Tuesday, August 11

राजनीति

नजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना :सभापति देउवा
राजनीति, विचार, समाचार

नजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना :सभापति देउवा

नेपालअखबार,काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनपछि भएको हिंसात्मक गतिविधि नेपालको इतिहासमा अकल्पनीय र दु:खद घटना भएको बताएका छन्। सोमबार दसैंको शुभकामना दिँदै उनले भदौ २४ गतेको घटना अकल्पनीय र दु:खद भएको बताएका हुन्। ‘भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू लगायत अन्य सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटवाट खर्बौंको क्षति भएको छ। नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुखद घटनाको रूपमा रहेको छ,’ उनले लेखेका छन्। उनले भदौ २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको आन्दो...
राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष दाहाल
राजनीति, समाचार

राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष दाहाल

नेपालअखबार,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाइ आह्वान गरेका छन् । विजया दशमीको उपलक्षमा आज शुभकामना व्यक्त गर्दै उनले जेनजी प्रदर्शनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले भनेका छन्, “फजुल खर्च, परम्परा र संस्कारका नाममा गरिने कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसियाली आदानप्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक दसैँं मनाउन म सबैलाई आग्रह गर्दछु ।” बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकता थप मजबुत बनाउने उहाँको विश्वास छ । सन्देशमा...
हमाससँग युद्धविरामबारे इजरायलले गम्भीररुपमा सोचिरहेको छ : बेन्जामिन नेतन्याहू
राजनीति, विश्व, समाचार

हमाससँग युद्धविरामबारे इजरायलले गम्भीररुपमा सोचिरहेको छ : बेन्जामिन नेतन्याहू

नेपालअखबार,काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा हमाससँग युद्धविराम प्रस्तावमा इजरायल गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन् । यो वक्तव्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटको एक दिन अघि आएको हो। उनले भने, 'हामी युद्धविराम प्रस्तावमा काम गरिरहेका छौं । यसलाई अझै अन्तिम रूप दिइएको छैन तर हामी राष्ट्रपति ट्रम्पको टोलीसँग यसमा काम गरिरहेका छौं ।' नेतन्याहूले प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्वमा अहिलेसम्म ६६ हजार जनाको मृत्यु भइसकेको छ। इजरायलको हालैको आक्रमणपछि नेतन्याहूको सरकारमाथि युद्धविरामको लागि अन्तर्राष्ट्रिय दबाब निरन्तर बढिरहेको छ। यो २१ बुँदे शान्ति सम्झौतामा अरब देशका अधिकारीहरूसँग पनि छलफल भएको छ। सम्झौतामा ४८ घण्टा भित्र सबै इजरायली बन्धकहरूको रिहाइ र गाजाबाट इजरायली सेनाको पूर्ण फ...
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू
राजनीति, समाचार

संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू

नेपालअखबार,काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न भनेर अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयलाई पत्र लेखेको हो । प्रचलित कानुनमा उल्लेख भएका बमोजिम बाहेक सेवा सुविधा उपब्ध गराइएको भए त्यस्ता सावरी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न भनिएको छ । सरकारको निर्णय लगत्तै समाचार प्रकाशित भएपछि राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसा तिमिल्सिनाले गाडी फिर्ता गरेका छन् । पूर्वसभामुखद्धय ओनसरी घर्तीमगर र पू...
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
राजनीति, समाचार

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता जनाएकी हुन् । साथै उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताएकी छन् । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।...
संकट समाधानका लागि संसद् पुनःस्थापनाबाट नयाँ मार्ग खोजौँ : नैनसिंह महर
राजनीति, समाचार

संकट समाधानका लागि संसद् पुनःस्थापनाबाट नयाँ मार्ग खोजौँ : नैनसिंह महर

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताएका छन् । अन्योलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न कि त निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनुपर्ने कि त संसद् पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउन सकिने विकल्प उनले अघि सारेका हुन् । आज स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजना गरेको ‘वर्तमान संकट र समाधान’ विषयक विमर्श कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेता महरले यस्तो धारणा राखेका हुन् । महरले भने, 'आजको प्रमुख विषय भनेकै अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमले नयाँ जनमत लिने वा संसद पुनःस्थापना गर्ने विषयको राष्ट्रिय संवाद मार्फत निर्क्यौल गर्दै संविधानलाई लिकमा ल्याउनु हो ।' उनले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारल...
ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय
राजनीति

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

नेपालअखबार,काठमाडौँ ।  जेन-जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ। आइतबार बसेको आयोग बैठकले उनीहरूको विदेश भ्रमणमा रोक लगाउने गरी कारबाही अघि बढाउन सिफारिस गरेको हो। आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न पनि सिफारिस गरेको छ। आयोगले उनीहरूको विदेश भ्रमण रोक्न राहदानी विभागलाई पत्राचार गरेको छ। त्यस्तै, आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको छ।...
जनमत पार्टीबाट सुनसरीमा सामूहिक राजीनामा
राजनीति, समाचार

जनमत पार्टीबाट सुनसरीमा सामूहिक राजीनामा

नेपालअखबार,काठमाडौँ । सुनसरी जिल्लामा जनमत पार्टीका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । जनमत पार्टी सुनसरीका पूर्वजिल्ला इन्चार्ज रमानन्द मेहताको नेतृत्वमा ८१ जना नेता तथा कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टीमा वैचारिक विचलन तथा नेतृत्वमा चरम अवसरवाद देखिएको कारण आफूहरूले सामूहिक राजीनामा दिएको नेता मेहताले बताए । उनले भने, ‘मधेश विचार, मुक्ति र संघर्ष, तथा राजनीतिक संस्कारको जगमा स्थापित जनमत पार्टी र डा. सीके राउतबाट हामीलाई यति ठुलो घात हुन्छ भन्ने कुरा हामीले कहिल्यै कल्पना गरेका थिएनौँ, डा. राउतले जनमत पार्टीलाई निजीकरण गरी मुद्दा एजेण्डा सबै छाडेको कारण त्यो पार्टीमा बस्न उचित लागेन ।’ पछिल्लो समय पुराना स्वराजी (नेता)हरूलाई अपमान गरी पार्टीबाट निकाल्ने गरेको बताउँदै उनले पार्टीमा दलाल भ्रष्टहरूलाई प्रवेश गराउने गरेको कारण पुराना नेताहरू निस्किन लागेको उनले दाबी गरे ।...
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने सरकारको निर्णय
राजनीति, समाचार

जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने सरकारको निर्णय

नेपालअखबार,काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गर्ने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाएको छ । प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलको भनाइ छ । जेनजी क्लिनिकमार्फत सहज र निशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय समेत सरकारले गरेको छ । बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ ।...
एमालेले सचिवालय बैठक एमालेले बोलायो
राजनीति, समाचार

एमालेले सचिवालय बैठक एमालेले बोलायो

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एमालेका एक पदाधिकारीले जानकारी दिए। बैठक भक्तपुरको गुण्डुमै बस्ने तय भएको पनि ती पदाधिकारीले जानकारी दिए। एमालेले २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।...