Tuesday, August 11

राजनीति

शिक्षामन्त्री पुनको निरीक्षण सानोठिमीमा
राजनीति, समाचार

शिक्षामन्त्री पुनको निरीक्षण सानोठिमीमा

नेपालअखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् । मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका छन् । केन्द्रमा मन्त्री पुनलाई कर्मचारीले शिक्षा क्षेत्रको समस्याबारे ब्रिफिङ गराएका छन् ।यसअघि मन्त्री पुन निरीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) पुगेका थिए ।...
दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
प्रशासन, राजनीति, समाचार

दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

नेपालअखबार, काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो । गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ । त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ । अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो मागदाबी गरिएको छ । २८ असार, २०८२ मा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो । कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा गरिदिन र अनुकुलको व्यक्ति व्यवस्थापन गरिदिने आश्वा...
असोज ३० गते दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने
राजनीति, समाचार

असोज ३० गते दलहरूसँग निर्वाचन आयोगले छलफल गर्ने

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा छलफल गर्न दलहरूलाई बोलाएको छ । निर्वाचनको मिति घोषणा गरेर कार्यतालिका सार्वजनिक गर्दा समेत दलहरुलाई छलफलका लागि नबोलाएको भन्दै सरकार र निर्वाचन आयोगको आलोचना भइरहेको थियो । निर्वाचनमा भाग लिने दलहरुलाई छलफलमा नबोलाएको आलोचना भएसँगै निर्वाचन आयोगले ३० असोजमा छलफलका लागि दलहरूलाई डाकेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘दलहरूसँग छलफल गर्ने असोज ३० का लागि तयारी भएको छ । औपचारिक पत्र लेख्न बाँकी छ ।’...
इजिप्टमा इसराइल-हमास वार्ताः सहमति जुटाउन ट्रम्पले पठाए दूत, कतारी प्रधानमन्त्री पनि जाँदै
राजनीति, विश्व, समाचार

इजिप्टमा इसराइल-हमास वार्ताः सहमति जुटाउन ट्रम्पले पठाए दूत, कतारी प्रधानमन्त्री पनि जाँदै

नेपालअखबार, काठमाडौं । इसराइल र हमासबीच इजिप्टमा सोमबारदेखि जारी शान्ति वार्ता निष्कर्षमा पुगेको छैन। इजिप्टको शार्म एल शेखमा सोमबारदेखि अमेरिका, कतार, इजिप्ट र टर्कीको मध्यस्थतामा इसराइल र हमासबीच अप्रत्यक्ष वार्ता भइरहेको छ। मंगलबारसम्म सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफ र आफ्नो ज्वाइँसमेत रहेका यसअघिका मध्यपूर्व सल्लाहकार जारेड कुश्नरलाई इजिप्ट पठाउने भएका छन्। अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसका अधिकारी र इजिप्टका विदेशमन्त्री बद्र अब्देलतीले विटकोफ र कुश्नर वार्तामा सहभागी हुने पक्कापक्की भएको बताएका छन्। इसराइल र हमासबीच शान्ति वार्ताका लागि ट्रम्पले २० बुँदे प्रस्ताव तयार पारेका थिए। सेप्टेम्बर २९ मा ह्वाइट हाउस पुगेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ट्रम्पले आफूले तयार पारेको प्र...
इक्वेडरका राष्ट्रपतिको हत्या प्रयासको आरोपमा ५ जना पक्राउ
राजनीति, विदेश, समाचार

इक्वेडरका राष्ट्रपतिको हत्या प्रयासको आरोपमा ५ जना पक्राउ

नेपालअखबार, क्वीटो । इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआलाई लक्षित गरी हत्या प्रयास गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। यो जानकारी देशकी ऊर्जामन्त्री इनेस मान्जानोले दिएकी हुन्। ऊर्जामन्त्री मान्जानोका अनुसार पूर्वाधार परियोजनाहरूको घोषणा गर्न काना प्रा प्रान्ततर्फ जाँदै गर्दा नोबोआको कारलाई करिब ५०० जनाको समूहले घेरेर ढुङ्गामुढा गरेका थिए। मन्त्रीले पछि कारमा गोली लागेको सङ्केत देखिएको तर राष्ट्रपति भने सुरक्षित रहेको बताइन्। प्रेसिडेन्सीद्वारा जारी भिडियोमा सयौँ मानिसहरूले गाडीको कारकेड नजिक आउँदा ढुङ्गा प्रहार गरेको देखिन्छ। यस क्रममा केही गाडीका झ्यालहरू फुटेका छन्। पक्राउ परेकाहरूलाई आतङ्कवाद र हत्या प्रयासको अभियोग लगाइने अधिकारीहरूले बताएका छन्। मन्त्री मान्जानोले राष्ट्रपतिमाथि गोली चलाउनु र राज्यको सम्पत्तिमा क्षति पुर्‍याउनु आपराधिक कार्य भएको बताइन्। इक्वेडरमा डि...
नेकपा एसले बोलायो असोज २४ गते सचिवालय बैठक
राजनीति, समाचार

नेकपा एसले बोलायो असोज २४ गते सचिवालय बैठक

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादीले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार यो बैठकपछि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछन् । सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक मिति तय गर्ने उनले बताएका छन् ।  यसअघि भदौ अन्तिम साता पार्टी कमिटीका बैठकहरू तय भए पनि जेनजी आन्दोलनका कारण स्थगित भएका थिए । गत सचिवालय बैठकले पार्टी एकताका लागि बेदुराम भुसालको नेतृत्वमा वार्ता कमिटी गठन गरेको थियो । आगामी बैठकमा पार्टी एकताबारे थप छलफल हुने नेताहरूले बताएका छन् ।...
जेनजीका माग पूरा गर्न कांग्रेसमा ‘शल्यक्रिया’ आवश्यक: नेता महर
राजनीति, समाचार

जेनजीका माग पूरा गर्न कांग्रेसमा ‘शल्यक्रिया’ आवश्यक: नेता महर

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले जेनजी पुस्ताका सरोकारहरूलाई सम्बोधन गर्न पार्टीमा तत्काल ‘शल्यक्रिया’ आवश्यक रहेको बताएका छन्। उनले १४औँ महाधिवेशनका आकाङ्क्षा पूर्ण हुन नसकेको र पार्टी सत्ता सञ्चालन र गठबन्धन व्यवस्थापन मा बढी केन्द्रित भएको आरोप लगाएका छन्। महरले पार्टीको बहुपदीय व्यवस्थाको औचित्यमाथि प्रश्न गर्दै विधान, केन्द्रीय समिति र व्यक्तिगत प्रतिबद्धताहरूको कार्यान्वयनको समीक्षा गर्नुपर्ने चुनौती औँल्याएका छन्। सुशासन, रोजगारी, पारदर्शिता र अवसरका माग उठाएको जेनजी पुस्तामा निराशा बढ्न नदिन उनीहरूलाई नीति निर्माणमा समावेश गर्नुपर्ने उनको भनाइ छ। कांग्रेसको पुनर्जागरणका लागि महरले दुई साहसिक कदमहरू आवश्यक भएको बताएका छन्: १.  सामूहिक जवाफदेहिता: चुनावमा गठबन्धन, टिकट वितरण र सिद्धान्तविपरीतका राजनीतिक सहकार्यको चोटलाई नैतिक शुद्धीकरण गर्न 'संलग्न ...
इजरायल-प्यालेस्टाइन युद्धविराम वार्ता इजिप्टमा सुरु, ट्रम्पको योजनामा सहमति खोजिँदै
राजनीति, विश्व, समाचार

इजरायल-प्यालेस्टाइन युद्धविराम वार्ता इजिप्टमा सुरु, ट्रम्पको योजनामा सहमति खोजिँदै

नेपालअखबार,कायरो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा युद्धविराम योजनामा अन्तिम सहमति जुटाउन इजरायली र प्यालेस्टिनी वार्ताकारहरूबिच अप्रत्यक्ष वार्ता सोमबार साँझ इजिप्टमा सुरु भएको छ। अमेरिका, कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूको उपस्थितिमा यो वार्ता ‘केही दिन’ चल्ने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले वार्ता ‘छिटो अगाडि बढाउन’ आग्रह गरेका छन् र हमासले गाजामा सत्ता नछोडे ‘सफाया’ हुने चेतावनी दिएका छन्। ट्रम्पले शुक्रबार इजरायललाई गाजामा बमबारी रोक्न भने पनि त्यसयता १०० भन्दा बढी मानिस मारिएका छन्। गाजाका बासिन्दाहरूले युद्धविरामको आशाप्रति मिश्रित भावना व्यक्त गरेका छन्। इजिप्टको अल काहेरा न्यूजका अनुसार हमास र मध्यस्थकर्ताहरूबिचको वार्ता सकारात्मक माहोलमा शर्म अल-शेख मा जारी रहनेछ। अक्टोबर ७ को आक्रमणको दोस्रो वर्षगाँठमा बेलायती प्रधानमन्त्री कर स्टार्मरले बन्धकहरूको रि...
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
राजनीति, समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालअखबार, काठमाडौँ ।  माओवादी केन्द्रको विशेष महाधिवेशन तयारी, अन्य दलसँग पार्टी एकता र घोषित निर्वाचनको तयारीका लागि पदाधिकारी बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेछ। बैठकले मङ्सिरको अन्तिम साता हुने भनिएको महाधिवेशनको कार्यविधि, त्यसअगाडि अन्य पार्टीहरूसँग गर्ने पार्टी एकता र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनले विशेष महाधिवेशन तयारीको लागि आवश्यक पर्ने कार्यविधि र पार्टी एकताको लागि छलफल भइरहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादी नेपाल समाजवादी पार्टी लगायतसँग एकताको विषयमा पनि प्रस्ताव अघि बढाउने बताए । साथै उनले फागुन २१ मा घोषणा भएको निर्वाचनको तयारीका लागि आवश्यक कार्यक्रम बनाउने पनि बताए । उनले भने, 'हामी विशेष महाधिवेशन अन्य पार्टीहरूसँग एकता र निर्वाचनको तयारी पनि सँग...
अहिलेको कठिन घडीमा प्रदेश सरकार नागरिकसँगै छ: मुख्यमन्त्री सिंह
राजनीति, समाचार

अहिलेको कठिन घडीमा प्रदेश सरकार नागरिकसँगै छ: मुख्यमन्त्री सिंह

नेपालअखबार,जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नागरिकलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले आज विज्ञप्ति जारी गर्दै वर्षा र बाढीले सिर्जना गरेको यो चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा निकाय नागरिकको सुरक्षाका लागि पूर्ण रूपमा सक्रिय र प्रतिबद्ध रहेको बताएका छन् । उनले प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझी जिम्मेवारीपूर्वक सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिइएको पनि बताए । उनले थपे, ‘नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेका छन्, र कुनै पनि अमूल्य मानव जीवनको क्षति नहोस् भन्ने कामना गर्दछु ।’ मुख्यमन्त्री सिंहले अगाडि भनेका छन्, ‘यो कठिन घडीमा प्रदेश सरकार तपाईंका साथ छ। हामी सबै मिलेर यो विपद् पार गर्नेछौं। एक अर्काको सहयोग र एकताको भावना ...