Monday, August 3

राजनीति

नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रिया अगाडि बढेको छ : सभामुख अर्याल
राजनीति, समाचार

नेपाल-अमेरिका संसदीय मैत्री समूह पुनर्गठन प्रक्रिया अगाडि बढेको छ : सभामुख अर्याल

नेपालअखबार,काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँग दीर्घकालीन सहयोगात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँगको शिष्टाचार भेटमा कार्यवाहक राजदूत स्कटले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धता पुनः व्यक्त गरेका हुन् । उनले लोकतान्त्रिक मूल्य, सुशासन, आर्थिक विकास तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका निरन्तर सहकार्य गर्न इच्छुक रहेको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ । भेटका क्रममा सभामुख अर्यालले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि पारस्परिक सम्मान, विकास सहयोग तथा जनस्तरीय सम्बन्धमा आधारित घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको उल्लेख गर...
कुनै पनि छानबिनको सामना गर्न तयार छु : अर्थमन्त्री वाग्ले
राजनीति, समाचार

कुनै पनि छानबिनको सामना गर्न तयार छु : अर्थमन्त्री वाग्ले

नेपालअखबार, काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा भएका भनिएका त्रुटि र करका दर परिवर्तनका विषयमा कुनै पनि छानबिनको सामना गर्न आफू तयार रहेको बताएका छन् । बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले मानवीय र प्राविधिक त्रुटिलाई नीतिगत भ्रष्टाचारको रूपमा व्याख्या नगर्न आग्रह गरे । छानबिन समितिको मागका बारेमा बोल्दै मन्त्री वाग्लेले भने, ‘यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ, म त्यसलाई पूर्ण रूपमा स्वागत गर्छु । मन्त्रालय र भन्सारको छविका लागि पनि यो आवश्यक हुन सक्छ।’ मन्त्री वाग्लेले जेठ १५ गतेको बजेटका लागि कर्मचारी साथीहरू अघिल्लो रात नसुती बिहान ४–५ बजेसम्म अन्तिम मस्यौदा तयार गर्दा साना प्राविधिक त्रुटिहरू हुनु स्वाभाविक भएको बताए । उनले गत वर्ष ७३ वटा दरहरू परिवर्तन ग...
खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा
राजनीति, समाचार

खुस्बु ओलीको जिकिर– आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना, राज्यलाई ५ अर्ब बढी घाटा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीहरूमा २० प्रतिशत राजश्व हिनामिना भएको जिकिर गरेकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, सचिव घनश्याम उपाध्यायसहित मन्त्रालय र भन्सार विभागका कर्मचारीहरू समेत छन् । आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै ओलीले आयातित सवारीहरूमा २० प्रतिशतको राजश्व हिनामिना भएको बताएकी हुन् । उनले भनेकी छन्, ‘७/८ सिटको गाडीलाई ११ सिटको कायम गरी त्यसमा फोल्डिङको अमान्य सिटहरूलाई पनि मान्य गरी ७/८ सिटको लागि लाग्ने ३० प्रतिशतको भन्सारको सट्टा ११ सिटका लागि लाग्ने १० प्रतिशत भन्सार कायम गरी २० प्रतिशत भन्सार हिनामिना गरेको पाइएको छ ।’ यस्तै ११ देखि १४ सिटक...
प्रधानमन्त्रीलाई संसद नचाहिएला, प्रतिपक्षीलाई चाहिन्छ- भीष्मराज आङ्देम्बे
राजनीति, समाचार

प्रधानमन्त्रीलाई संसद नचाहिएला, प्रतिपक्षीलाई चाहिन्छ- भीष्मराज आङ्देम्बे

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि बैठक अवरोध गरेका छन् । आजको बैठकमा प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।सभामुख डीपी अर्यालले अहिले विपक्षी दलको तर्फबाट प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रोष्ट्रम प्रयोग गरेर भनाइ राखिराखेका छन् । उनले बोलिरहँदा भने विपक्षी दलका सांसदहरू बसेका छन् ।...
करका दर हरेरफेरमा अर्थमन्त्रीले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको ज्ञानेन्द्र शाहीको आरोप
राजनीति, विचार, समाचार

करका दर हरेरफेरमा अर्थमन्त्रीले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको ज्ञानेन्द्र शाहीको आरोप

नेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले  सहयोग गर्नुहोस्’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन् । करका दर हेरफेर गरेको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न अर्थमन्त्री वाग्ले तयार नभएको सन्दर्भमा उनले यस्तो बताएका हुन् । संसदीय दलका नेता शाही अगाडि लेख्छन्, ‘यदि तपाईंले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम ...
पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
राजनीति, विश्व, समाचार

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु

नेपालअखबार, पाकिस्तान । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ । तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलबार राति र बुधबार बिहानको बीचमा पाकिस्तानले कुनार, खोस्त र पक्तिका प्रान्तका बस्तीहरूलाई लक्षित गरी बमबारी गरेको बताए । उनका अनुसार उक्त आक्रमणमा ११ बालबालिका, एक महिला र एक वृद्ध पुरुषको मृत्यु भएको छ । मुजाहिदले आक्रमणका क्रममा १४ जना महिला घाइते भएको जानकारी दिँदै घटनापछिका तस्बिरसमेत सार्वजनिक गर्नुभयो । तालिबानले यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष उल्लङ्घन र नागरिकमाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ । अफगान अ...
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा  बृहत् भेला आह्वान
राजनीति, समाचार

५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ५ एजेन्डासहित ‘बृहत् युवा भेला’को आयोजना गरेका छन् । कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते ‘बृहत् युवा भेला’ गर्न लागेका हुन् । दवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको युवा नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । शाहीका अनुसार फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने, भातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने एजेन्डा भेलाका लागि तय गरिएको छ । भेलामा निवर्त...
बहराइनमा अमेरिकी नौसेनाको कमान्ड सेन्टरमा इरानको हमला
राजनीति, विश्व, समाचार

बहराइनमा अमेरिकी नौसेनाको कमान्ड सेन्टरमा इरानको हमला

नेपालअखबार,काठमाडौँ । अमेरिकाले हर्मुज आसपासका इरानी भूभागमा आक्रमण गरेपछि इरानले त्यसको जबाफ दिएको छ। इरानले बहराइनस्थित अमेरिकी नौसैनिक अड्डा 'फिफ्थ फ्लिट' मा ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। फिफ्थ फ्लिट मध्यपूर्वमा अमेरिकी नौसेनाको कमान्ड सेन्टर हो। यहाँ करिब ९ हजार अमेरिकी सैनिक रहेको बताइन्छ। गएराति इरानले फिफ्थ फ्लिट, जोर्डनको सैन्य अड्डा लगायत विभिन्न ठाउँका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर २१ पटक ड्रोन हमला गरिएको दाबी गरेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले भने इरानको उक्त दाबी झुठो भएको बताएको छ। फिफ्थ फ्लिटमा भने सम्भावित ड्रोन हमलाका कारण साइरन बजेको र हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको भनेर कतारी मिडिया अल जजिराले लेखेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर...
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
राजनीति, समाचार

रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति

नेपालअखबार, काठमाडौँ । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । जिल्ला अदालत पर्साका न्यायाधीश मोहन सुवेदीले लामिछानेको मागअनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् । सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । उक्त इजलासले लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ । विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा लामिछानेलगायत प्रतिवादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो । अब पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारी ठगी मुद्दा मात्रै बाँक...
एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार (आज) बस्दैछ। कार्यदलको बैठक मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए। 'पहिलो बैठक भोलि बस्ने गरी आह्वान भएको छ। बैठक नै पहिलो पटक बस्न लागेकाले थप विषय अहिले नै भन्ने कुरा भएन,' उनले भने। जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो। उपाध्यक्ष रामबहादुर थापा ’बादल’ को नेतृत्वमा रहेको उक्त १५ सदस्यीय कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ। पहिलो बैठक नै १५ दिनपछि बस्न लागेको हो। बैठकले कार्यविधि तय गरेर प्रदेश, प्रदेश र आवश्यक परे जिल्ला जिल्लामा गएर सुझाव संकलन गर्ने तयारी गरे...