Tuesday, August 11

राजनीति

निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन :कांग्रेसका सभापति देउवा
राजनीति, विचार, समाचार

निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन :कांग्रेसका सभापति देउवा

नेपालअखबार, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन्।‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’...
पूर्वसभामुख महराले सुन तस्करीमा संलग्न छैन भन्दै इन्कारी बयान
राजनीति, समाचार

पूर्वसभामुख महराले सुन तस्करीमा संलग्न छैन भन्दै इन्कारी बयान

नेपालअखबार,काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गपरेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् । जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् । चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् । ‘उक्त सुनको अवैध पैठारी (तस्करी) मा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन,’ महराले बयानमा भनेका छन्, ‘चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट (ख्बउभक) भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भिर्त्याउनको लागि मेरो कुनै लगानी छैन ।’ आफू सञ्चारमन्त्री हुँदा दावाले आफूलाई फलफूल व्यापारी भन्दै आएर भेटेको उनले बताएका छन् । ‘निजको व...
रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं
राजनीति, विश्व, समाचार

रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं

नेपालअखबार, काठमाडौं । रूसका विदेश मन्त्री सर्गेई लाभरोभले संयुक्त राष्ट्र संघको तर्फबाट प्रतिबन्धहरू लगाइए पनि रूसले इरानलाई सैन्य सहयोग जारी राख्ने बताएका छन् । उनले यसका लागि रूसले अन्तर्राष्ट्रिय कानुनहरूको पालना गर्ने पनि बताए । उनले भने, ‘हामी यी प्रतिबन्धहरूलाई मान्दैनौं ।’ संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सैन्य हतियारसँग सम्बन्धित प्रतिबन्धहरू लगाएको थियो, जुन अक्टोबर २०२० मा समाप्त भइसकेको थियो। यस अन्तर्गत इरानमाथि हतियारको खरिद-बिक्रीसँग जोडिएको कुनै कानुनी प्रतिबन्ध थिएन, तैपनि सुरक्षा परिषद्ले यी प्रतिबन्धहरूलाई फेरि लागू गर्नका लागि मतदान गरेको छ। अमेरिकाले प्रतिबन्धको पक्षमा मतदान गर्दा चीन र रूसले यसको विरोध गरेका छन् । रूसले आधिकारिक रूपमा यी प्रतिबन्धहरूलाई नमान्ने बताएको छ। बीबीसीका अनुसार, लाभरोभले रोयटर्ससँग भनेका छन्, ‘संयु...
गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर
राजनीति, विश्व, समाचार

गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर

नेपालअखबार,रफाह । यतिबेला गाजापट्टी कुनै भूगोल नभएर बारूदले क्षतविक्षत मानव पीडाको प्रतीक बनेको छ । इजरायलले विगत दुई वर्षमा यहाँ झन्डै २ लाख टन बराबरको विस्फोटक पदार्थ खसालेको छ । यो भनेको १३ वटा आणविक बमको संयुक्त शक्ति बराबरको बारुद हो । यी आक्रमणका क्रममा १ लाख भन्दा धेरैको ज्यान गयो । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गएको अक्टोबरमा प्रकाशित गरेको ‘गाजाको पुनर्निर्माण सूचकांक’को शीर्षकको प्रतिवेदनअनुसार गएको दुई वर्षमा गाजामा १ लाख ५ हजार ८०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँका प्रत्येक १० मध्ये ८ ओटा भवनहरू भग्नावशेष भएका छन् । गाजा बस्न योग्य नै छैन । ९० प्रतिशत बासिन्दाको घर या त भत्किएका छन वा बस्न योग्य नै छैनन् । ९५ प्रतिशतभन्दा बढी बहुतले भवनहरू ध्वस्त भएका छन् । यूएनडीपी र विश्व बैंकको संयुक्त सर्वेक्षणले गाजामा अहिले ६ करोड टनभन्दा बढी भग्ना...
इसराइल-हमास युद्ध अन्त्य भएको ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार

इसराइल-हमास युद्ध अन्त्य भएको ट्रम्पको घोषणा

नेपालअखबार,माडागास्कर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो इसराइल-हमास युद्ध अन्त्य भएको घोषणा गरेका छन्। युद्धविराम सम्झौता अनुसार सोमबार इसराइलले प्यालेस्टिनी बन्दी बोकेका बसहरू घर फर्कायो भने हमासले गजाबाट जीवित बन्धकहरूलाई मुक्त गर्‍यो। त्यसपछि ट्रम्पले सो घोषणा गरेका हुन्। बन्धक-बन्दी फिर्ता भएको केही घण्टापछि ट्रम्पले गजापट्टीको भविष्य र व्यापक क्षेत्रीय शान्तिको सम्भावनाबारे छलफल गर्न इजिप्टमा मुस्लिम र युरोपेली नेताहरूको बैठक बोलाए। सो जमघटमा अनुपस्थित रहेका हमास र इसराइल दुवैले अझै आगामी कदमहरूमा सहमति जनाएका छैनन् भनेर समाचार संस्था रोयटर्सले जनाएको छ। युद्धविरामको पहिलो चरणको सम्झौता अनुसार अमेरिकाले इजिप्ट, कतार र टर्कीसँग मिलेर बन्धक र कैदी-बन्दीहरूको रिहाइका लागि मध्यस्थता गरेको थियो। त्यसपछि इजिप्टको समुद्री किनारको रिसोर्ट...
जेनजी प्रदर्शनमा सेना जोडिएपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे
राजनीति, विश्व, समाचार

जेनजी प्रदर्शनमा सेना जोडिएपछि माडागास्करका राष्ट्रपति देश छाडेर भागे

नेपालअखबार,माडागास्कर । माडागास्करका राष्ट्रपति एन्डी राजोएलिनाले आफूलाई पद छाड्न माग गर्दै हप्तौँदेखि जारी विरोध प्रदर्शनपछि आफ्नो ज्यान लिने प्रयास भएको भन्दै एउटा ‘सुरक्षित स्थान’ मा लुकिरहेको बताएका छन्। ५१ वर्षीय राजोएलिनाले फेसबुकमार्फत राष्ट्रलाई गरेको सम्बोधनमा भने,‘केही सैन्य अधिकारी र राजनीतिज्ञहरूको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो’ भनेका छन्। उनले आफ्नो हालको स्थान भने खुलाएनन्। यद्यपि, अपुष्ट रिपोर्टहरूले उनी ‘फ्रान्सेली सैन्य विमान’ चढेर देशबाट भागिसकेको बताएका थिए। उनलाई सत्ताबाट हटाउने उद्देश्यले युवा प्रदर्शनकारीहरूको नेतृत्वमा दुई सातादेखि राष्ट्रव्यापी विरोध प्रदर्शन भइरहेको छ। ‘जेनजी माडा’ उपनाम दिइएका यी युवा प्रदर्शनकारीहरूलाई शान्त पार्ने राजोएलिनाका सबै प्रयास असफल भए। उनले आफ्नो सम्पूर्ण सरकार बर्खास्त गर्नेसहित अन्य सहुलियतहरू दिए पनि त्यसले काम गरे...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा  सभापति शेरबहादुर देउवा पनि सहभागी हुने उनी निकट नेताहरुले बताएका छन् । जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलोपटक बैठकमा सार्वजनिक हुन लागेका हुन् । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय कार्यसमितिमा प...
सुरक्षा परिषद्को बैठकमा सुरक्षा अवस्थाका विषयमा छलफल
राजनीति, समाचार

सुरक्षा परिषद्को बैठकमा सुरक्षा अवस्थाका विषयमा छलफल

नेपालअखबार,काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको छ । सोमबार दिउँसो सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारत भ्रमण रहेका अफगानी विदेशमन्त्री मुत्ताकी
राजनीति, विश्व, समाचार

भारत भ्रमण रहेका अफगानी विदेशमन्त्री मुत्ताकी

नेपालअखबार, काठमाडौं। कट्टरपन्थी इस्लामिक मुलुक अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीको भारत भ्रमणलाई यतिबेला विश्वले बडो रुचिपूर्वक हेरिरहेको छ । पाकिस्तानसँग अनेक मोर्चामा लडिरहेको भारतले कट्टरपन्थी इस्लामिकलाई हेर्ने नीति बदलेको बहस भारतमा भइरहेको छ । उनी आतंकवादीको सूचीमा रहेकाले उनलाई आफ्नो मुलुकको भ्रमणमा ल्याउन भारतले राष्ट्रसंघीय सुरक्षा परिषद्बाट विशेष अनुमति लिएको थियो । नेपालसँगको साइनो मुत्ताकीको सम्बन्ध नेपालबाट अपहरण भएको इण्डियन एयरलाइन्सको आईसी–८१४ विमान सँग पनि जोडिन्छ । काठमाडौंबाट दिल्ली उडेको सो विमान सन् १९९९ डिसेम्बर २४ मा अपहरणमा परेको थियो जसलाई अपहरणकारीले अफगानिस्तान लगेका थिए । अपहरणकारीको माग बमोजिम भारतीय जेलमा रहेका कस्मिरी पृथकतावादी नेता मसुद अजहरसहित तीन जनालाई लिएर तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैं अफगानिस्तान पुगेका थिए...
गाजा युद्धविरामको स्वागत गर्दै बगदादमा प्रदर्शन
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

गाजा युद्धविरामको स्वागत गर्दै बगदादमा प्रदर्शन

नेपालअखबार,काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा युद्धविराम गर्ने इजरायल र हमास बीच भएको सम्झौताको इराकी नागरिकहरुले समेत समर्थन गरेका छन् । युद्धविरामको समर्थन गर्दै इराकको राजधानी बगदादमा प्रदर्शन भएको हो । प्रदर्शनमा सयौं इराकी नागरिकहरु सहभागी भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । प्रदर्शनमा सहभागीहरूले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनी जनताको साथमा उभिन आह्वान गरेका छन् । प्यालेस्टिनी जनतालाई तत्काल अत्यावश्यक खाना र औषधि पुर्‍याउन जोड दिएका छन् । इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनको गहन वार्तापछि हमास र इजरायल बिहीवार युद्धविराम सम्झौता भएको थियो । इजरायली सेनाले शुक्रवार युद्धविराम लागू भएको घोषणा गर्‍यो ।युद्ध रोकिएसँगै प्यालेस्टिनीहरु आफ्नो घर भएको ठाउँमा फर्किरहेका छन् । भग्नावशेष पन्छाएर शव खोज्ने काम पनि सुरु गरिएको बी...