Tuesday, August 11

राजनीति

झलनाथ खनाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
राजनीति, समाचार

झलनाथ खनाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। खनाल मंगलबार राति अध्यक्ष ओलीसँग छलफल गर्न भक्तपुरस्थित गुण्डुमा पुगेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पदाधिकारी माओवादी केन्द्रसहित आठ दलबीच हुन लागेको एकतामा जाने भएपछि खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्री लगायतका नेताहरु असन्तुष्ट बनेका छन्। एकीकृत समाजवादीभित्र विवाद चुलिँदै गएपछि उनीहरु विभिन्न चरणमा आ-आफ्ना समूह छलफलमा जुटेका हुन्। यता तीन दिन अघि नै दुई नेताबीच भेटघाट तय भएपनि अध्यक्ष ओलीको व्यस्तताका समय सारिएको थियो ।...
के पाकिस्तानले गाजामा सेना पठाउन थालेको हो ?
राजनीति, विश्व, समाचार

के पाकिस्तानले गाजामा सेना पठाउन थालेको हो ?

नेपालअखबार, काठमाडौं । पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ।  बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले  सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए।शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र शान्तिको लागि सुरक्षा बल उपलब्ध गराउन अरब देशहरू र सहयोगीहरूलाई अपील गरेको छ।यी देशहरूले जोर्डन र इजिप्टसँग परामर्श गरेर गाजामा प्यालेस्टिनी प्रहरीलाई तालिम र सहयोग गर्ने बताएका छन्।...
बहुविवाहका दोषी एमाले नेता पासाङ शेर्पा पक्राउ
प्रशासन, राजनीति, समाचार

बहुविवाहका दोषी एमाले नेता पासाङ शेर्पा पक्राउ

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो । उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् ।अशोक राईसँग छुटेर पछि उनी डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ जनाले राखे धारणा
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ जनाले राखे धारणा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा ११ जनाले धारणा राखेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय,सानेपामा बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका हुन् । बैठकमा कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा राखेका हुन् । गत असाेज २८ गतेदेखि सुरु कार्यसमितिको बैठक बुधबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ छ ।...
विकासोन्मुख देशहरूका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल
राजनीति, समाचार

विकासोन्मुख देशहरूका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष गरी विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान तथा सीप आवश्यक रहेको र त्यसका लागि एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक रहेको बताएका छन् । कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “विशेष गरी विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक ज्ञान र सीप पनि आवश्यक छ, हामीलाई एकता, न्याय र साझा जिम्मेवारीमा आधारित उन्नतस्तरको समर्थन आवश्यक छ, न्यायपूर्ण विश्व व्यापार प्रणाली, विकास सहायताका प्रतिबद्धताहरूको कार्यान्वयन, जलवायु वित्त, प्रविधि हस्तान्तरण र लगानीको पनि आवश्यकता छ”, राष्ट्रपति पौडेलले त्यसक्रममा भने । उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा सबैको पहुँच सुनिश्चित गर्नु आफूहरूको प...
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
राजनीति, समाचार

शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता

नेपालअखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मतदाता नामवलीमा नाम दर्ता गराएका छन् । ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरिकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ मन्त्री पुनले लेखेका छन् । अब आउने सरकार जेनजीको बन्नुपर्ने उनले बताएका छन् । ‘भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन । यो कुरा समयान्तरमा ध्रुव सत्य सवित भैसक्यो । लौ त भाइबहिनीहरू भोटर लिस्टमा नाम लेखाउन गैहाल त,’ उनले लेखेका छन् ।...
कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा अघि बढौँ : झलनाथ खनाल
राजनीति, विचार, समाचार

कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा अघि बढौँ : झलनाथ खनाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गरेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने उनले जिकिर गरे । नेता खनालले सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गरे । सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लिगेसीलाई पुनः जागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताए। कुनै अर्को पार्टीमा गएर विलय हुने कुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गरे । अब आफूहरू नयाँ कार्यद...
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै,
राजनीति, समाचार

माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै,

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बोलाइएको छ ।  बैठकले एकीकृत समाजवादीसहितका दलहरुसँगको एकताको सहमतिलाईअनुमोदन गर्ने नेताहरुले बताएका छन् । यही कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थियो । त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए । उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछ...
बंगलादेशमा पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने
राजनीति, विदेश, समाचार

बंगलादेशमा पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने

नेपालअखबार, काठमाडौ‌ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले  चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। तर हाल उनको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ । सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी थिइन् । तीन पटक बङ्गलादेश सरकारको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष ...
जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
राजनीति, समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

नेपालअखबार, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिए ।...