Wednesday, July 8

राजनीति

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । संघीय संसदअन्तर्गत आज विभिन्न तीनवटा विषयगत समितिको बैठक बस्दैछ । आज बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा छुट्टाछुट्टै कार्यसूचीमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को समग्र अवस्थाबारे प्रस्तुतीकरण हुने कार्यसूची रहेको छ । बैठकमा परिषद्द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रमहरू, विद्यमान समस्या, चुनौती तथा नार्कको आगामी कार्यदिशाका सम्बन्धमा विस्तृत छलफल गरिने जनाइएको छ । त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ । उक्त बैठकमा आयोगका पदाधिकारीहरूलाई आमन्त्रण गरी आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनमा देखिएका जटिलता र भावी योजनाका व...
कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा
राजनीति, समाचार

कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला पोखरामा

नेपालअखबार,पोखरा । नेपाली कांग्रेसले बिहीबार पोखरामा प्रदेश र स्थानीय तहकेन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने भेला गर्न लागेको हो । जसअन्तर्गत कैलालीको धनगढीमा २६ र २७ वैशाखमा सुदूरपश्चिम प्रदेशस्तरीय तथा २८ र २९ वैशाखमा कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा सम्पन्न भइसकेको छ । गण्डकीपछि ४ र ५ जेठमा बागमती प्रदेशस्तरीय भेला काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने कांग्रेसले जनाएको छ । मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको ८ र ९ जेठमा सुनसरीको लौकीमा आयोजना गर्ने तयारी कांग्रेसको छ । यस्तै, लुम्बिनी प्रदेशको १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।...
विपक्षीले छाडेनन् अवरोध, दोस्रो बैठक पनि स्थगित
राजनीति, समाचार, हाइलाइट-समाचार

विपक्षीले छाडेनन् अवरोध, दोस्रो बैठक पनि स्थगित

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीले अवरोध राखेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै जवाफका लागि रुलिङ गर्न माग गर्दै अवरोध गरेको हो । अवरोध जारी भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । यसअघि पनि विपक्षीले सोही माग राखेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई उक्त प्रस्ताव पेस गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोकेर पठाएको जानकारी सभामुखले गरेर वाग्लेलाई रोस्ट्रममा बोलाएलगत्तै विपक्षीहरूले अवरोध सुरु गरेका थिए । यसविषयमा सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै संसद् बैठक सुरु भएको थियो । छ...
पूर्व अमेरिकी राष्ट्रपति ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट ट्रम्पले गरे सेयर
राजनीति, विश्व, समाचार

पूर्व अमेरिकी राष्ट्रपति ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट ट्रम्पले गरे सेयर

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा एक पोस्ट गरेका छन्। कुनै प्रमाण बिना नै ओबामामाथि देशद्रोहको आरोप लगाएर पक्राउको माग गरिएको सो पोस्ट ट्रम्पले साझा गरेको भनेर द वाशिङटन पोस्टले लेखेको छ। उनले चीन भ्रमणका लागि प्रस्थान गर्नु अघि गरेका धेरै पोस्ट गरिरहेका छन्। यसबीच उनले सो पोस्ट साझा गरेका हुन्। पोस्टले ओबामा सरकारले ट्रम्पको सन् २०१६ को चुनावी अभियानमा जासुसी गरेको भनेर ट्रम्पले वर्षौंदेखि उठाउँदै आएको दाबी समावेश थियो। ‘ती सबैलाई पक्राउ गर। सबैमाथि मुद्दा चलाऊ। धोकाधडी, देशद्रोह र अमेरिकी सरकार ढाल्न गरिएको विद्रोही षडयन्त्रका लागि सबैलाई एकैसाथ जेल हाल। तर सबैभन्दा पहिले, बाराक ओबामालाई,’ पोस्टको अन्त्यमा लेखिएको थियो। सन् २०१६ मा पहिलो कार्यकालका लागि ट्रम...
सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख
राजनीति, समाचार

सदनमा आउने नआउनेबारे प्रधानमन्त्रीसँग संवाद गर्छु : सभामुख

नेपालअखबार,काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् । ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज हामीले यसको प्रतिउत्तर, जवाफ हामीले भ्याउँदैनौँ,’ सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने, ‘आज छलफल अघि बढाउँ । जवाफ दिनेक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न, आउन सक्नुहुन्छ कि सक्नुहुन्न उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले निर्णय त दिन सक्दिनँ ।’ उनले भोलिको बैठकको विषयमा प्रधानमन्त्रीसँग संवाद गरेर कार्यव्यवस्था समितिको बैठकमा छलफल गर्...
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू यस्ता छन्

नेपालअखबार,काठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी गराए । यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू– –नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने । –विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।  –सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने । –भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।...
संविधान संशोधनलाई एकदमै संवेदनशील र गम्भीर विषय रहेको हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
राजनीति, समाचार

संविधान संशोधनलाई एकदमै संवेदनशील र गम्भीर विषय रहेको हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिने गल्ती नगर्न सचेत गराएका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराए । संविधान संशोधन गरौं तर त्यसले लोकतन्त्रको सुदृढ, सीमान्त क्षेत्रको प्रतिनिधित्व विस्तारित हुनुपर्ने प्रचण्डको भनाइ छ । ‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भनेका छन् । ठूलो विवेक, छलफल र संयमको माग संविधान संशोधनको विषयले लिने उनले बताए । ‘संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो । यसलाई हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्न हुँदैन । यसले ठूलो विवेक, छलफल र संयमको माग ग...
गरिबको घर भत्काउने काम निन्दनीय, सुकुमबासीको तत्काल उचित व्यवस्थापन गर: सांसद बोगटी
राजनीति, समाचार

गरिबको घर भत्काउने काम निन्दनीय, सुकुमबासीको तत्काल उचित व्यवस्थापन गर: सांसद बोगटी

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन अवस्थामा रहेका सुकुमबासीहरूको तत्काल उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बोगटीले सरकारले सुकुमबासी र गरिबमाथि अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। सरकार आफैँले सुकुमबासी बस्ती हटाउने क्रममा डोजर चलाएर गरिबका घरहरू भत्काएको उल्लेख गर्दै उनले यस्ता कार्य तत्काल रोक्न सरकारलाई सचेत गराएका छन्। मुलुकमा अहिले पनि दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासी गरी जम्मा ११ लाख २९ हजार ५१७ परिवारको समस्या ज्यूँका त्यूँ रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले सरकारले समस्या समाधान गर्नुको साटो उल्टै उनीहरूलाई घरबारविहीन बनाएको आरोप लगाएका छन् बैठकमा आफ्नो धारणा राख्दै सांसद बोगटीले भने, ‘अहिले पनि दलित, भूमिहीन सुकु...
संसदीय समितिमा मिडियालाई निषेध गर्न खोजिएकामा वर्षमानको आपत्ति
राजनीति, समाचार

संसदीय समितिमा मिडियालाई निषेध गर्न खोजिएकामा वर्षमानको आपत्ति

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट  पार्टीका सांसद वर्षमान पुनले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन माग गरेका छन्। बुधबार संसदको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए। लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो। ‘लेखा समितिसहित संसदका अरू समितिमा मिडिया राखेर छलफल हुनुपर्छ,’ पुनले भने, ‘संसदीय समितिहरू सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शीता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’ जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शीता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरूभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए। ‘जनताको करबाट राज्यले गर्ने खर्चको परादर्शीता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा...
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
राजनीति, समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

नेपालअखबार,काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालू बर्खे अधिवेशन लगायतका विषयमा छलफल गर्न रास्वपाले बुधबार केन्द्रीय समिति बैठक बोलाएको हो। केन्द्रीय समिति बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने र सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको प्रवक्ता मनिष झाले बताए। रास्वपाले भदौभित्र पहिलो महाधिवेशनको तयारी थालेको छ। महाधिवेशन कार्यविधि पारित गर्दै कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। केन्द्रीय महाधिवेशनको मिति भने तोकिएको छैन।...