Sunday, November 1

राजनीति

बाढीमा परेकाहरूको खोजी र उद्धार कार्य तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन
राजनीति, विश्व, समाचार

बाढीमा परेकाहरूको खोजी र उद्धार कार्य तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

नेपालअखबार, काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रमा गएको बाढी परेकाहरूको खोजी र उद्धार तीव्र पार्न निर्देशन दिएका छन्। बुधबार बिहान ९ बजे चीनको तिब्बतमा आएको बाढीले सीमावर्ती रसुवादेखि चितवनसम्म क्षति गरेको छ। राष्ट्रपति सीले बुधबार नै सम्बन्धित निकायहरुलाई खोजी र उद्धारमा खटिन निर्देशन दिएको चिनियाँ अनलाइन ग्लोबल टाइम्सले जनाएको छ। राष्ट्रपति सीले घटनापछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिन र राहत तथा उद्धारका सबै प्रयासलाई तीव्र बनाउन निर्देशन दिएका छन्। उनले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जोड दिएका छन्। घटनापछि स्थानीय अधिकारी तथा उद्धार टोलीहरू खोजी तथा राहत कार्यमा परिचालित भएका छन्। पहिरोका कारण सीमा क्षेत्रमा भएको क्षति र मानवी...
तत्काल उद्धार र राहतमा जुट्न नेकपाको अपिल
राजनीति, समाचार

तत्काल उद्धार र राहतमा जुट्न नेकपाको अपिल

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा ठुलो क्षति पुगेकाले तत्काल राहत र उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपाले विपदमा परेका नागरिकको जीवन रक्षा पहिलो दायित्व भएकाले विपद् व्यवस्थापनका लागि सम्पूर्ण संयन्त्र परिचालन प्रयोग गर्न सरकारसँग आग्रह गरेको हो । ‘विपद्मा परेका नागरिकको जीवन रक्षा पहिलो दायित्व भएको उल्लेख गर्दै पार्टीले विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू परिचालन गरी प्रभावकारी उद्धार तथा राहत कार्य अघि बढाउन सरकारसँग विशेष आग्रह गरेको छ’, विज्ञप्तिमा भनिएको छ । साथै, विपद्को यस कठिन घडीमा सङ्घ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक सबैल...
अमेरिकाले ‘आतंकवाद प्रवर्द्धनकर्ता देश’को सूचीबाट सिरियालाई हटायो
राजनीति, विश्व, समाचार

अमेरिकाले ‘आतंकवाद प्रवर्द्धनकर्ता देश’को सूचीबाट सिरियालाई हटायो

नेपालअखबार,काठमाडौं । अमेरिकाले आतंकवाद प्रवर्द्धन गर्ने देशहरूको सूचीबाट सिरियालाई हटाएको छ । ४७ वर्षपछि अमेरिकाले सिरियालाई उक्त सूचीबाट हटाएको घोषणा गरेको छ । अमेरिकी प्रशासनले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाउनुको उद्देश्य त्यहाँ विदेशी लगानीको वातावरण सहज बनाउनु र विश्व अर्थ व्यवस्थामा सिरियालाई फेरि सामेल गर्नु रहेको बताएको छ । आतंकवाद प्रवर्द्धन गर्ने अमेरिकी सूचीमा अझै तीन देश बाँकी छन् । जसमा इरान, उत्तर कोरिया र क्युबा रहेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाएपछि उसलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने बाटो दिने बताएका छन् । उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि अमेरिकाले अब सिरियामा बढी भन्दा बढी लगानी भित्र्याउन मद्दत गर्ने बताएका छन् । ‘यो कदम सिरियामा बढी लगानी ल्याउनेमा मद्दत गर्नेछ ...
प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय
राजनीति, समाचार

प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

नेपालअखबार,काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सञ्जाल ‘काठमाडौँ उपत्यका मेयर्स फोरम’को आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका समसामयिक विषयमा अवगत गराउने निर्णय गरेको छ। मंगलबार सम्पन्न फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो। प्रधानमन्त्रीसँग हुने भेटघाटमा २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति घोर आपत्ति समेत जनाइने विज्ञप्तिमा उल्लेख छ। यसअघि हालका प्रधानमन्त्री...
प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिर्पोटसहितको पत्र संसद् सचिवालयमा
राजनीति, समाचार

प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य रिर्पोटसहितको पत्र संसद् सचिवालयमा

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिर्पोटसहितको पत्र संसद् सचिवालय पुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे । यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले कालो चस्मा नलगाउन राजनीतिका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए । यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पाेट चाहिने बताएका थिए । यसअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने भनेर स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र पुगेको हो । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्दैछन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ ...
बागमतीमा मन्त्री बनेका तीन सांसद पदमुक्त गर्न राप्रपाको पत्र
राजनीति, समाचार

बागमतीमा मन्त्री बनेका तीन सांसद पदमुक्त गर्न राप्रपाको पत्र

नेपालअखबार, हेटौंडा । बागमती सरकारमा मन्त्री बनेका आफ्ना तीन जना सांसदलाई पदमुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभालाई पत्राचार गरेको छ । उपसभामुख अप्सरा चापागाईंलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न पत्र लेखेका हुन् । लिङ्देनले यसअघि राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न पत्रचार गरेका थिए । राप्रपाले पार्टीको पटक-पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा पदमुक्त गरेको जनाएको छ ।...
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै
राजनीति, समाचार

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची। यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोध...
डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ
राजनीति, विश्व, समाचार

डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाटा सेन्टरको विस्तारको समर्थन गर्दै यसको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेको बताएका छन् । पूर्व सहयोगी माइकल कोहेनसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन्। अन्तर्वार्तामाअमेरिका एआईमा चीनभन्दा धेरै अगाडि रहेको ट्रम्पले दाबी गरे। डाटा सेन्टरहरूले राष्ट्रिय ग्रिडबाट बिजुली नलिएको उनले बताए। ‘उनीहरूले आफ्नै पावर प्लान्टहरू बनाइरहेका छन्। उनीहरूले सुन्दर पावर प्लान्टहरू बनाइरहेका छन्, तपाईंहरूले यस्ता पावर प्लान्टहरू कहिल्यै देख्नुभएको छैन’, ट्रम्पले भने। डाटा सेन्टरले धेरै रोजगारी सिर्जना गर्ने भएकाले डाटा सेन्टर स्वीकार नगर्ने समुदायले ठूलो गल्ती गरिरहेको ट्रम्पको भनाइ छ। ‘डाटा सेन्टर स्वीकार नगर्ने समुदायहरूले गल्ती गरिरहेका छन्’, ट्रम्पले थपे। ट्रम्पको यो भनाइ डाटा सेन्टरहरूको विरोध भइरहेको समयमा आएको हो।केही डाट...
‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका छन् । साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका दौरान उनले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका हुन् । ट्रम्पले अमेरिकासँग सम्झौता गर्न चाहिरहे पनि इरान सही सम्झौताका लागि तयार नरहेको आफ्नो राय रहेको पनि बताए । इरानलाई कहिले पनि परमाणु हतियार हासिल गर्न दिन नहुने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले परमाणु हतियार इरानले हासिल गरे अत्यन्तै नराम्रो हुने चेतावनी पनि दिए । अमेरिकाले क्षेत्रमा आफ्नो ठूलो सैन्य उपस्थिति राख्नुका साथै इरानमाथि आर्थिक दबावसमेत बढाएका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । अमेरिकाले सोमवार इरानविरुद्ध नयाँ प्रतिबन्धबारे जानकारी दिने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूका ...
बागमतीका मुख्यमन्त्री किरण थापामगरले आइतबार विश्वासको मत लिने
राजनीति, समाचार

बागमतीका मुख्यमन्त्री किरण थापामगरले आइतबार विश्वासको मत लिने

नेपालअखबार,हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार (७ भदौ)मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरेका छन् । उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा ४ भदौ बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।...