन्ने नेकपा समाजवादीको चुनाव चिह्न पाँचकुने तारा

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीलगायत आठ पार्टी मिलेर बन्ने नेकपा समाजवादीको चुनाव चिह्न पाँचकुने तारा रहने भएको छ । आइतबार आठ पार्टीका नेताहरूले कात्तिक १९ गते पार्टी एकता घोषणा गर्ने १८ बुँदे सहमति गरेका छन् । सहमति पत्रमा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, विप्लव समूहका चिरन पुन, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकीले १८ बुँदे प्रस्तावमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेको सहमतिपत्रमा पार्टीको नाम खाली राखिए पनि चुनाव चिह्न पाँचकुने तारा रहने उल्लेख छ । एकीकृत पार्टीको केन्द्रदेखि वडातहसम्म संयोजक र सहसंयोजक हुनेछन् ।आगामी ६ ...
एकीकृत समाजवादीसँगको पार्टी एकताबारे हानिकारक हुन सक्छ  :  जनार्दन
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीसँगको पार्टी एकताबारे हानिकारक हुन सक्छ : जनार्दन

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने बताएका छन् । पार्टीको महाभिवेशन आयोजन समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । सचिवालय बैठक पार्टीको मुख्यालय पेरिसडाँडामा जारी छ । सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’ उक्त बैठकमा प्रचण्डले भने एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको ब्रिफिङ गरेका छन् । प्रचण्डले संगठनात्मक विषय समेत नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।...
एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
राजनीति, समाचार

एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ । त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ । पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उनले बताए ।...
एमालेले बदल्यो महाधिवेशन स्थल, अब काठमाडौंमै हुने
राजनीति, समाचार

एमालेले बदल्यो महाधिवेशन स्थल, अब काठमाडौंमै हुने

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) ले ११ औं महाधिवेशन काठमाडौंमै गर्ने भएको छ। एमालेको शनिबार बसेको सचिवालयको ५९ औं बैठकले महाधिवेशन स्थल परिवर्तन गर्दै काठमाडौंमै गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए। ‘केन्द्रीय कमिटीको दसौं बैठकले पोखरामाा गर्ने भनेको ११ औं महाधिवेशन स्थल आजको सचिवालय बैठकले परिवर्तन गरेको छ। अब पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिने छ,’ उनले भने। एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। एमालेको दसौं महाधिवेशन चितवनमा २०७८ मंसिरमा भएको थियो। त्यसअघि ९ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। पाँचौं महाधिवेशन पनि काठमाडौंकै प्रज्ञा भवनमा भएको थियो।...
‘राष्ट्रियसभामा जेनजीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन’
राजनीति, समाचार

‘राष्ट्रियसभामा जेनजीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन’

नेपालअखबार,काठमाडौँ । नेपाल सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यका रिक्त पदहरूको निर्वाचन गर्ने घोषणा गरेको छ । फागुन २० गते रिक्त हुने एक तिहाइ सदस्यका लागि निर्वाचन आयोगको परामर्शमा मिति तय गरिएको हो। गत २३ र २४ भदौको ‘जेनजी विद्रोह’ पछि राज्यका संरचनामा सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवा पुस्ता (जेनजी) को सहभागिता बढाउनुपर्ने माग उठेको छ। जेनजी आन्दोलनका अगुवा तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वको विषयमा चासो राखेकी छन्। नयाँ पुस्ताको आवाज र दृष्टिकोण निर्णायक तहमा पुग्नुपर्छ भन्ने विषय पेचिलो बने पनि राष्ट्रिय सभाको आवधिक निर्वाचनमार्फत जेनजीको प्रतिनिधित्व दल वा सरकारको चाहनाले मात्र सम्भव नदेखिने बताइएको छ। संवैधानिक व्यवस्था र सीमा नेपालको संविधान २०७२ को धारा ८६ मा संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभासम्...
एमाले सचिवालय बैठक सुरु
राजनीति, समाचार

एमाले सचिवालय बैठक सुरु

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुन्डुमा बैठक जारी छ । महाधिवेशनको तयारीका लागि बैठक बसेको हो । बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड लगायतबारे छलफल हुनेछ ।असोज अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले आउने मंसिर २७ देखि ३० गतेसम्म एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।...
तान्जानिया : निर्वाचनपछिको प्रदर्शनमा ‘सयौँ’ मारिएको विपक्षीको दाबी
राजनीति, विश्व, समाचार

तान्जानिया : निर्वाचनपछिको प्रदर्शनमा ‘सयौँ’ मारिएको विपक्षीको दाबी

नेपालअखबार,डोडोमा । तान्जानियामा यस हप्ताको विवादास्पद निर्वाचनपछि भएका विरोध प्रदर्शनहरूमा सयौँ मानिस मारिएको मुख्य विपक्षी दलले दाबी गरेको छ। विपक्षी दल चादेमाका प्रवक्ता जोन किटोकाले प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या करिब ७०० पुगेको बताएका छन्। उनले पार्टी सदस्यहरूले देशभरका अस्पतालहरूको भ्रमणपछि यो आँकडा निकालेको जानकारी दिएका हुन्। यता, संयुक्त राष्ट्र संघले भने सुरक्षा बलको हातबाट कम्तीमा १० जनाको मृत्यु भएको विश्वसनीय खबरहरू रहेको बताएको छ, जसले विपक्षीको दाबीसँग विरोधाभास देखाउँछ। तान्जानियाका विदेश मन्त्री महमूद थाबित कोम्बोले पनि विपक्षीको दाबीलाई अस्वीकार गर्दै सरकारले ‘अत्यधिक बल’ प्रयोग नगरेको र प्रदर्शनकारीको मृत्युसम्बन्धी कुनै आधिकारिक तथ्याङ्क नभएको बताएका छन्। उनले केही क्षेत्रमा सरकारी सम्पत्तिहरू जस्तै कार्यालय र सवारी साधनहरूमा हिंसा र तोडफोडका घटना भएको स्वी...