Tuesday, August 11

राजनीति

अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर
राजनीति, विश्व, समाचार

अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर

नेपालअखबार,काठमाडौं । अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुईवटा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका-जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ को सुरूवातलाई दर्शाउँछ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ । ‘पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको साझेदारीलाई अझै मजबुत गर्नेमा केन्द्रित छ’, बीबीसीमा प्रकाशित समाचारमा भनिएको छ, ‘अर्को महत्वपूर्ण खनिजको सम्झौता दुर्लभ खनिज (रेयर अथ्र्स) को आपूर्ति सुनिश्चित गर्नका लागि एउटा ढाँचा प्रदान गर्दछ ।’ सम्झौतामा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले जापानको सराहना गर्दै अमेरिकाको मजबुत सहयोगीको रूपमा चित्रित गरे । उनले जापानकी पहिलो महिला प्रधानमन्त्री तकाइचीको पनि प्रशंसा गरे ।...
नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन
राजनीति, विचार, समाचार

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले भने प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन

नेपालअखबार,काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको बताएका छन्। भ्रातृ संगठन नेपाल तरूण दलको ७३औँ स्थापना दिवसका अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारबाट असंवैधानिक रुपमा प्रतिनिधिसधा विघटन भएको बताएका हुन्। ‘प्रतिनिधिसभा असंवैधानिक तबरले विघटन भयो,’ खड्काले भने, ‘यस सेरोफेरोमा हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौँ।’ उनले जेनजी आन्दोलनका कारण मुलुक अप्ठ्यारोमा परेका बेला आगजनीबाट क्षतिग्रस्त शीतलनिवासको आँगनमा बसेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गरेको पनि बताए। ‘संविधान जोगाउन धेरै ठूलो अप्ठ्यारो भयो। राष्ट्रपति रामचन्द्र पौडेलले जलेको शीतलनिवासको आँगनमा बसेर जीवनको लामो अनुभव र जनतालाई केन्द्रमा राखेर संविधानको रक्षा गर्ने का...
देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्ट्रपति यादव
राजनीति, समाचार

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्ट्रपति यादव

नेपालअखबार,काठमाडाैँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन्। छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भन्ने कामनाका साथ पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’ उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक व्रतालु उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो सूर्यलाई अघ्र्य र उदाउँदो सूर्यलाई अर्घ्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्म...
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, “यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।” छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ । सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना र व्रत गरी रातभर खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धूमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ । छठको व्रत...
ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति
राजनीति, विश्व, समाचार

ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

नेपालअखबार,काठमाडौं । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचा (नमूना) मा सहमति जुटेको छ । उक्त सहमतिको ढाँचालाई यसै साता दुवै देशका नेताहरू बीचको भेटघाटका दौरान छलफल गरिने भएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौताको ढाँचामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सम्झौता र चीनले दुर्लभ खनिजहरूमा लगाइएको नयाँ प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने निर्णय समावेश रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुसार चीनबाट आयात हुने सामानमा लगाइने शतप्रतिशत कर लागू हुने सम्भावना नरहेको पनि बताएका छन् । चीनले अमेरिकाबाट सोयाबिन खरिदलाई फेरि सुरू गर्ने पनि अर्थमन्त्री बेसेन्टको भनाइ छ । दुवै देशहरू विश्वका दुई सबैभन्दा ठूला अर्थव्यवस्थाका बीच जारी ‘ट्रेड वार’ लाई बढ्न नदिने प्रयास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प एशियाको एक साता लामो भैमणमा छ...
शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री मधेस जाने
राजनीति, समाचार

शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

नेपालअखबार,काठमाडाैँ । शान्ति सुरक्षाको अवस्था र चुनावको तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् । मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृह सचिव रामेश्वर दंगाल पनि सहभागी हुनेछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सोमबार र मङ्गलबार गरी उनी दुई दिन मधेसमा रहनेछन् । त्यसक्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्नेछन् । यस्तै उनी छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।...
आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
राजनीति, समाचार

आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले अबको २१ दिनभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यही कात्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने गरी कार्यतालिका तय भएको छ । उनी भन्छन्, ‘३० गते भनेको निवेदन दिने मिति होइन । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने मिति हो ।’ ढिलो गरी दल दर्ताको निवेदन आएको खण्डमा समस्या हुन सक्ने आयोगका अर्का एक अधिकारी बताउँछन् । उनका अनुसार दल दर्ताको निवेदन दिएको ४५ दिनभित्र आयोगले निर्णय दिनुपर्ने कानुनी व्यवस्था छ । ‘अहिले निर्वाचनको सम्मुखमा भएकाले ४५ दिन नै लाग्छ भन्न मिलेन । व्यावहारिक रुपमा सबै कागजपत्र मिलेर आएको खण्डमा यथाशीघ्र दल दर्ताको प्रमाणपत्र दिइन्छ,’ ति अधिकारी भन्छन्, ‘व्यवहारिक रूपमा हेर्दा कात्तिक २५ गते अगाडि निवेदन आइसकेको खण्डमा ३० गतेसम्म दल द...
युद्धपोत पठाएसँगै अमेरिकाले ‘युद्धलाई बढावा’ दिएको भेनेजुएलाको आरोप
राजनीति, विदेश, समाचार

युद्धपोत पठाएसँगै अमेरिकाले ‘युद्धलाई बढावा’ दिएको भेनेजुएलाको आरोप

नेपालअखबार,काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई 'युद्धलाई बढावा' दिएको आरोप लगाएका छन्। अमेरिकाले क्यारिबियन क्षेत्रतर्फ विश्वको सबैभन्दा ठूलो युद्धपोत पठाएपछि उनले यो भनाइ सार्वजनिक गरेका हुन्, जसले यस क्षेत्रमा सैन्य तनावलाई अझ बढाएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार ९० वटा विमान बोक्न सक्ने यूएसएस जेराल्ड आर. फोर्ड विमानवाहक जहाजलाई भूमध्यसागरबाट क्यारिबियनमा तैनाथ गर्न आदेश दिएका थिए। राष्ट्रपति निकोलस मादुरोले सरकारकी सञ्चारमाध्यमलाई भने, ‘उनीहरूले नयाँ युद्ध सिर्जना गरिरहेका छन्। उनीहरूले फेरि कहिल्यै युद्धमा संलग्न नहुने वाचा गरेका थिए, तर उनीहरू एउटा युद्ध सिर्जना गरिरहेका छन्।’ अमेरिकाले हालैका दिनहरूमा क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ। उसले उक्त क्षेत्रमा युद्धपोत, आणविक पनडुब्बी र एफ-३५ लडाकु विमानहरू तैनाथ गरेको ...
मन्त्री कुलमान घिसिङले भने– म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन
राजनीति, समाचार

मन्त्री कुलमान घिसिङले भने– म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन

नेपालअखबार,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्। मन्त्री घिसिङले आफूलाई 'उज्यालो नेपाल' पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चार माध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। 'सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताबारे कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो जूम बैठकमा मेरो सहभागिता समेत नरहने प्रस्ट पार्छु,' उनले भने, 'मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्छु। र, सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्छु।'...
ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुने
राजनीति, विश्व, समाचार

ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच दक्षिण कोरियामा भेटवार्ता हुने

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ३० अक्टोबरमा भेटवार्ता हुने ह्वाइट हाउसले पुष्टि गरेको हो । दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म  एशिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) सम्मेलन हुँदैछ । यो सम्मेलनमा राष्ट्रपति ट्रम्प सहभागी हुनेछन् । त्यसै क्रममा सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन्। दुवै नेताबीचको यो भेटको सम्भावना पहिले नै देखिएको भए पनि अमेरिका-चीनबीच बढ्दो तनावका कारण यसबारे अनिश्चितता थियो। ट्रम्पले दोहोर्‍याएर राष्ट्रपति पद सम्हालेपछि दुवै नेताको पहिलो भेटवार्ता हुनेछ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।...